Corpo
O corpo é templo do Espírito Santo. A Bíblia ensina a cuidar do corpo com responsabilidade, moderação e respeito — honrando a Deus com nosso ser integral.
Templo do Espírito
Vosso corpo é templo do Espírito Santo. Glorificai a Deus no vosso corpo — ele não é vosso, foi comprado por preço.
के तिमीहरू जान्दैनौ, तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ? तिमीहरू आफ्नै होइनौ; किनभने तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीरद्वारा परमेश्वरको आदर गर।
तर म आफ्नो शरीरलाई अधीनमा राख्छु, र यसलाई म आफ्नो सेवक बनाउँछु; नत्रता अरूलाई प्रचार गरेर म आफैँचाहिँ पुरस्कार पाउन अयोग्य ठहरिन्छु।
यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई बाँडिदिएँ, र आफ्नो शरीरसमेत जलाउनलाई सुम्पिदिएँ भने म गर्व गर्न सक्छु, तर मसँग प्रेम छैन भने मेरा लागि केही पनि लाभ हुँदैन।
यहूदी होस् वा ग्रीक, सेवक होस् वा फुक्का, जोसुकै भए तापनि एउटै शरीर हुनलाई एउटै आत्माद्वारा हाम्रो बप्तिस्मा भयो, र हामी सबै जनालाई एउटै आत्मा पिउन दिइयो।
किनकि जसरी हामी प्रत्येकको एउटा शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन, त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ।
Cuidar do corpo
O exercício físico é proveitoso, mas a piedade tem promessa para a vida presente e futura. Cuide do corpo com sabedoria.
किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ, तर ईश्वरभक्ति त हरकिसिमले लाभदायक हुन्छ। यो वर्तमान जीवन र आउने जीवन दुवैका निम्ति उपयोगी हुन्छ।
प्रसन्न हृदय असल औषधी हो,
तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।
मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्,
जो प्राणको निम्ति मिठो र हड्डीलाई निको पार्ने हुन्छ।
आफ्नै दृष्टिमा बुद्धिमान् नबन;
याहवेहको डर मान, र दुष्कर्मलाई त्याग!
यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ
र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ।
किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो;
तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्नुभयो।
म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्भुत तरिकाले बनिएको छु;
तपाईंका कार्यहरू अद्भुत छन्,
म त्यो राम्ररी जान्दछु।
मेरो देह र मेरो हृदय दुवै विफल होलान्,
तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको बल
र मेरो भाग हुनुहुन्छ।
हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ;
म दिलोज्यानले तपाईंलाई खोज्दछु;
पानी नभएको सुक्खा र बाँझो जमिनमा,
मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ।
Corpo e espírito
O espírito está pronto, mas a carne é fraca. Não vos preocupeis com o corpo — a vida é mais do que alimento.
जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।"
यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्याँकिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा फालिनुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ।
"त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा पिऔँला अथवा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र?
शरीरलाई मार्ने तर प्राणलाई नष्ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुने परमेश्वरसित डराओ।
यसैक्रममा जब त्यहाँ हजारौँको भीड जम्मा हुन लाग्यो, यहाँसम्म कि एकले अर्कालाई कुल्चन लागे, तब येशूले पहिले आफ्ना चेलाहरूसँग यसो भन्दै बोल्न लाग्नुभयो: "फरिसीहरूका खमिरदेखि होसियार रहो, जुन तिनीहरूको कपटीपन हो। अब लुकेको कुनै कुरा छैन, जो प्रकट हुनेछैन; र गुप्तमा कुनै कुरा छैन, जो थाहा हुनेछैन। तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुसी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ।
"मेरा मित्रहरू हो, म तिमीहरूलाई भन्दछु, शरीरलाई मार्ने, तर त्यसपछि अरू केही गर्न नसक्नेहरूसँग नडराओ। तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिँदछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ। के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन् र? तापनि तीमध्ये एउटै पनि परमेश्वरद्वारा बिर्सिइएको हुँदैन। वास्तवमा तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
"म तिमीहरूलाई भन्दछु, जसले मलाई मानिसहरूका सामु स्वीकार गर्दछ, ती हरेकलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामु स्वीकार गर्नेछ। तर जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्नेछ, परमेश्वरका दूतहरूको सामु त्यसलाई पनि अस्वीकार गरिनेछ। मानिसको पुत्रको विरुद्धमा बोल्ने हरेकलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यसलाई क्षमा गरिनेछैन।
"जब तिमीहरू सभाघरहरू, शासकहरू र अधिकारीहरूका अगि ल्याइन्छौ, तब कसरी आफ्नो बचाउको लागि के गर्ने अथवा तिमीहरूले के बोल्ने भन्ने विषयमा फिक्री नगर; किनकि तिमीहरूले के बोल्नुपर्ने हो, सो पवित्र आत्माले तिमीहरूलाई त्यही बेला नै सिकाउनुहुनेछ।"
भीडबाट एक जनाले उहाँलाई भन्यो, "गुरुज्यू, मेरा दाजुलाई तिनले मसँग अंशबण्डा गरिदेऊन् भनिदिनुहोस् न।"
येशूले जवाफ दिनुभयो, "ए मानिस! कसले मलाई तिमीहरूका लागि न्यायाधीश अथवा सम्पत्ति बाँडिदिने तुल्यायो?" त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, "होसियार रहो! सबै प्रकारका लालचबाट आफूलाई जोगाओ; किनकि मानिसको जीवन उसको धनसम्पत्तिको प्रशस्ततामा रहँदैन।"
त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: "एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दियो। त्यसले आफ्नो मनमा गुन्न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्न राख्ने मसँग ठाउँ नै छैन।’
"त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु। मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्न र मालसामान त्यहाँ राख्नेछु; अनि म आफैँलाई भन्नेछु, "तेरा निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।" ’
"तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख! आज राति नै तेरो प्राण तँबाट लिइनेछ; अनि तैँले आफ्ना निम्ति तयार गरेका कुराहरू कसले प्राप्त गर्ला?’
"आफ्ना निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।"
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: "त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हो। कागहरूलाई विचार गर: तिनीहरूले न त छर्दछन्, न कटनी गर्दछन्। तिनीहरूको न त भण्डार छ, न ढुकुटी नै; तर पनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू त चराचुरुङ्गीभन्दा कति धेरै मूल्यवान् छौ! तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छ र? त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने अन्य कुराहरूका निम्ति तिमीहरू किन चिन्ता गर्दछौ?
"लिली फूलहरू कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कत्ति बढी पहिराउनुहुन्छ होला! के खाऔँला अथवा के पिऔँला भनी त्यसैको खोजीमा मन नलगाओ, न त त्यस बारेमा चिन्तित नै होओ। किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ। तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
"ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुभएको छ। तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्ना निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धनसम्पत्ति तयार पार, जहाँ चोर लाग्दैन; अनि किराले पनि नाश पार्दैन। किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।
"सेवाका निम्ति सुसज्जित भई तयार बस र तिमीहरूका बत्ती बालिराख। अनि ती मानिसहरूजस्ता होओ, जसले तिनीहरूका मालिक विवाह भोजबाट फर्किआएर ढक्ढक्याउँदा तिनका निम्ति तुरुन्तै ढोका खोलिदिन सकियोस् भनेर आफ्ना मालिकलाई पर्खेर बस्छन्। यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्नेछन्। तिनीहरूलाई भोजनका निम्ति बस्न लगाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्। मालिक मध्यरात अथवा बिहानै आउँदा पनि जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ। तर यो बुझिराख: घरका मालिकलाई चोर कुन बेला आउँछ भन्ने थाहा भएको भए त्यसले आफ्नो घर फोरिन दिनेथिएन। तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।"
पत्रुसले सोधे, "प्रभु, तपाईंले यो दृष्टान्त हाम्रा लागि भन्नुभएको हो कि सबैका लागि?"
तब प्रभुले जवाफ दिनुभयो, "त्यो विश्वासयोग्य र बुद्धिमान् प्रबन्धक को हो, जसलाई त्यसका मालिकले तिनका सेवकहरूलाई ठिक समयमा तिनीहरूले पाउनुपर्ने खानेकुरा दिने कामको जिम्मा दिन्छन्? उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्। तर मानौँ, त्यस सेवकले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्ठानेर र त्यसले सेवक सेविकाहरूलाई पिट्न थाल्यो; अनि खाएर, पिएर मात्तिन थाल्यो भने, त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र त्यसलाई अविश्वासीहरूको स्थान दिनेछन्।
"त्यो सेवक, जसले आफ्ना मालिकको इच्छा जानेर पनि तयार रहँदैन, अथवा त्यसका मालिकको इच्छाअनुसार गर्दैन भने त्यसले ठूलो सजाय पाउनेछ। तर जसले मालिकको इच्छा नजानेर नै दण्डनीय काम गर्छ, त्यसले थोरै सजाय पाउनेछ। हरेक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै नै मागिनेछ; अनि जसलाई धेरै कुराहरू सुम्पिएका छन्, त्यसबाट अझ बढी लिइनेछ।
"म यस पृथ्वीमा आगो बर्साउन आएको हुँ, बरु त्यो अगिबाटै सल्किसकेको भए हुनेथियो! तर मैले लिनुपर्ने एउटा बप्तिस्मा छ, र त्यो पूरा नभएसम्म म अति व्याकुल छु! के तिमीहरूले म पृथ्वीमा शान्ति ल्याउन आएँ भन्ने विचार गर्दछौ? म तिमीहरूलाई भन्दछु, होइन; म त बरु विभाजन ल्याउन आएँ। अबदेखि पाँच जनाको परिवारमा एउटाको विरुद्ध अर्को गरी विभाजन हुनेछ; तीन जनाका विरुद्ध दुई, र दुई जनाका विरुद्ध तीन। तिनीहरू विभाजित हुनेछन्; बुबा छोराको विरुद्धमा र छोरा बुबाको विरुद्धमा, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, बुहारीको विरुद्धमा सासू र सासूको विरुद्धमा बुहारी हुनेछ।"
उहाँले भीडलाई भन्नुभयो: "तिमीहरूले पश्चिमतिर बादल उठेको देखेर तुरुन्तै भन्दछौ, ‘पानी पर्छ,’ र त्यस्तै हुन्छ। अनि दक्षिणबाट बतास चल्दा तिमीहरू भन्छौ, ‘अब गर्मी हुन्छ,’ र त्यस्तै हुन्छ। ए कपटीहरू हो! पृथ्वी र आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर यस वर्तमान समयको अर्थ लगाउन तिमीहरू किन जान्दैनौ?
"कुन कुरा ठिक हो भनी तिमीहरूले आफ्नै बारेमा किन निर्णय गर्दैनौ? तिमीहरूका विरोधीसित हाकिमकहाँ जाँदै गर्दा ऊसँग बाटोमा हुँदै मिलाप गर्न भरमग्दूर प्रयास गर; नत्रता त्यसले तिमीलाई तानेर न्यायाधीशकहाँ लैजानेछ, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ जिम्मामा लगाउनेछ; अनि अधिकारीले तिमीलाई झ्यालखानामा हाल्नेछ। म तिमीहरूलाई भन्दछु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ।"
यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख,
र शरीरका कष्टहरूलाई पनि फ्याँकिदेऊ;
किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्।
União e harmonia
O corpo é um só, mas tem muitos membros. Cristo é a cabeça; a paz de Cristo governe em vossos corações.
एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ।
हे पत्नीहरू हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिहरूका अधीनमा बस। किनकि पति नै पत्नीको शिर हुन्, जसरी ख्रीष्ट पनि उहाँको शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ; जसको निम्ति उहाँ मुक्तिदाता हुनुहुन्छ।
तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ।
अनि याहवेह परमेश्वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो।
अनि मानिसले भने,
"अब यो त मेरै हाडहरूका हाड
र मासुको मासु हो;
तिनलाई ‘स्त्री’ भनिनेछ,
किनकि तिनी मानिसबाट निकालिएकी हो।"
यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्।
यसकारण हामी हरेस खाँदैनौँ। किनकि हाम्रो बाहिरी मनुष्यत्व नष्ट हुँदै गइरहेको भए तापनि हाम्रो भित्री आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ।
यसरी हामी पापको निम्ति मरौँ र धार्मिकताको निम्ति जिऔँ भनेर "उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो;" अनि "उहाँको चोटद्वारा तिमीहरू निको भयौ।"
हामी धेरै प्रकारले ठक्कर खान्छौँ। यदि कसैले आफूले बोलेका कुराहरूमा कहिल्यै भूल गर्दैन भने ऊ आफ्नो सम्पूर्ण शरीरलाई वशमा राख्न सक्ने सिद्ध मानिस हुन्छ।