Dar
Dar é princípio do Reino de Deus. Jesus deu tudo — até a própria vida. A Bíblia nos ensina que é mais bem-aventurado dar do que receber, e que Deus ama ao que dá com alegria.
Dar com alegria
Deus ama ao que dá com alegria. Dai e dar-se-vos-á. O generoso prospera e quem abençoa será abençoado.
प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, चित्त दुःखाउँदै होइन, अथवा करकापमा परेर होइन; किनकि खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुन्छ, ताकि तिमीहरूसित सधैँ हरेक थोक प्रशस्त होस्; अनि प्रत्येक असल कामका निम्ति तिमीहरू भरपूर होओ।
अब जसले बिउ छर्नेलाई बिउ दिनुहुन्छ, र खानलाई रोटी पनि दिनुहुन्छ, उहाँले नै तिमीहरूलाई बिउको भण्डार दिएर त्यसको वृद्धि गराउनुहुनेछ, र तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ।
हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी तुल्याइनेछौ, र हामीद्वारा तिमीहरूको उदारताले परमेश्वरलाई चढाउन धन्यवाद उत्पन्न गराउनेछ।
किनकि यदि इच्छा छ भने मानिससँग नभएअनुसार होइन, तर ऊसँग भएअनुसारको दान ग्रहणयोग्य हुन्छ।
देओ, र तिमीहरूलाई पनि दिइनेछ। प्रशस्त मात्रामा खाँदी-खाँदी, हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।"
Princípios de generosidade
Honra ao Senhor com as tuas primícias. Não negues o bem a quem o merece. A alma generosa prosperará.
आफ्ना धनसम्पत्ति
र आफ्ना सबै उब्जनीको अगौटे फलले याहवेहलाई आदर गर।
जसलाई भलाइ गर्नुपर्ने हो,
तिम्रो बल होउन्जेल त्यसलाई नरोक।
उदार मानिसको उन्नति हुनेछ;
जसले अरूलाई उत्साह दिन्छ, ऊ आफैँ पनि उत्साहित हुनेछ।
उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ,
र त्यसलाई महान् व्यक्तिहरूको उपस्थितिमा लैजान्छ।
दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ,
तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।
आवाज उठा, र ठिकसित न्याय गर्,
गरिब र खाँचोमा परेकाहरूको अधिकारको रक्षा गर्!
सबै दशांश भण्डारमा ल्याओ, र मेरो भवनमा खानलाई भोजन होस्। यस कुरामा मलाई जाँचेर हेर, तिमीहरूका निम्ति म स्वर्गका ढोकाहरू खोलेर तिमीहरूका ढुकुटीमा अटाउने ठाउँ नै नहुने गरी, आशिष् बर्साउँछु कि बर्साउँदिनँ, सेनाहरूका याहवेह भन्नुहुन्छ।
O ensino de Jesus
Quando deres esmola, não toque a trombeta. A generosidade do coração importa mais que a grandeza do donativo.
"यसकारण तिमीहरू जब खाँचोमा परेकाहरूलाई दिन्छौ, तब फरिसीहरूले सभाघर र सडकहरूमा मानिसहरूद्वारा सम्मान पाउनलाई गरेझैँ तुरही फुकेर घोषणा नगर। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्नो इनाम पूरा पाइसकेका छन्।
जब तिमीले खाँचोमा परेकाहरूलाई दिन्छौ, तब तिम्रो दाहिने हातले जे गर्दैछ, त्यो तिम्रो देब्रे हातले थाहा नपाओस्। अनि तिम्रो दान गुप्तमा होस्; ताकि गुप्तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ।
रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई निको बनाओ; भूतआत्माहरू धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
येशूले उत्तर दिनुभयो, "यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ, आफ्ना सबै थोक बेचेर गरिबहरूलाई देऊ; अनि तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ। त्यसपछि आऊ, मेरो पछि लाग।"
तिमीसँग माग्ने सबैलाई देऊ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने ऊसँग त्यो फेरि फिर्ता नमाग।
याहवेहमा आनन्दित होऊ;
र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ।
दुष्टहरूले ऋण लिन्छन् र फर्काउँदैनन्;
तर धर्मीहरूले उदारतापूर्वक दिन्छन्।
"तर म को हुँ र? मेरा मानिसहरू के हुन् र? कि यस प्रकारले उदार चित्तले दिन सक्ने? हरेक कुराहरू तपाईंबाटै आउँछन्। हामीले त तपाईंका हातबाट आएका कुरा नै दिएका छौँ।
नहेम्याहले भने, "गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।"
यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई बाँडिदिएँ, र आफ्नो शरीरसमेत जलाउनलाई सुम्पिदिएँ भने म गर्व गर्न सक्छु, तर मसँग प्रेम छैन भने मेरा लागि केही पनि लाभ हुँदैन।