Bom dia
Cada manhã é presente de Deus. As misericórdias do Senhor se renovam cada dia. A Bíblia convida a começar o dia com louvor, oração e gratidão ao Criador.
Manhã com Deus
De manhã te apresentarei a minha oração. Pela manhã ouvirás a minha voz — eu te busco ao despertar.
हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ;
सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु,
र आशामा प्रतीक्षा गर्दछु।
हे याहवेह, तर म सहायताको निम्ति तपाईंमा पुकार गर्दछु;
बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ।
हे मेरो प्राण, उठ्!
हे सारङ्गी र वीणा जाग्!
म प्रभातलाई जगाउनेछु।
तर म तपाईंको शक्तिको गुणगान गाउनेछु,
बिहानै म तपाईंको अचुक प्रेमको गीत गाउनेछु;
किनकि तपाईं मेरा किल्ला हुनुहुन्छ,
सङ्कष्टको दिनमा मेरो शरणस्थान हुनुहुन्छ।
तर म तपाईंको शक्तिको गुणगान गाउनेछु,
बिहानै म तपाईंको अचुक प्रेमको गीत गाउनेछु;
किनकि तपाईं मेरा किल्ला हुनुहुन्छ,
सङ्कष्टको दिनमा मेरो शरणस्थान हुनुहुन्छ।
तपाईं मेरो बल हुनुहुन्छ, म तपाईंको प्रशंसा गाउनेछु;
हे परमेश्वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ,
मेरो प्रेमिला परमेश्वरमा म भरोसा गर्न सक्छु।
हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्;
किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु;
म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्;
किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु।
तर मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु;
जब म बिउँझन्छु, तब तपाईंको मुहारको दर्शन गरेर म सन्तुष्ट हुनेछु।
Misericórdias renovadas
As misericórdias do Senhor se renovam cada manhã. Este é o dia que o Senhor fez — alegremo-nos e nos regozijemos nele.
याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ;
किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन।
हरेक बिहान ती नयाँ भएर आउँछन्;
तपाईंको विश्वसनीयता महान् छ।
म आफूलाई भन्दछु, "याहवेह मेरो सर्वस्व हुनुहुन्छ;
यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।"
याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ;
किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन।
हरेक बिहान ती नयाँ भएर आउँछन्;
तपाईंको विश्वसनीयता महान् छ।
आजको दिन याहवेहले सृजनुभएको हो;
यसमा हामी आनन्द मनाऔँ र रमाऔँ।
हे याहवेहका पवित्र जनहरू हो, उहाँको स्तुति गाओ;
उहाँको पवित्र नामको स्तुति गर।
किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ;
तर उहाँको कृपादृष्टि जीवनभरि नै रहन्छ;
रुवाइ रातभरि मात्र रहन्छ,
तर बिहान आनन्द आइहाल्छ।
किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ;
तर उहाँको कृपादृष्टि जीवनभरि नै रहन्छ;
रुवाइ रातभरि मात्र रहन्छ,
तर बिहान आनन्द आइहाल्छ।
तपाईंका अलौकिक चिन्हहरू देखेर पृथ्वीभरिका सारा मानिसहरू छक्क पर्छन्;
जहाँ सूर्य उदाउँछ, र जहाँ सूर्य अस्ताउँछ,
तपाईंले आनन्दका गीतहरू आह्वान गर्नुहुन्छ।
हरेक बिहानले मेरो निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्,
र हामी सारा जीवनभरि रमाएर गीत गाउन सकौँ र खुशी हुन सकौँ।
Louvor matinal
Saciai-nos de manhã com a tua benignidade. Todo dia te louvarei e celebrarei o teu nome para sempre.
हे मेरा परमेश्वर, मेरा राजा, म तपाईंलाई उच्च पार्नेछु;
म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु।
हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु,
र सदासर्वदा तपाईंको नामको स्तुति गर्नेछु।
याहवेहको प्रशंसा गर्नु
र हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो।
बिहान तपाईंको अचुक प्रेमको
र राति तपाईंको विश्वासयोग्यताको घोषणा गर्नु,
याहवेहको निम्ति एउटा नयाँ गीत गाओ;
सारा पृथ्वीले याहवेहको निम्ति गाओ!
याहवेहको निम्ति गाओ, उहाँका नामको प्रशंसा गर;
प्रत्येक दिन उहाँले दिनुभएको मुक्तिको घोषणा गर!
जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर,
सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!
अहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु!
दिनभरि म त्यसमा नै ध्यान गर्दछु।
याहवेहले दिनमा उहाँको अचुक प्रेम पठाउनुहुन्छ,
राति उहाँले मलाई एउटा गीत दिनुहुन्छ,
जुनचाहिँ मेरो जीवनको परमेश्वरलाई प्रार्थना हो।
हे याहवेह, हामीप्रति अनुग्रही हुनुहोस्;
हामी तपाईंको बाटो हेरिरहन्छौँ;
हरेक बिहान हाम्रो सामर्थ्य
र विपत्तिमा हाम्रो मुक्ति बन्नुहोस्।
थाकेकाहरूलाई उत्साह दिने शब्द जान्नका निम्ति
प्रभु याहवेहले मलाई सिकाउने जिब्रो दिनुभएको छ।
उहाँले मलाई बिहानैपिच्छे बिउँझाउनुहुन्छ,
मेरो कानलाई सिक्नेलाई झैँ बिउँझाउनुहुन्छ।
Graça para o novo dia
O Senhor te abençoe e te guarde. Cada novo dia é oportunidade de viver sob a graça do Deus que nos ama.
" ‘ "याहवेहले तिमीहरूलाई आशिष् देऊन्,
र तिमीहरूलाई रक्षा गरून्;
याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्,
र तिमीहरूप्रति अनुग्रही होऊन्;
याहवेहले आफ्नो मुहार तिमीहरूतिर फर्काऊन्,
र तिमीहरूलाई शान्ति देऊन्।" ’
बिहानै तिमीले आफ्नो बिउ छर,
साँझमा आफ्ना हातहरूलाई अल्छे हुन नदेऊ;
किनकि कुनचाहिँ सप्रन्छ,
यो कि त्यो;
वा दुवै नै राम्ररी सप्रन्छन्, सो तिमी जान्दैनौ।
मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्,
आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्,
र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्।
निद्रालाई प्रेम नगर, नत्रता यसले तिमीलाई गरिब बनाउनेछ;
जागा बस, र तिमीसित खानलाई प्रशस्त अन्न हुनेछ।
अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग गर्नुभयो। परमेश्वरले उज्यालोलाई "दिन" र अँध्यारोलाई "रात" भनेर नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो—पहिलो दिन।
अनि हामीसित भएका अगमवक्ताका लेखाइहरू अझ निश्चित भएका छन्; अनि दिनको उदय भएर बिहानीको तारा तिमीहरूको हृदयमा उदय नभएसम्म अन्धकार स्थानमा ज्योति चम्केझैँ तिमीहरूले यस कुरामाथि ध्यान दिनु असलै हुनेछ।
उहाँ हाम्रा निम्ति मर्नुभयो, ताकि हामी जागौँ वा सुतौँ, हामी उहाँसितै जिउन सकौँ।