9 जिब्रोले हामी हाम्रा प्रभु र पितालाई प्रशंसा दिन्छौँ, र यही जिब्रोले हामी परमेश्वरको स्वरूपमा बनिएका मानिसहरूलाई सराप्छौँ। 10 अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यस्तो हुनुहुँदैन। 11 के एउटै मुहानबाट ताजा पानी र नुनिलो पानी निस्कन्छ र? 12 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, के अञ्जीरको रूखले जैतुन अथवा अङ्गुरको बोटले नेभारा फलाउन सक्छ र? न त नुनिलो पानीको मुहानले ताजा पानी निकाल्न सक्छ।
Publicidade