6 मण्डलीका प्रधान निर्दोष, एउटै पत्नीका पति, जसका छोराछोरीहरू विश्वासयोग्य होऊन्; अनि कामुकता र अनाज्ञाकारिताको दोष नलागेका होऊन्। 7 मण्डली अध्यक्षमाथि परमेश्वरको कामको अभिभारा सुम्पिएको हुनाले तिनी निर्दोष, अहङ्कार नगर्ने, चाँडै नरिसाउने, मद्यपान नगर्ने, झगडा नगर्ने, नीच कमाइको लोभ नगर्ने हुनुपर्छ। 8 बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, इमानदार, भक्तिमा लागेको र अनुशासित हुनुपर्छ। 9 तिनलाई सिकाइएका विश्वासयोग्य शिक्षामा तिनी दृढ रहून्; ताकि यस शिक्षाले अरूलाई उत्साहित पार्न सकोस् र यसको विरोध गर्नेहरूलाई खण्डन गर्न सकोस्।