Dependência
A dependência de Deus é o caminho da verdadeira liberdade. Sem Cristo, nada podemos fazer. Mas em Deus encontramos sustento, direção e força para todo desafio.
Sem Ele nada podemos
Sem mim nada podeis fazer. O cristão que se desconecta da videira seca — mas o que permanece dá muito fruto.
"दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ।
हे मेरा परमेश्वर, मलाई रक्षा गर्नुहोस्;
किनकि मैले तपाईंमा शरण लिएको छु।
म मेरो आँखा सधैँ याहवेहमा राख्दछु,
उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।
यदि याहवेहले नै घर बनाउनुभएन भने,
बनाउनेहरूको परिश्रम व्यर्थ हुन्छ।
याहवेहले नै सहरको रक्षा गर्नुभएन भने,
पहरादारहरू जागा रहनु व्यर्थ हुन्छ।
तिनीहरूले आफ्नै तरवारद्वारा देश जितेका होइनन्,
न त तिनीहरूको बाहुबलले विजय पाएका हुन्;
तपाईंको दाहिने बाहुलीले, तपाईंकै पाखुराले
र तपाईंको मुहारको प्रकाशले तिनीहरू विजय भएका थिए;
किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
याहवेहले तिमीहरूका पक्षमा युद्ध गर्नुहुनेछ; तिमीहरू केवल शान्त होऊ।"
Depender do Senhor
Confia no Senhor de todo o coração e não te estribes no teu próprio entendimento. Em todos os caminhos o reconhece.
तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख
र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प,
र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
मानिसले हृदयमा आफ्नो योजना बनाउँछ;
तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ।
मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्,
तर अन्ततः याहवेहकै उद्देश्य पूरा हुन्छ।
याहवेहको आशिष्ले धनसम्पत्ति ल्याउँछ;
अनि उहाँले यसमा दुःख थप्नुहुन्न।
मेरो देह र मेरो हृदय दुवै विफल होलान्,
तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको बल
र मेरो भाग हुनुहुन्छ।
हे याहवेह, सेनाहरूका परमेश्वर; हामीलाई पुनर्स्थापना गर्नुहोस्,
आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्,
र हामी बचाइन सकौँ।
म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु—
मेरो सहायता कहाँबाट आउँछ?
मेरो सहायता याहवेहबाट आउँछ,
जो स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।
उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन—
तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;
जब मैले भनेँ, "मेरो खुट्टा चिप्लँदैछ"
तब हे याहवेह, तपाईंको अचुक प्रेमले मलाई थाम्यो।
मेरो कष्टमा मैले याहवेहलाई पुकार गरेँ,
उहाँले मलाई जवाफ दिनुभयो, र मलाई विशाल ठाउँमा ल्याउनुभयो।
याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन।
उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ;
उहाँले मलाई शान्त पानीतिर डोर्याउनुहुन्छ।
Contentamento e confiança
Aprendi a viver contente em toda situação. A dependência de Deus nos livra da ansiedade e nos firma na paz.
म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन; किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहन मैले सिकेको छु।
किनकि म याहवेह नै तेरा परमेश्वर हुँ,
जसले तेरो दाहिने हात समातेर
तँलाई भन्दछु, नडरा;
म तँलाई सहायता गर्नेछु।
उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ,
र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ।
एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैँलाई बुद्धिमानी नसम्झ।
किनकि जसरी हामी प्रत्येकको एउटा शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन, त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ।
शारीरिक स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।
यसकारण भोलिको निम्ति चिन्ता नगर; किनकि भोलिको चिन्ता भोलिले नै गर्छ। आजको कष्ट आजको निम्ति पर्याप्त छ।"
"तर म को हुँ र? मेरा मानिसहरू के हुन् र? कि यस प्रकारले उदार चित्तले दिन सक्ने? हरेक कुराहरू तपाईंबाटै आउँछन्। हामीले त तपाईंका हातबाट आएका कुरा नै दिएका छौँ।