Aniversário de idoso
O aniversário de um idoso é celebração de uma vida longa e cheia de experiências com Deus. A Bíblia honra os cabelos brancos como coroa de glória e prova da fidelidade divina.
याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;
उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ।
आजको दिन याहवेहले सृजनुभएको हो;
यसमा हामी आनन्द मनाऔँ र रमाऔँ।
हर समय म याहवेहलाई स्तुति गर्नेछु;
उहाँको प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ।
याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ;
मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ;
मेरो हृदय आनन्दले उफ्रन्छ,
र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।
तपाईंले तिनीहरूका कटनी र नयाँ दाखमद्यको प्रशस्ततामा हुने, आनन्दभन्दा बढी
आनन्दले मेरो हृदय भरिदिनुभएको छ।
जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ;
आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।
तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।
याहवेहसँग म एउटै कुरा माग्दछु,
म त्यसैको मात्र खोजी गर्दछु:
कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ,
उहाँको सुन्दरता हेर्न पाऊँ,
र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।
हामीलाई हाम्रा दिनहरू गन्न सिकाउनुहोस्,
ताकि हामीले बुद्धिको हृदय प्राप्त गर्न सकौँ!
फूलेको केश शोभाको मुकुट हो,
यो धर्मी जीवनबाट प्राप्त हुँदछ।
जवान मानिसहरूको गौरव तिनीहरूको बल हो;
वृद्धहरूको शोभा फुलेको केश हो।
तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
"यसकारण जब इस्राएल उजाडस्थानमा भौँतारिँदै हिँडिरहेको बेला याहवेहले प्रतिज्ञा गर्नुभएझैँ, उहाँले यो कुरा मोशासँग भन्नुभएदेखि उसो उहाँले मलाई पैँतालीस वर्षसम्म जीवित राख्नुभएको छ। यसरी आजको दिन म पचासी वर्षको भएको छु! मोशाले मलाई जासुस गर्न पठाएको दिनमा जस्तै आज पनि म बलियो छु। म लडाइँमा जाँदा जति बलियो थिएँ, आज पनि त्यत्तिकै बलियो छु।
" ‘ "याहवेहले तिमीहरूलाई आशिष् देऊन्,
र तिमीहरूलाई रक्षा गरून्;
याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्,
र तिमीहरूप्रति अनुग्रही होऊन्;
याहवेहले आफ्नो मुहार तिमीहरूतिर फर्काऊन्,
र तिमीहरूलाई शान्ति देऊन्।" ’
प्रिय मित्र, म प्रार्थना गर्दछु, जसरी तिम्रो आत्माको उन्नति भएको छ, त्यसरी नै तिमी स्वस्थ बस र सबै कुरामा तिमीलाई भलो होस्।