20 "मलाई नाओमी1:20 नाओमी जसको अर्थ हर्ष नभन," तिनले उनीहरूलाई भनिन्। "बरु मलाई मारा1:20 मारा जसको अर्थ तितो भन, किनकि सर्वशक्तिमान्ले मेरो जीवन साह्रै तितो बनाइदिनुभएको छ। 21 म भरिपूर्ण भएर गएकी थिएँ, तर याहवेहले मलाई रित्तो फर्काएर ल्याउनुभएको छ। मलाई किन नाओमी भन्छौ? याहवेहले मलाई दण्ड दिनुभएको छ। सर्वशक्तिमान्ले ममाथि कष्ट ल्याउनुभएको छ।"