Buscar a Deus
Buscar a Deus é o chamado mais urgente da Bíblia. Buscai primeiro o Reino de Deus. Os que buscam de todo coração encontram — porque Ele se deixa encontrar pelos que o procuram.
Buscai ao Senhor
Buscai ao Senhor enquanto se pode achar. Buscai e achareis. O Senhor recompensa os que o buscam com diligência.
जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज!
उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार!
जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज!
उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार!
याहवेहले भन्नुहुन्छ, "मलाई सोधखोज नगर्नेहरूकहाँ मैले आफूलाई प्रकट गरेको छु;
मलाई खोजी नगर्नेहरूले मलाई भेट्टाएका छन्।
मेरो नाम पुकार नगर्ने जातिलाई,
मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु।’
उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ,
र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ।
जवानहरू पनि थाक्छन् र गल्छन्;
अनि जवान मानिसहरू ठक्कर खाएर लड्छन्;
तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
याहवेह र उहाँको शक्तिलाई हेर;
उहाँको मुहारको निरन्तर खोजी गर।
याहवेह र उहाँको शक्तिलाई हेर;
उहाँको मुहारको निरन्तर खोजी गर।
"अनि तँ, हे मेरो छोरा सोलोमन, तैँलेचाहिँ आफ्ना पिताका परमेश्वरलाई चिनेर साँचो हृदय र सारा मनले उहाँको सेवा गर्नू; किनकि याहवेहले प्रत्येकको हृदयलाई जाँच गर्नुहुन्छ; किनकि उहाँले मनको हरेक विचार बुझ्नुहुन्छ। यदि तैँले उहाँलाई खोजी गरिस् भने तैँले उहाँलाई भेट्टाउनेछस्; तर यदि तैँले उहाँलाई त्यागिस् भने उहाँले तँलाई सधैँका निम्ति त्याग्नुहुनेछ।
यदि मेरो नामद्वारा बोलाइएका मेरा मानिसहरूले आफूलाई विनम्र तुल्याएर प्रार्थना गर्दै मतिर फर्के भने, र आफ्ना दुष्ट चालहरूबाट फर्के भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु; अनि तिनीहरूका पाप क्षमा गरेर तिनीहरूको देशलाई निको पार्नेछु।
तिनी आसालाई भेट्न निस्के, र तिनलाई भने, "हे आसा, सारा यहूदा र बेन्यामीन, मेरो कुरा सुन। जबसम्म तिमीहरू याहवेहको साथमा रहन्छौ, तबसम्म उहाँ तिमीहरूसित रहनुहुन्छ। यदि तिमीहरूले उहाँलाई खोजी गर्यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। तर यदि तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ।
परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो। तिनी आसालाई भेट्न निस्के, र तिनलाई भने, "हे आसा, सारा यहूदा र बेन्यामीन, मेरो कुरा सुन। जबसम्म तिमीहरू याहवेहको साथमा रहन्छौ, तबसम्म उहाँ तिमीहरूसित रहनुहुन्छ। यदि तिमीहरूले उहाँलाई खोजी गर्यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। तर यदि तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ। धेरै दिनसम्म इस्राएल सत्य परमेश्वरविना, सिकाउने पुजारीविना र व्यवस्थाविना थियो। तर जब तिनीहरू आफ्नो सङ्कष्टमा याहवेह, इस्राएलका परमेश्वरकहाँ फर्के, र उहाँलाई खोजी गरे, तब उहाँ तिनीहरूद्वारा भेट्टाइनुभयो। ती दिनहरूमा यात्रा गर्न सुरक्षित थिएन; किनकि सबै राष्ट्रका देशवासीहरू ठूलो समस्यामा थिए। परमेश्वरले तिनीहरूलाई हरेक किसिमको समस्याले सताउनुभएको थियो। एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई दमन गरिरहेको थियो। तर तिमीहरूचाहिँ बलियो होओ, र आफ्नो आशा नछोड; किनकि तिमीहरूले आफ्ना कामको प्रतिफल पाउनेछौ।"
आसाले यी कुरा र अगमवक्ता ओदेदका छोरा अजर्याहका भविष्यवाणी सुनेपछि साहस पाए। तिनले सम्पूर्ण यहूदा र बेन्यामीनबाट, साथै तिनले एफ्राइमको पहाडी मुलुकबाट कब्जा गरेका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू हटाइदिए। तिनले याहवेहको मन्दिरको दलानको अगिल्तिर भएको वेदी मर्मत गरे।
त्यसपछि तिनले सबै यहूदा र बेन्यामीन, एफ्राइमका मानिसहरू, साथै तिनीहरूसित बसोबास गर्ने मनश्शे र शिमियोनका मानिसहरूलाई भेला गरे। किनकि याहवेह तिनका परमेश्वर तिनीसित हुनुहुन्छ भनी तिनीहरूले देखेर इस्राएलबाट ठूलो संख्यामा तिनीहरू उनीकहाँ आएका थिए।
तिनीहरू आसाको शासनकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा यरूशलेममा भेला भए। त्यस बेला तिनीहरूले याहवेहकहाँ तिनीहरूले लुटेर ल्याएका मालहरूबाट सात सय गोरु र सात हजार भेडाबाख्रा बलिदान चढाए। तिनीहरू आफ्ना सम्पूर्ण हृदय र प्राणले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोजी गर्न भनी करार बाँधे। याहवेह, इस्राएलका परमेश्वरलाई खोजी नगर्ने सबै ठूला र साना, पुरुष र स्त्रीलाई मारिने निर्णय भयो। तुरही र नरसिङ्गाको साथमा ठूलो सोरले चिच्याएर याहवेहकहाँ जयध्वनिसाथ तिनीहरूले शपथ खाए। तिनीहरूले सम्पूर्ण हृदयले शपथ खाएका हुनाले त्यस शपथको विषयमा सारा यहूदा रमाए। तिनीहरूले परमेश्वरलाई पूर्ण हृदयसाथ खोजी गरेका थिए; अनि तिनीहरूले उहाँलाई भेट्टाए। यसकारण याहवेहले तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो।
राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए। तिनले इस्राएलबाट अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो। तिनले परमेश्वरको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए।
आसाको शासनकालको पैँतीसौँ वर्षसम्म कुनै युद्ध भएन।
De todo o coração
Buscar-me-eis e me achareis quando me buscardes de todo o coração. O Senhor é bom para os que o buscam.
जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्नेछौ, तब तिमीहरूले मलाई भेट्टाउनेछौ।"
जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्नेछौ, तब तिमीहरूले मलाई भेट्टाउनेछौ।"
"के मेरो वचन आगोजस्तै छैन र?" याहवेह घोषणा गर्नुहुन्छ, "अनि चट्टानलाई टुक्रा-टुक्रा पार्ने हथौडाजस्तै छैन र?"
तर यदि त्यहाँबाट पनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सारा हृदयले र सारा प्राणले खोजी गर्यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।
तिनीहरू धन्यका हुन्, जसले उहाँका कानुनहरू पालन गर्दछन्,
र आफ्ना सारा हृदयले उहाँलाई खोज्दछन्।
तिनीहरू धन्यका हुन्, जसले उहाँका कानुनहरू पालन गर्दछन्,
र आफ्ना सारा हृदयले उहाँलाई खोज्दछन्।
मेरो सारा हृदयले तपाईंलाई खोज्दछु;
तपाईंका आज्ञाहरूबाट मलाई तर्केर जान नदिनुहोस्!
शोकले गर्दा मेरो प्राण थाकेको छ;
आफ्नो वचनद्वारा मलाई बलियो पार्नुहोस्!
म स्वतन्त्र भएर हिँड्डुल गर्नेछु;
किनकि मैले तपाईंका विधिहरूको खोजी गरेको छु।
याहवेह र उहाँको शक्तिलाई हेर;
उहाँको मुहारको निरन्तर खोजी गर!
याहवेह र उहाँको शक्तिलाई हेर;
उहाँको मुहारको निरन्तर खोजी गर!
मेरो हृदयले तपाईंको विषयमा भन्दछ, "उहाँको मुहारको खोजी गर्।"
हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु।
हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ;
म दिलोज्यानले तपाईंलाई खोज्दछु;
पानी नभएको सुक्खा र बाँझो जमिनमा,
मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ।
Buscar e encontrar
Pedi e dar-se-vos-á. O Senhor está perto de todos os que o invocam em verdade. Quem o busca não ficará insatisfeito.
"माग, र तिमीहरूलाई त्यो दिइनेछ। खोज र तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ।
"त्यसकारण म तिमीहरूलाई भन्दछु: माग, र तिमीहरूलाई त्यो दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ। जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
"त्यसकारण म तिमीहरूलाई भन्दछु: माग, र तिमीहरूलाई त्यो दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ।
तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।"
तपाईंका नाम जान्नेहरूले तपाईंमा भरोसा राख्दछन्,
किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन।
तपाईंका नाम जान्नेहरूले तपाईंमा भरोसा राख्दछन्,
किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन।
मैले याहवेहको खोजी गरेँ; र उहाँले मलाई जवाफ दिनुभयो,
उहाँले मेरा सबै डरहरूबाट मलाई छुटाउनुभयो।
जवान सिंहहरू कमजोर हुन सक्छन् र तिनीहरू भोकाउन सक्छन्;
तर याहवेहको खोजी गर्नेहरूलाई कुनै असल कुराको अभाव हुँदैन।
याहवेहमा आनन्दित होऊ;
र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ।
याहवेहले स्वर्गबाट
सबै मानिस जातिलाई हेर्नुहुन्छ,
यो जान्नलाई कि कोही त समझदार होला,
जसले परमेश्वरको खोजी गर्दछ।
हे याहवेह, तपाईंले मलाई जाँच्नुभएको छ,
अनि मलाई चिन्नुहुन्छ।
तपाईंले मेरो उठाइ र मेरो बसाइ जान्नुहुन्छ;
तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ।
तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्,
र मुक्तिदाता परमेश्वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ।
उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्,
जसले तपाईंको दर्शन खोज्दछन्, हे याकोबका परमेश्वर। सेला
Força na busca
Buscai o bem e não o mal. Sede fortalecidos no Senhor. A busca por Deus traz renovação e plenitude de vida.
याहवेहले इस्राएलको घरानालाई यसो भन्नुहुन्छ:
"मलाई खोज र तिमीहरू जीवित रहो;
याहवेहले इस्राएलको घरानालाई यसो भन्नुहुन्छ:
"मलाई खोज र तिमीहरू जीवित रहो;
भलाइको खोजी गर, दुष्टताको होइन,
ताकि तिमीहरू बाँचिरहो।
तब तिमीहरूले भन्ने गरेझैँ,
याहवेह सेनाहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
म यो प्रार्थना गर्छु, उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान् बनाऊन्;
अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ।
तिमीहरू उहाँको महिमित शक्तिअनुसार पूर्ण सामर्थ्यले बलिया होओ, ताकि तिमीहरूमा धेरै सहनशीलता र धैर्यता होस्।
किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।
विश्वासविना परमेश्वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्वास गर्नुपर्छ।
विश्वासविना परमेश्वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्वास गर्नुपर्छ।
तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ; र तिमीहरू यरूशलेममा, सम्पूर्ण यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ।"
तिमीले जे गरेकी छौ, याहवेहले तिमीलाई त्यसको प्रतिफल देऊन्। इस्राएलका परमेश्वर, जसको पखेटामुनि तिमी आश्रय लिन आएकी छौ, उही याहवेहले तिमीलाई प्रशस्त इनाम देऊन्।"
तब याहवेहको आत्मा झट्टै उनीमाथि शक्तिसाथ आउनुभयो, र उनले त्यस सिंहलाई खाली हातले पाठोलाई झैँ च्यातिदिए। तर आफूले जे गरेका थिए, त्यो कुरा उनले आफ्ना आमाबुबालाई बताएनन्।
तब शिमशोनले याहवेहसित प्रार्थना गरे, "हे प्रभु याहवेह, मलाई सम्झनुहोस्! हे परमेश्वर, मलाई एकैपल्ट मात्र सामर्थी तुल्याउनुहोस्! मेरा आँखाहरूका निम्ति पलिश्तीहरूलाई एकै प्रहारमा बदला लिन दिनुहोस्।"
मानिसमाथि भरोसा गर्नुभन्दा त
याहवेहमाथि शरण लिनु उत्तम हो।
राजकुमारहरूमा भरोसा गर्नुभन्दा त
याहवेहमाथि शरण लिनु उत्तम हो।
पत्नी पाउनेले असल कुरा पाउँछ,
र त्यसले याहवेहबाट निगाह प्राप्त गर्छ।
यो पनि जान, बुद्धि तिम्रो प्राणको लागि महजस्तै गुलियो हुन्छ;
तिमीले त्यो पायौ भने तिम्रा निम्ति भविष्यको आशा छ,
र तिम्रो आशा खोसिनेछैन।