Aprender
Aprender é vocação do discípulo. Jesus disse: aprendei de mim. A Bíblia convida a aprender com humildade, perseverança e disposição — sentados aos pés do Mestre.
Aprender de Jesus
Tomai sobre vós o meu jugo e aprendei de mim. O Espírito Santo nos ensinará todas as coisas e nos recordará tudo.
मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र कोमल हृदयको छु, र तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।"
यसकारण जाओ, र सबै राष्ट्रहरूमा गएर चेला बनाओ, र तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। निश्चय म यस युगको अन्त्यसम्म, सधैँ नै तिमीहरूको साथमा रहनेछु।"
पिताले मेरो नाममा पठाइदिनुहुने सल्लाहकार अर्थात् पवित्र आत्माले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ। मैले भनेका प्रत्येक कुरा पनि तिमीहरूलाई सम्झना गराइदिनुहुनेछ।
येशूले जवाफ दिनुभयो, "मेरो शिक्षा मेरो आफ्नै होइन। यो त उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो।
तिमीहरूका विषयमा तिमीहरूले उहाँबाट जुन अभिषेक पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यकता पर्दैन; तर त्यस अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, र त्यो अभिषेक झूटा नभई सत्य भएको हुनाले त्यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टको सङ्गतिमा रहिरहो।
Ensino e sabedoria
O temor do Senhor é o princípio do saber. A disciplina do Senhor forma o caráter e abre caminhos de entendimento.
याहवेहको भय ज्ञानको सुरुवात हो,
तर मूर्खले चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।
हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान,
र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ;
किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ,
जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्।
म तिमीलाई बुद्धिको मार्ग सिकाउँछु,
र तिमीलाई सीधा बाटोमा डोर्याउँछु।
अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ,
तर सुधारलाई घृणा गर्ने व्यक्ति मूर्ख हो।
यसकारण जसरी मानिसले आफ्ना छोरालाई अनुशासनमा राख्छ, त्यसरी नै याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अनुशासनमा राख्नुहुन्छ भनी याद राख।
Comunidade de aprendizado
Ensinem e aconselhem-se mutuamente. A igreja é escola de Cristo — onde todos ensinam e todos aprendem juntos.
तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ।
यसकारण एक-अर्कालाई उत्साह देओ र एक-अर्कालाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ।
येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने सुसमाचार घर-घर र मन्दिरका आँगनहरूमा दिनदिनै घोषणा गर्न र शिक्षा दिन तिनीहरूले छोडेनन्।
तपाईंहरूलाई थाहै छ, तपाईंहरूको भलाइको निम्ति प्रचार गर्न म कहिल्यै हिच्किचाइनँ। तर सार्वजनिक रूपमा र घर-घरमा गएर शिक्षा दिएँ।
जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।
तिमीले जे खाँटी शिक्षासित सुहाउँदो छ, त्यही शिक्षाहरू सिकाउनू।
Ouvir e praticar
Ensina-me a fazer a tua vontade. Guia-me pela tua verdade. O verdadeiro aprendiz pratica o que ouviu do Mestre.
मलाई तपाईंको इच्छा पूरा गर्न सिकाउनुहोस्;
किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
तपाईंको असल आत्माले
मलाई समतल जमिनमा डोर्याऊन्!
हे याहवेह, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्;
मलाई तपाईंका मार्गहरूका शिक्षा दिनुहोस्,
मलाई तपाईंको सत्यतामा अगुवाइ गर्नुहोस् र मलाई सिकाउनुहोस्;
किनकि तपाईं मेरा मुक्तिदाता परमेश्वर हुनुहुन्छ,
अनि मेरो आशा दिनभरि नै तपाईंमा राख्दछु।
याहवेह भलो र धर्मी हुनुहुन्छ।
यसैकारण उहाँले पापीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ।
उहाँले नम्रहरूलाई ठिक कुरामा अगुवाइ गर्नुहुन्छ,
र तिनीहरूलाई उहाँका मार्गहरू सिकाउनुहुन्छ।
म तँलाई शिक्षा दिनेछु; र तँ कुन मार्गमा हिँड्नुपर्ने हो, सो तँलाई सिकाउनेछु;
म तँलाई सल्लाह दिनेछु, र तँमाथि मेरो नजर राख्नेछु।
राति मेरो प्राणले तपाईंको चाहना गर्दछ;
बिहान मेरो आत्माले तपाईंको चाहना गर्छ।
तपाईंका न्याय पृथ्वीमा आउँदा,
संसारका मानिसहरूले धार्मिकता सिक्छन्।