Publicidade

1 Crônicas 25

सङ्गीतकारहरू

1 दावीद र सेनापतिहरूले मिलेर आसाप, हेमान र यदूतूनका केही छोराहरूलाई सारङ्गी, वीणा र झ्यालीहरू बजाउँदै अगमवाणीको सेवाका निम्ति अलग गरे। अगमवाणीको सेवा गर्ने मानिसहरूको सूची यही हो:

2 आसापका छोराहरूबाट:

जक्‍कूर, योसेफ, नतन्याह र असारेला। आसापका यी छोराहरू आसापको निर्देशनमा काम गर्थे। आसापले चाहिँ राजाको निर्देशनमा अगमवाणी गर्थे।

3 यदूतूनका छोराहरूबाट:

गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तीत्याह, जम्मा छ जना। यिनीहरू आफ्ना पिता यदूतूनका निर्देशनमा काम गर्थे, जसले याहवेहलाई धन्यवाद र प्रशंसा गर्दा वीणा बजाउँदै अगमवाणी गर्थे।

4 हेमानका छोराहरूबाट:

बुक्‍कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल र यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती र रोमम्ती-एजेर, योशब्काशा, मल्‍लोती, होतीर र महजीओत। 5 (यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरूचाहिँ उनलाई उच्‍च तुल्याउनका निम्ति परमेश्‍वरको प्रतिज्ञाअनुसार दिइएको थियो। परमेश्‍वरले हेमानलाई चौध जना छोरा र तीन जना छोरी दिनुभयो।)

6 यिनीहरू सबै याहवेहको भवनमा सङ्गीतका लागि आफ्ना पिताको निर्देशनमा काम गर्थे। तिनीहरूले झ्याली, सारङ्गी र वीणाको साथमा परमेश्‍वरको भवनमा सेवा गर्थे।

आसाप, यदूतून र हेमानचाहिँ राजाको निर्देशनमा काम गर्थे। 7 तिनीहरूका आफन्तहरूका साथै तिनीहरू सबै याहवेहको निम्ति सङ्गीतमा तालिम पाएका र निपूर्ण थिए। तिनीहरूको संख्या 288 थियो। 8 जवान वा वृद्ध, शिक्षक वा विद्यार्थी तिनीहरूले आ-आफ्नो जिम्मेवारीको निम्ति चिट्ठा हाले।

9 पहिलो चिट्ठाचाहिँ आसापको निम्ति थियो, र त्यो योसेफलाई पर्‍यो,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

दोस्रोचाहिँ गदल्याहलाई,

तिनका आफन्तहरू र छोराहरूका नाममा—जम्मा 12 जना,

10 तेस्रोचाहिँ जक्‍कूरलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

11 चौथो यिस्रीलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

12 पाँचौँ नतन्याहलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

13 छैटौँ बुक्‍कियाहलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

14 सातौँ यसरेलालाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

15 आठौँ यशयाहलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

16 नवौँ मत्तन्याह,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

17 दसौँ शिमीलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

18 एघाह्रौ अज्रेललाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

19 बाह्रौँ हशब्याहलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

20 तेह्रौँ शूबाएललाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

21 चौधौँ मत्तीत्याहलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

22 पन्ध्रौँ यरेमोतलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

23 सोह्रौँ हनन्याहलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

24 सत्रौँ योशब्काशालाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

25 अठारौँ हनानीलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

26 उन्‍नाइसौँ मल्‍लोतीलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

27 बीसौँ एलियातालाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

28 एक्‍काइसौँ होतीरलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

29 बाइसौँ गिद्दलतीलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

30 तेईसौँ महजीओतलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,

31 चौबीसौँ रोमम्ती-एजेरलाई,

तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना थिए।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-22_10-02-25-