Estudar a Bíblia
Estudar a Bíblia é mergulhar na mente de Deus. A Palavra é lâmpada para os pés, espada do Espírito e alimento para a alma. O cristão que estuda cresce em sabedoria e maturidade.
A importância do estudo
Os bereanos eram mais nobres porque examinavam as Escrituras diariamente. Estudar a Bíblia é mandamento e privilégio.
थेसलोनिकीका मानिसहरूभन्दा बेरियाका निवासीहरू बढी भद्र थिए। किनकि तिनीहरूले प्रभुको वचनलाई बडो उत्साहकासाथ ग्रहण गरे। अनि पावलले भनेका कुराहरू मिल्छ कि मिल्दैन भनी हरेक दिन पवित्रशास्त्रहरूमा अध्ययन गरी खोज्दथे।
आफूलाई परमेश्वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ।
तिमीले बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा पाइने मुक्तिमा डोर्याउने ज्ञान दिन सक्षम् छ। सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ। जसद्वारा परमेश्वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्।
म नआएसम्म सबैको सामु पवित्र धर्मशास्त्र पढ्ने काममा, प्रचारमा र शिक्षामा आफूलाई सुम्पिदेऊ।
तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्,
Meditar e guardar
Não se aparte a lei do Senhor da tua boca. Medita nela de dia e de noite para que cumpras tudo o que nela está escrito.
व्यवस्थाको यो पुस्तक तेरो ओठबाट कहिल्यै नहटोस्; तैँले त्यसमाथि दिनरात ध्यान गर्नू, ताकि त्यसमा लेखिएका हरेक कुरा होसियारीसाथ पालन गर्न सक्नेछस्। तब तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।
तपाईंको वचन मेरा खुट्टाहरूका निम्ति बत्ती,
र मेरो बाटोका निम्ति ज्योति हो।
अहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु!
दिनभरि म त्यसमा नै ध्यान गर्दछु।
तपाईंका आज्ञाहरू सधैँ मसँग छन्,
र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्।
मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्दृष्टि ज्यादा छ;
किनकि म तपाईंका कानुनहरूमा मनन गर्दछु।
जवान मानिसले आफ्नो चालचलन कसरी पवित्र राख्न सक्छ?
तपाईंको वचनअनुसार जीवन बिताएर नै हो।
मेरो सारा हृदयले तपाईंलाई खोज्दछु;
तपाईंका आज्ञाहरूबाट मलाई तर्केर जान नदिनुहोस्!
तपाईंको विरुद्धमा पाप नगरूँ भनेर,
तपाईंको वचनलाई मैले मेरो हृदयमा लुकाइराखेको छु।
हे याहवेह, तपाईंको प्रशंसा होस्;
तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्!
तपाईंका मुखबाट निस्केका
सम्पूर्ण नियमहरू मैले मेरा ओठले वर्णन गरेको छु।
कसैले धेरै धनसम्पत्तिमा आनन्द गरेझैँ,
म तपाईंका कानुनहरू पालन गर्नमा नै आनन्दित हुन्छु।
म तपाईंका विधिहरूमा मनन गर्छु,
र तपाईंका मार्गहरूमा ध्यान दिन्छु।
म तपाईंका उर्दीहरूमा रमाउनेछु;
म तपाईंको वचन बिर्सनेछैनँ।
ג गिमेल
जब म तपाईंका धार्मिक नियमहरू सिक्दछु,
तब म साँचो हृदयले तपाईंको प्रशंसा गर्नेछु।
Estudo diligente
Esdras preparou o coração para buscar e ensinar a lei. O estudo exige disciplina, constância e coração aberto.
तिनले आफ्नो यात्रा पहिलो महिनाको पहिलो दिनमा बेबिलोनदेखि सुरु गरेका थिए। अनि तिनी पाँचौँ महिनाको पहिलो दिनमा यरूशलेममा आइपुगे; किनकि तिनका परमेश्वरको कृपालु हात तिनीमाथि थियो। एज्राले आफूलाई इस्राएलमा याहवेहको व्यवस्था अध्ययन गर्न, पालन गर्न, व्यवस्थाका आज्ञाहरू र नियमहरू सिकाउनलाई अर्पण गरेका थिए।
याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर। आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख। यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर। यी आज्ञाहरूलाई तिमीहरूका हातमा र निधारमा चिन्हको रूपमा बाँधिराख। यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख।
जब तिनी आफ्नो राज्यको सिंहासनमाथि बस्छन्, तब तिनले एउटा चर्मपत्रमा लेवी पुजारीबाट लिइएको व्यवस्थाको एक प्रति नक्कल आफ्ना निम्ति लेखेर राख्नुपर्छ। योचाहिँ तिनीसँग हुनुपर्छ, र तिनले त्यस व्यवस्थालाई आफ्नो जीवनभरि पढ्नुपर्छ, ताकि तिनले याहवेह तिनको परमेश्वरलाई आदर गर्न, र यस व्यवस्थाका सबै वचन र उर्दीहरू होसियारीसाथ पालन गर्न सिकून्। अनि राजाले आफूलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्ठ ठानेर व्यवस्थाभन्दा दायाँ तथा बायाँ नफर्कून्। तब तिनी र तिनका सन्तानहरूले इस्राएलमा भएको आफ्नो राज्यमाथि लामो समयसम्म राज्य गर्नेछन्।
इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू:
बुद्धि र अनुशासन प्राप्त गर्नका निम्ति,
अन्तर्दृष्टिका वचनको समझ प्राप्त गर्नका निम्ति,
विवेकी आचरणको अनुशासन प्राप्त गर्नको निम्ति
जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति,
सोझाहरूलाई समझदार,
जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति—
बुद्धिमान्ले सुनोस् र तिनीहरूका ज्ञान बढाऊन्;
र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्—
हितोपदेश र दृष्टान्तहरू,
बुद्धिमान्का भनाइ र गहिरा-गहिरा वचनहरू बुझ्नका निम्ति।
बुद्धिबाट प्राप्त हुने लाभहरू
हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स;
तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख;
किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ,
र तिम्रा लागि शान्ति र उन्नति ल्याउनेछ।
अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ;
यसलाई जोगाइराख; किनकि यो तिम्रो जीवन हो।
किनकि यो आज्ञा एउटा बत्ती हो,
र शिक्षाचाहिँ ज्योति हो;
अनि अनुशासनको सुधार
जीवनका मार्ग हुन्,
Proteção e crescimento
Quem ignora a Palavra perece. Toda Escritura é útil — crescei na graça e no conhecimento do nosso Senhor.
मेरा मानिसहरू ज्ञानको अभावले नष्ट भएका छन्।
"तिमीहरूले ज्ञानलाई इन्कार गरेको कारण,
म पनि तिमीहरूलाई मेरो पुजारी हुनलाई इन्कार गर्नेछु;
किनभने तिमीहरूले आफ्ना परमेश्वरको आज्ञालाई वास्ता गरेका छैनौ;
तसर्थ म पनि तिमीहरूका छोराछोरीहरूलाई वास्ता गर्नेछैनँ।
परमेश्वरको निर्देशन र शिक्षालाई हेर्! यदि तिनीहरू यस वचनअनुसार बोल्दैनन् भने तिनीहरूसित प्रकाश छैन।
येशूले जवाफ दिनुभयो, "तिमीहरू धर्मशास्त्र अथवा परमेश्वरको शक्तिलाई नजानेकाले के तिमीहरू भ्रममा त छैनौ?
किनकि विगतमा जे लेखिए, त्यो हामीलाई शिक्षाका निम्ति लेखिएका थिए, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्त गर्न सकौँ।
त्यसकारण प्रिय मित्रहरू हो, यी कुराहरू तिमीहरूले बुझेकै हुनाले होसियार होओ; अनि नियमविहीन मानिसहरूका गल्तीले तिमीहरूलाई नबहकाओस्, र तिमीहरूका सुरक्षित स्थानबाट पतन नगराओस्। तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ।
उहाँलाई अहिले अनि सदासर्वदा महिमा होस्! आमेन।
तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने ती अगमवक्ताहरूले यही मुक्तिको बारेमा खोज र छानबिन गरेका थिए। तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए।