12 यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्वरलाई दिनुपर्नेछ।
13 यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौँ। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीको बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौँ। 14 म जान्दछु, र प्रभु येशूमा निश्चित छु, कि कुनै पनि भोजन आफैँमा अशुद्ध हुँदैन। तर कसैले त्यो अशुद्ध देख्छ भने त्यसको निम्ति त्यो अशुद्ध हुनेछ।