Domínio próprio
O domínio próprio é fruto do Espírito e marca de maturidade espiritual. A Bíblia ensina que quem governa o próprio espírito é melhor do que quem conquista uma cidade.
Fruto do Espírito
O fruto do Espírito inclui domínio próprio. A graça de Deus nos ensina a viver de maneira sóbria e justa neste mundo.
तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वासयोग्यता, नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।
किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ। यो अनुग्रहले हामीलाई भक्तिहीनता र सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ; जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको आगमनको प्रतीक्षा गर्दछौँ,
किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।
यसैको निम्ति नै आफ्नो विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान, ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्नेह र भातृ-स्नेहमा प्रेम थप्नलाई अथक परिश्रम गर।
Governar a si mesmo
Melhor é o que domina o seu espírito do que o que toma uma cidade. A cidade sem muros é o homem sem domínio próprio.
धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो,
आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो।
आत्मसंयम नभएका मानिस,
पर्खाल भत्काइएको सहरजस्तै हो।
मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ,
तर बुद्धिमान्ले यसलाई नियन्त्रणमा राख्छ।
जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ;
तर बुद्धिमान्ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।
आत्म-अनुशासनको आवश्यकता
दौडमा भाग लिने सबै दौडन्छन्, तर पुरस्कारचाहिँ एउटैले मात्र पाउँछ, के तिमीहरू जान्दैनौ? त्यसैले पुरस्कार पाउनसक्ने तरिकाले दौड। हरेक जो खेलमा भाग लिन्छन्, कठोर तालिममा भएर जान्छन्। तिनीहरूले नाश भएर जाने मुकुट पाउनका निम्ति यी सबै गर्छन्। तर हामी त सदा रहिरहने मुकुट पाउनका निम्ति यसो गर्दछौँ। यसकारण म पनि लक्ष्य नराखी दगुर्दिनँ; म हावामा मुक्का हान्दिनँ। तर म आफ्नो शरीरलाई अधीनमा राख्छु, र यसलाई म आफ्नो सेवक बनाउँछु; नत्रता अरूलाई प्रचार गरेर म आफैँचाहिँ पुरस्कार पाउन अयोग्य ठहरिन्छु।
तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्; किनकि कामवासनामा जल्नुभन्दा त विवाह गर्नु असल हुन्छ।
मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन; तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ। यसरी तिमीहरूले त्यसलाई सहन सक्नेछौ।
Disciplina e vigilância
Sede sóbrios e vigilantes. O diabo anda em derredor como leão rugidor. A sobriedade nos protege e fortalece.
संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैँ यताउति घुमिहिँड्छ। विश्वासमा स्थिर भएर त्यसको प्रतिरोध गर; किनकि तिमीहरू जान्दछौ संसारभरि नै तिमीहरूका दाजुभाइहरूले त्यस्तै किसिमको कष्ट भोगिरहेका छन्।
सबै कुराको अन्त्य नजिकै छ। यसकारण सतर्क र संयमी भएर तिमीहरू प्रार्थना गर्न सक्ने होओ।
परमेश्वरको निम्ति जिउनु
यसकारण ख्रीष्टले आफ्नो शरीरमा दुःख भोग्नुभएको हुनाले तिमीहरू पनि आफूलाई त्यही भावनाले सुसज्जित पार; किनकि जसले आफ्नो शरीरमा दुःख भोगेको हुन्छ, त्यसले पापलाई त्यागेको हुन्छ; अब उसो त्यसले आफ्नो बाँकी शारीरिक जीवन दुष्ट मानवीय इच्छाको लागि जिउँदैन, बरु परमेश्वरको इच्छाको निम्ति जिउँदछ। किनकि बितेका समयमा तिमीहरूले छाडा, वासनाका जीवन, मतवालापन, कामुकता, मोजमज्जा तथा घिनलाग्दा मूर्तिपूजाहरूजस्ता गैरयहूदीले गर्न छानेका कुराहरूमा प्रशस्त समय बितायौ। तिमीहरू तिनीहरूसँग तिनीहरूका जङ्गली र विनाशकारी जीवनमा लागेनौ भनेर तिनीहरूले अचम्म मानेका छन्, र तिमीहरूमाथि अपमान थुपारेका छन्। तर तिनीहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई लेखा दिनुपर्नेछ।
परमेश्वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस। तिमीहरू परमेश्वरलाई नचिन्नेहरूजस्ता कामुकताको कामवासनामा नबस।
O senhorio de Cristo
Todo domínio pertence a Cristo. Ele é Senhor dos senhores e Rei dos reis — e nos capacita a viver em santidade.
हे याहवेहका सारा सृष्टि हो,
उहाँका सबै राज्यमा रहेकाहरू हो, उहाँको प्रशंसा गर!
हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!
तपाईंको राज्य अनन्तको राज्य हो,
र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ,
र उहाँले गर्नुहुने सबै थोकप्रति विश्वासयोग्य हुनुहुन्छ। का अन्तिम दुई हरफहरू पाइँदैनन्।
"राति मेरो दर्शनमा मैले देखेँ; अनि त्यहाँ मेरो सामु आकाशका बादलहरूका साथमा मानिसको पुत्रजस्तै आइरहनुभएको थियो। उहाँ अति प्राचीनकहाँ आउनुभयो र उहाँको उपस्थितिमा लगिनुभयो। उहाँलाई अधिकार, महिमा र सार्वभौम शक्ति दिइयो; सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूले उहाँलाई दण्डवत् गरे। उहाँको राज्य सदासर्वदाको राज्य हो, जो कहिल्यै पनि बितेर जानेछैन; अनि उहाँको राज्य यस्तो हो, जो कहिल्यै पनि नष्ट हुनेछैन।
सर्वोच्च परमेश्वरले मेरा निम्ति गर्नुभएका अलौकिक चिन्हहरू र देखाउनुभएको अद्भुत कार्यहरूका बारेमा तिमीहरूलाई बताउनु मेरो निम्ति आनन्दको कुरा हो।
उहाँका अलौकिक चिन्हहरू कति महान् छन्!
उहाँका अद्भुत कार्यहरू कति शक्तिशाली छन्!
उहाँको राज्य अनन्तको राज्य हो;
उहाँको प्रभुत्व पुस्तादेखि पुस्तौँसम्म रहन्छ।
किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ;
हाम्रा निम्ति एउटा पुत्र दिइएको छ।
शासन उहाँको काँधमा हुनेछ।
उहाँलाई उदेकको सल्लाहकार,
शक्तिशाली परमेश्वर,
सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ।
उहाँको शासन वृद्धि र शान्तिको
अन्त्य हुनेछैन।
उहाँले दावीदको सिंहासनमाथि
र तिनका राज्यमाथि शासन गर्नुहुनेछ।
उहाँले राज्यलाई त्यस समयदेखि अनन्तसम्म
न्याय र धार्मिकतासँग स्थापित गर्नुहुनेछ र दृढ पार्नुहुनेछ।
सेनाहरूका याहवेहको जोशले
यसलाई सम्पन्न गर्नेछ।
किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो, जसमा हाम्रो उद्धार छ, पापहरूको क्षमा छ।
जसलाई प्रयोग गरेर उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने हाततिर बसाल्नुभयो। अनि सबै प्रधानता र अधिकार, शक्ति र राज्य र यस युगमा मात्र होइन, तर आउने युगमा पनि सबै नामभन्दा माथि उहाँलाई राख्नुभयो।
तर हाम्रो नागरिकता स्वर्गमा छ, र हामीले स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौँ। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि ती उहाँको महिमित शरीरजस्तै हुनेछन्।
किनकि हामी जान्दछौँ, ख्रीष्ट मरेकाबाट पुनर्जीवित हुनुभएकोले फेरि मर्नुहुन्न; उहाँमाथि अब उसो मृत्युको अधिकार छैन।
शारीरिक स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।
यदि वास्तवमा परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शारीरिक स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा नियन्त्रित हुन्छौ। यदि कसैसँग ख्रीष्टको आत्मा छैन भने तिनीहरू ख्रीष्टका हुनै सक्दैनन्।
जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्टमा सबै जीवित पारिनेछन्। तर हरेक आ-आफ्नो क्रमअनुसार ख्रीष्ट पहिलो फल, त्यसपछि उहाँको पुनरागमनमा उहाँका आफ्नैहरू सबै जीवित पारिनेछन्। तब अन्त्य आउनेछ; जब उहाँले दुष्टका सबै शासन, अधिकार र शक्तिलाई नाश गरेर आफ्ना पिता परमेश्वरलाई राज्य सुम्पनुहुनेछ। किनकि ख्रीष्टले आफ्ना सबै शत्रुहरूलाई आफ्नो पाउमुनि नराखुन्जेल उहाँले राज्य गर्नैपर्छ।
"प्रभुत्व र श्रद्धा परमेश्वरकै हुन्;
उहाँले आकाशको उचाइमा शान्ति स्थापना गर्नुहुन्छ।