शासक र अधिकारीहरूका अधीनमा रहनु
1 प्रत्येक व्यक्ति राज्यका अधिकारीहरूप्रति आज्ञाकारी होओ। किनकि परमेश्वरले नियुक्त गर्नुभएको अधिकारीबाहेक अरू कुनै अधिकारी हुँदैन। वर्तमान अधिकारीहरू सबै परमेश्वरबाटै नियुक्त भएका हुन्छन्। 2 फलस्वरूप, जसले अधिकारीहरूको विरोध गर्दछ, तिनीहरूले परमेश्वरले स्थापना गर्नुभएको कुराको विरोध गरेका हुन्छन्। यस्तो गर्नेहरूले आफूमाथि न्याय ल्याउनेछन्। 3 किनकि शासकहरू उचित काम गर्नेका निम्ति होइन, तर अनुचित काम गर्नेका निम्ति डरका कारण हुन्। अधिकारीको डरबाट तिमी स्वतन्त्र हुन चाहन्छौ? त्यसो भए उचित काम गर, र तिम्रो अधिकारीहरूबाट प्रशंसा पाउनेछौ।