10 तब तिमी किन आफ्नो दाजुभाइ वा दिदीबहिनीको न्याय गर्दछौ? अथवा तिनीहरूलाई किन तुच्छ ठान्दछौ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको अगि उभिनेछौँ। 11 धर्मशास्त्रमा यसरी लेखिएको छ:
" ‘म जीवित भएझैँ,’ प्रभु भन्नुहुन्छ,
‘मेरो सामु हरेक घुँडा टेकिनेछ;
हरेक जिब्रोले परमेश्वरलाई स्वीकार गर्नेछ।’ "14:11 यशै 45:23
12 यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्वरलाई दिनुपर्नेछ।