Coragem
A coragem cristã não é ausência de medo — é confiança em Deus maior que todo temor. Sê forte e corajoso! é o chamado repetido do Senhor aos seus filhos.
Sê forte e corajoso
O Senhor é a minha luz e a minha salvação — de quem terei medo? Com coragem enfrentamos o mundo, porque Deus está conosco.
के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्वर तँसित हुनुहुनेछ।"
के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्वर तँसित हुनुहुनेछ।"
तिमीहरू बलिया र साहसी होओ। तिनीहरूका कारण नडराओ र भयभीत नहोओ; किनकि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग जानुहुनेछ। उहाँले तिमीहरूलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ।"
तिमीहरू बलिया र साहसी होओ। तिनीहरूका कारण नडराओ र भयभीत नहोओ; किनकि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग जानुहुनेछ। उहाँले तिमीहरूलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ।"
याहवेह आफैँ तिम्रो अगि जानुहुनेछ र तिमीसँग हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ। यसकारण तिमी नडराऊ; हतोत्साहित नहोऊ।"
दावीदले आफ्ना छोरा सोलोमनलाई पनि भने, "बलियो र साहसी भएर यो काम गर्! नडरा र निराश नहो, किनकि याहवेह परमेश्वर, मेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। याहवेहको मन्दिरको सेवाका निम्ति सबै कामहरू पूरा नभएसम्म उहाँले तँलाई छोड्नुहुनेछैन, अर्थात् त्याग्नुहुनेछैन।
Coragem em Cristo
Não vos deu Deus espírito de covardia. Sede fortes na fé! O perfeito amor lança fora todo medo.
किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।
किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।
तिमीहरू सतर्क रहो; विश्वासमा स्थिर भइरहो; निडर होओ र बलियो होओ।
तिमीहरू सतर्क रहो; विश्वासमा स्थिर भइरहो; निडर होओ र बलियो होओ।
प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ; किनकि डरको सम्बन्ध दण्डसँग हुन्छ। जो डराउँछ, त्यो प्रेममा सिद्ध भएको हुँदैन।
तिमीहरू विरोधीहरूसँग कुनै किसिमले डराउनु हुँदैन। यो तिनीहरूका निम्ति एउटा चिन्ह हो, कि तिनीहरू नाश हुनेछन्, तर तिमीहरूको चाहिँ उद्धार हुनेछ—यो परमेश्वरबाटको चिन्ह हो।
उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
किनभने तिमीहरूलाई फेरि डरमा डोर्याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्वरलाई "अब्बा, पिता" भनी पुकार्दछौँ।
Não temas
Não temas, porque Eu sou contigo. Quando tiver medo, em ti confiarei. Deus é nosso escudo e fortaleza.
यसकारण नडरा; किनकि म तँसित छु;
निराश नहो, किनकि म तेरो परमेश्वर हुँ।
म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु;
म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु।
किनकि म याहवेह नै तेरा परमेश्वर हुँ,
जसले तेरो दाहिने हात समातेर
तँलाई भन्दछु, नडरा;
म तँलाई सहायता गर्नेछु।
नडरा, किनकि म तँसित छु;
म तेरा सन्तानहरूलाई पूर्वबाट ल्याउनेछु,
र तँलाई पश्चिमबाट भेला गराउनेछु।
"नडरा, तँ शर्ममा पर्नेछैनस्।
अपमानसित नडरा, तँ होच्याइनेछैनस्।
तैँले आफ्नो जवानीको शर्म भुल्नेछस्;
अनि तेरो विधवापनको निन्दा फेरि सम्झनेछैनस्।
जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु।
परमेश्वरमा, जसको वचनको प्रतिज्ञाको म प्रशंसा गर्दछु—
म उहाँमा भरोसा राख्छु र डराउँदिनँ,
मरणशील मानिसले मलाई के गर्न सक्छ र?
याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;
मैले कसको भय मान्नु?
याहवेह नै मेरो जीवनको किल्ला हुनुहुन्छ;
म कोसँग भयभीत हुनु?
याहवेहको प्रतीक्षा गर;
बलियो र हृदयमा साहसिलो होऊ;
र याहवेहको प्रतीक्षा गर।
याहवेहको प्रतीक्षा गर;
बलियो र हृदयमा साहसिलो होऊ;
र याहवेहको प्रतीक्षा गर।
हे सबै याहवेहमा आशा राख्नेहरू हो,
बलियो र साहसिलो होओ।
मृत्युको अन्धकारमय
घाटीबाट भएर जानुपरे तापनि
म कुनै खतरादेखि डराउनेछैनँ;
किनकि तपाईं मेरो साथमा हुनुहुन्छ;
तपाईंको लहुरो र तपाईंको छडीले
मलाई सान्त्वना दिन्छन्।
Conforto e encorajamento
O Deus de toda consolação nos consola em todas as tribulações. Coragem não falta a quem descansa em Deus.
हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पितालाई प्रशंसा होस्, जो करुणाका पिता, र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। उहाँले हाम्रा सबै सङ्कष्टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्टहरूमा परेकाहरूलाई हामीले परमेश्वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौँ।
तर यो सबैभन्दा ठूलो शक्ति हामीबाट होइन, तर परमेश्वरबाट हो भनी देखाउन हामीसित यो धनसम्पत्ति माटोका भाँडामा छ। हामी चारैतिरबाट थिचिएका छौँ, तर पिसिएका छैनौँ; अन्योलमा परेका छौँ, तर हताश भएका छैनौँ; सताइएका छौँ, तर त्यागिएका छैनौँ; प्रहारद्वारा ढलेका छौँ, तर नष्ट भएका छैनौँ। हाम्रो शरीरमा येशूको जीवन देखियोस् भनेर हामी सधैँ आफ्ना शरीरमा उहाँको मृत्यु बोकेर हिँड्छौँ। किनकि उहाँको जीवन हाम्रा पार्थिव शरीरमा देखियोस् भनी हामी जिउँदाहरू ख्रीष्टको निम्ति सधैँ मृत्युको लागि सुम्पिएका छौँ।
तिमीहरूको जीवनशैली पैसाको प्रेमदेखि मुक्त होस्, र तिमीहरूसित जे छ त्यसैमा सन्तुष्ट रहो; किनकि परमेश्वरले धर्मशास्त्रमा भन्नुभएको छ,
"म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ,
म तिमीहरूलाई कहिल्यै त्याग्नेछैनँ।"
यसकारण हामी आत्मविश्वाससहित भन्दछौँ,
"प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ।
मरणशील मानिसले मलाई के गर्न सक्छ र?"
त्यसैले तिमीहरू असल गर्न उत्सुक हुन्छौ भने कसले तिमीहरूलाई हानि गर्छ र? तर उचित कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। "तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!"
शान्ति म तिमीहरूसँग छोड्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिएजस्तो म तिमीहरूलाई दिनेछैनँ।" तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।
जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत हो भनी ठानेर जोडले चिच्याए; किनकि तिनीहरू उहाँलाई देखेर भयभीत भए।
तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्नुभयो, "साहस गर! म नै हुँ; नडराओ।"