4 यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाको लागि मरेका छौ, ताकि तिमीहरू मृत्युबाट पुनर्जीवित पारिनुभएका ख्रीष्टका हुन सक। अनि परमेश्वरका निम्ति फल फलाउन सक। 5 किनकि जब हामी पापमय स्वभावको नियन्त्रणमा थियौँ, व्यवस्थाले जगाएका पापमय अभिलाषाहरूले हाम्रो शरीरमा काम गर्दथ्यो। यसैले हामीले मृत्युको लागि फल फलाउने गर्दथ्यौँ। 6 तर अब हामी व्यवस्थाबाट स्वतन्त्र भइसकेका छौँ। ताकि जे कुराले हामीलाई नियन्त्रण गरेको थियो, त्यसका लागि मरेका छौँ, र पुरानो लिखित व्यवस्थामा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्न सकौँ।
Publicidade