20 तर हे मानिस, परमेश्वरसँग प्रश्न गर्ने तिमी को हौ? "बनाइएको वस्तुले आफूलाई बनाउनेलाई नै ‘तपाईंले मलाई किन यस्तो बनाउनुभयो?’ "9:20 यशै 29:16; 45:9 भनेर भन्छ र? 21 के कुमालेलाई एउटै माटोको ढिकाबाट कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति बनाउने अधिकार हुँदैन र?
Publicidade