15 मानौँ, कोही दाजुभाइ-दिदीबहिनीहरूलाई वस्त्र र दैनिक भोजनको खाँचो छ; 16 अनि तिमीहरूमध्ये कसैले तिनलाई "म तिम्रो भलो चिताउँछु, जाऊ र न्यानो बस, अघाउने गरी खाऊ" भन्यो, तर तिनका शारीरिक खाँचोहरूचाहिँ पुर्याइदिँदैन भने त्यसबाट के फाइदा हुन्छ र? 17 यस्तै किसिमले कामविनाको विश्वास पनि मरेतुल्य हुन्छ।