Pular para o conteúdo
Publicidade

याकोब 2:14-26

विश्‍वास र काम

14 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिसले मसँग विश्‍वास छ भनी दाबी गर्छ, तर कामहरूचाहिँ गर्दैन भने के फाइदा भयो र? के त्यस्तो विश्‍वासले तिनीहरूलाई बचाउन सक्छ र? 15 मानौँ, कोही दाजुभाइ-दिदीबहिनीहरूलाई वस्त्र र दैनिक भोजनको खाँचो छ; 16 अनि तिमीहरूमध्ये कसैले तिनलाई "म तिम्रो भलो चिताउँछु, जाऊ र न्यानो बस, अघाउने गरी खाऊ" भन्यो, तर तिनका शारीरिक खाँचोहरूचाहिँ पुर्‍याइदिँदैन भने त्यसबाट के फाइदा हुन्छ र? 17 यस्तै किसिमले कामविनाको विश्‍वास पनि मरेतुल्य हुन्छ।

18 तर कसैले भन्ला, "तिमीसँग विश्‍वास छ, तर मसँग कामहरू छन्।"

कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र म तिमीलाई मेरो कामद्वारा आफ्नो विश्‍वास देखाउनेछु। 19 परमेश्‍वर एक मात्र हुनुहुन्छ भनी तिमी विश्‍वास गर्छौ; यो असल कुरा हो! दुष्‍ट आत्माहरूले पनि त्यो विश्‍वास गर्छन् र काँप्‍तछन्।

20 ए मूर्ख हो, के कामविनाको विश्‍वास व्यर्थ2:20 केही प्राचीन पा.लि.हरूमा मृत हो भनेर तिमी बुझ्दैनौ? 21 आफ्नो पुत्र इसहाकलाई वेदीमा अर्पण गर्दा के हाम्रा पुर्खा अब्राहाम तिनका कामहरूद्वारा धर्मी ठहरिएका होइनन् र? 22 तिमी देख्दछौ, तिनको विश्‍वास र काम एकसाथ मिलेर काम गर्दैथिए, र तिनले जे गरे, त्यसबाट तिनको विश्‍वास पूरा भयो। 23 "अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो"2:23 उत्प 15:6 भन्‍ने पवित्र धर्मशास्त्र पूरा भयो; र तिनी परमेश्‍वरका मित्र कहलिए। 24 तिमीहरू देख्छौ, विश्‍वासले मात्र होइन, तर मानिसले जे गर्छ, त्यसबाट ऊ धर्मी ठहरिन्छ।

25 यस्तै किसिमले राहाब वेश्या पनि, जब तिनले ती जासुसहरूलाई आश्रय दिएर अर्को दिशातिर पठाइदिइन्,2:25 यहो 2:21 तब के तिनी कामबाट धर्मी ठहरिएकी थिइनन् र? 26 जसरी शरीर आत्माविना मरेतुल्य हुन्छ, त्यसरी नै विश्‍वास पनि कामविना मरेतुल्य हुन्छ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.