Pular para o conteúdo
Publicidade

रोमी 8:31-39

विजेताहरूभन्दा अझ बढी

31 अब हामी यी कुराहरूको बारेमा के भनौँ त? यदि परमेश्‍वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र? 32 जसले आफ्ना निज पुत्रलाई त बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति मर्नका लागि दिइहाल्नुभयो। के उहाँले आफ्नो पुत्रसहित उदारतासाथ हामीलाई सबै थोकहरू दिनुहुन्‍न र? 33 परमेश्‍वरले जसलाई चुन्‍नुभएको छ, उनीहरूलाई कसले दोष लगाउन सक्छ? परमेश्‍वरले मात्रै उनीहरूलाई धर्मी ठहराउनुहुन्छ। 34 त्यसो हो भने दोष लगाउने को हो त? कोही छैन; ख्रीष्‍ट येशू, जो मर्नुभयो; त्यसभन्दा बढी उहाँ मरेकाबाट पुनर्जीवित हुनुभयो। उहाँ, जो परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। अनि हाम्रा निम्ति अन्तर्बिन्ती गरिरहनुभएको छ। 35 हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःख-कष्‍टले, वा कठिनाइले, वा सतावटले, वा अनिकालले, वा नग्नताले, वा जोखिमले कि तरवारले? 36 यस्तो लेखिएको छ:

"तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ;

हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।"8:36 भजन 44:22

37 होइन यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूले भन्दा पनि अझ बढी विजय पाएका छौँ। 38 किनकि म निश्‍चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्‍ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले, 39 न कुनै उचाइले, न गहिराइले, न त सृष्‍टिमा कुनै चीजले ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.