19 मेरा प्रिय मित्रहरू, बदला नलेओ; तर परमेश्वरको क्रोधका लागि छोडिदेओ। किनकि यसरी लेखिएको छ: "बदला लिने काम मेरो हो, म बदला लिनेछु,"12:19 व्यव 32:35 परमप्रभु भन्नुहुन्छ। 20 तर यसको सट्टामा:
"तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खाना देओ;
यदि ऊ तिर्खाएको छ भने पिउनलाई केही देओ।
यसो गर्यौ भने तिमीले त्यसको थाप्लोमा आगोको भुङग्रो राखे बराबर हुनेछ।"12:20 हितो 25:21, 22
21 खराबीद्वारा पराजित नहोओ, तर खराबीलाई भलाइले जित।