Homem de Deus
O homem de Deus é aquele que busca a justiça, a piedade, a fé e o amor. A Bíblia apresenta modelos de homens íntegros que andaram com Deus e marcaram a história.
Características do homem de Deus
O homem de Deus foge das paixões e segue a justiça, a piedade, a fé, o amor, a perseverança e a mansidão.
तिमोथीलाई पावलको आदेश
तर हे परमेश्वरका जन, तिमी यी सबै कुराहरूबाट अलग बस, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, सहनशीलता र नम्रताको पछि लाग।
तिमी जवान भएको कारणले कसैले पनि तिमीलाई तुच्छ दृष्टिले नहेरोस्, तर वचनमा, जीवनमा, प्रेममा, विश्वासमा र शुद्धतामा विश्वासीहरूको लागि उदाहरण बन।
तिमीहरू सतर्क रहो; विश्वासमा स्थिर भइरहो; निडर होओ र बलियो होओ। सबै कुरा प्रेमसाथ गरिएका होऊन्।
हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ।
अनि याहवेहले तँबाट के चाहनुहुन्छ?
केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू;
अनि नम्र भएर आफ्ना परमेश्वरसित हिँड्नू।
Exemplos bíblicos
Noé era justo e íntegro entre seus contemporâneos. Jó era homem reto que temia a Deus e se desviava do mal.
नोआ र जलप्रलय
नोआ र उनको परिवारको विवरण यही हो:
नोआ एक धर्मी मानिस थिए। आफ्नो पुस्ताका मानिसहरूको बीचमा तिनी निर्दोष मानिस थिए। तिनी विश्वासयोग्ताका साथ परमेश्वरसँग रहन्थे।
परिचय
ऊज देशमा इयोब नाम गरेका एक जना मानिस थिए। तिनी निर्दोष र धर्मी मानिस थिए; तिनी परमेश्वरको डर मान्थे र दुष्टताबाट टाढै बस्थे।
परमेश्वरबाट पठाइएका एक जना मानिस आए। तिनको नाम यूहन्ना थियो। तिनीद्वारा सबै मानिसहरूले विश्वास गरून् भनेर तिनी त्यस ज्योतिको बारेमा साक्षी दिन भनी गवाही बनेर आएका थिए।
विवेकी मानिसले आफ्नो दृष्टिमा बुद्धि राख्छ,
तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ।
Viver como filho de Deus
Quem faz a vontade de Deus é eleito. Medite na Palavra e ande nos caminhos do Senhor como verdadeiro discípulo.
तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। ती सन्तानहरू न त प्राकृतिक वंशक्रमद्वारा, न त शारीरिक इच्छाद्वारा वा कुनै मान्छेको इच्छाद्वारा, तर परमेश्वरबाट जन्मेका हुन्।
हामी जान्दछौँ, परमेश्वरले पापीहरूका कुरा सुन्नुहुन्न, तर उहाँले परमेश्वरका भक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्नुहुन्छ।
जवान मानिसले आफ्नो चालचलन कसरी पवित्र राख्न सक्छ?
तपाईंको वचनअनुसार जीवन बिताएर नै हो।
मेरो सारा हृदयले तपाईंलाई खोज्दछु;
तपाईंका आज्ञाहरूबाट मलाई तर्केर जान नदिनुहोस्!
तपाईंको विरुद्धमा पाप नगरूँ भनेर,
तपाईंको वचनलाई मैले मेरो हृदयमा लुकाइराखेको छु।
हे याहवेह, तपाईंको प्रशंसा होस्;
तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्!
तपाईंका मुखबाट निस्केका
सम्पूर्ण नियमहरू मैले मेरा ओठले वर्णन गरेको छु।
कसैले धेरै धनसम्पत्तिमा आनन्द गरेझैँ,
म तपाईंका कानुनहरू पालन गर्नमा नै आनन्दित हुन्छु।
म तपाईंका विधिहरूमा मनन गर्छु,
र तपाईंका मार्गहरूमा ध्यान दिन्छु।
म तपाईंका उर्दीहरूमा रमाउनेछु;
म तपाईंको वचन बिर्सनेछैनँ।
ג गिमेल
धन्य हुन् तिनीहरू,
जो दुष्टहरूको सल्लाहमा हिँड्दैनन्,
जो पापीहरूको मार्गमा खडा हुँदैनन्,
जो गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।
तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्न रहन्छन्,
र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्।
तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्,
जसले आफ्नो ऋतुमा फल दिन्छ;
र जसको पात कहिल्यै ओइलाउँदैन;
तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।
दुष्टहरू त्यस्ता हुँदैनन्;
तर तिनीहरूचाहिँ बतासले उडाइलैजाने
भुसजस्तै हुन्छन्।
यसकारण दुष्टहरू न्यायमा खडा रहनेछैनन्,
न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्।
किनकि याहवेहले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ;
तर दुष्टहरूको मार्गले विनाशमा पुर्याउँछ।
तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पहिलेको जिउने तरिकाको त्यस पुरानो स्वभावको जीवन त्याग्नुपर्छ भनी सिकेका छौ; आफ्ना मनको स्वभावमा नयाँ हुँदैजाओ; अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्वरजस्तै हुनलाई सृष्टि गरिएको छ।