Dívidas
As dívidas podem escravizar, mas a Bíblia nos ensina princípios de sabedoria financeira: não se endividar imprudentemente, pagar o que se deve e confiar em Deus como provedor.
O devedor é servo do credor
O rico domina sobre o pobre, e o que toma emprestado é servo do que empresta. A Bíblia convida à liberdade financeira.
धनीले गरिबमाथि शासन जमाउँछ;
र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।
जसलाई भलाइ गर्नुपर्ने हो,
तिम्रो बल होउन्जेल त्यसलाई नरोक।
बेइमानीसित कमाएको पैसा सकिन्छ;
तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ।
"कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ।
Princípios financeiros
Pagai a todos o que lhes é devido. Deus promete que o justo não será desamparado e que a bênção virá sobre os obedientes.
तिमीले जसलाई दिनुपर्ने कुरा छ, चुक्ता गरिहाल: कर तिर्नुपर्दछ भने तिरीहाल; राजस्व दिनुपर्दछ भने देओ; यदि डर मान्नुपर्ने हो भने डर मान; यदि इज्जत गर्नुपर्ने हो भने इज्जत देओ।
पारस्परिक प्रेमबाहेक अरू कुनै कुराको निम्ति अरूको ऋणी नहोओ; किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्थालाई पूरा गरेको हुन्छ।
दुष्टहरूले ऋण लिन्छन् र फर्काउँदैनन्;
तर धर्मीहरूले उदारतापूर्वक दिन्छन्।
"मानौँ तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्यो भने त्यो सिद्ध्याउन पर्याप्त खर्च आफूसित छ कि छैन भनी के पहिले नै बसेर अनुमानित हिसाब गर्दैन र?
तिमीसँग माग्ने सबैलाई देऊ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने ऊसँग त्यो फेरि फिर्ता नमाग।
हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्,
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ।
Contentamento
Seja o vosso viver sem ganância, contentando-vos com o que tendes. O Senhor é suficiente — não nos desamparará.
तिमीहरूको जीवनशैली पैसाको प्रेमदेखि मुक्त होस्, र तिमीहरूसित जे छ त्यसैमा सन्तुष्ट रहो; किनकि परमेश्वरले धर्मशास्त्रमा भन्नुभएको छ,
"म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ,
म तिमीहरूलाई कहिल्यै त्याग्नेछैनँ।"
उहाँले प्रतिज्ञा गर्नुभएझैँ याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ। अनि तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ। तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्नेछौ, तर तिमीहरूमाथि कसैले पनि शासन गर्न सक्नेछैन।