35 हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःख-कष्टले, वा कठिनाइले, वा सतावटले, वा अनिकालले, वा नग्नताले, वा जोखिमले कि तरवारले? 36 यस्तो लेखिएको छ:
"तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ;
हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।"8:36 भजन 44:22
37 होइन यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूले भन्दा पनि अझ बढी विजय पाएका छौँ। 38 किनकि म निश्चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले, 39 न कुनै उचाइले, न गहिराइले, न त सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।