स्तुतिगान
33 आहा! परमेश्वरको बुद्धि र ज्ञानको कति अपार धनसम्पत्ति!
उहाँका न्यायहरू कति अथाह,
र उहाँका पथहरू कति अगम छन्!
34 "प्रभुको मनलाई कसले जानेको छ र?
अथवा उहाँको सल्लाहकार को भएको छ र?"11:34 यशै 40:13
35 "परमेश्वरलाई कसले केही दिएको छ,
र परमेश्वरले तिनीहरूलाई फिर्ता गर्नुपरोस्?"11:35 इयोब 41:11
36 किनकि सबै कुरा उहाँमार्फत्, उहाँद्वारा र उहाँकै निम्ति हुन्।
उहाँलाई सदासर्वदा महिमा भइरहोस्! आमेन।