16 तर रूथले जवाफ दिइन्, "मलाई तपाईंलाई छोड्न अथवा तपाईंलाई छोडेर फर्कन कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। तपाईं जहाँ बस्नुहुन्छ, म त्यहीँ बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिस हुनेछन्, र तपाईंका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ। 17 तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र म त्यहीँ गाडिनेछु। मृत्युले बाहेक अरू कुनै कुराले तपाईंबाट मलाई अलग गरेमा याहवेहले मसित अति कठोर व्यवहार गरून्।"