व्यक्तिगत अभिवादन
1 किंक्रिया मण्डलीकी सेविका हाम्री बहिनी फिबीको बारेमा म तिमीहरूका सामु प्रशंसा गर्दछु। 2 तिनलाई प्रभुमा उहाँका सन्तहरूलाई सुहाउने तरिकाले ग्रहण गर भनी म तिमीहरूलाई बिन्ती गर्दछु, र तिनलाई कुनै पनि कुरामा तिमीहरूको आवश्यकता पर्यो भने सहायता गर। किनकि तिनी म लगायत धेरैका निम्ति सहयोगी बनेकी छिन्।