4 तर जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र प्रेम देखा पर्यो, 5 तब उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो; हामीले गरेका असल कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनरुत्थानको स्नान र पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो, 6 जुन आत्मालाई उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो।