Pular para o conteúdo
Publicidade

रोमी 4:17-21

17 यस्तो लेखिएको छ: "मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।"4:17 उत्प 17:5 तिनी परमेश्‍वरका सामु हाम्रा पिता हुन्। तिनले उनै परमेश्‍वरमाथि विश्‍वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका वस्तुहरूलाई पनि बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ।

18 आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्‍वास गरे; अनि उनलाई भनिएको जस्तै, "तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्," उनी धेरै जातिहरूका पिता भए।4:18 उत्प 15:5 19 प्रायः सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्‍वासमा कमजोर भएनन्। 20 परमेश्‍वरको प्रतिज्ञामा अविश्‍वास गरी विचलित भएनन्, तर परमेश्‍वरलाई महिमा दिँदै तिनी आफ्ना विश्‍वासमा झन् बलिया भए। 21 परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्नलाई सक्षम् हुनुहुन्छ भन्‍ने कुरामा अब्राहाम पूर्ण रूपले निश्‍चित थिए।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.