Dia dos avós
Os avós são tesouros vivos de sabedoria e fé. A Bíblia honra os mais velhos e celebra a transmissão de fé entre gerações — dos avós aos netos e destes aos que virão.
A bênção dos avós
A coroa dos velhos são os filhos dos filhos. A misericórdia de Deus é de geração em geração sobre os que o temem.
नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्,
र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्।
तर याहवेहको अचुक प्रेम,
उहाँको भय मान्नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ
र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ—
म जवान थिएँ र अहिले वृद्ध भएको छु;
तर धर्मी जनहरू त्यागिएका
वा तिनका सन्तानहरूले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन।
एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्;
तिनीहरूले तपाईंका शक्तिशाली कामहरूको वर्णन गर्नेछन्।
किनकि याहवेह भलो हुनुहुन्छ, र उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ;
उहाँको विश्वासयोग्यता सबै पुस्ताहरूमा रहिरहन्छ।
Força e fidelidade
Mesmo na velhice darão frutos. Os cabelos brancos são coroa de glória. Deus não abandona seus filhos na idade avançada.
बुढेसकालमा पनि तिनीहरू फलदायी हुनेछन्;
तिनीहरू ताजा र हरिया भइरहनेछन्,
र यस्तो घोषणा गर्नेछन्, "याहवेह धर्मी हुनुहुन्छ;
उहाँ मेरो चट्टान हुनुहुन्छ, र उहाँमा केही पनि दुष्टता छैन।"
फूलेको केश शोभाको मुकुट हो,
यो धर्मी जीवनबाट प्राप्त हुँदछ।
तिमीहरूका वृद्धावस्था र केश फुलेका बेलासम्म म उही हुँ;
म उही हुँ, जसले तिमीहरूलाई थामिराख्नेछ।
मैले तिमीहरूलाई बनाएँ, र म तिमीहरूलाई बोक्नेछु;
म तिमीहरूलाई थामिराख्नेछु, र म तिमीहरूलाई छुटाउनेछु।
जवानहरू पनि थाक्छन् र गल्छन्;
अनि जवान मानिसहरू ठक्कर खाएर लड्छन्;
तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
केवल होशियार बस, र आफूलाई नियालेर हेर; ताकि तिमीहरू बाँचुन्जेल तिमीहरूका आँखाले देखेका कुराहरू नबिर्सिऊन् अथवा ती तिमीहरूका हृदयबाट हराएर नजाऊन्। ती आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ।