Jejum e oração
Jejum e oração são disciplinas espirituais que andam juntas. Jesus jejuou, os apóstolos jejuaram, e a Bíblia ensina que o jejum fortalece a oração e nos aproxima do coração de Deus.
O exemplo de Jesus
Jesus jejuou quarenta dias no deserto antes de iniciar seu ministério. Ele ensinou que certas coisas só acontecem com oração e jejum.
येशूको परीक्षा
तब येशू शैतानद्वारा परीक्षित हुनलाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो।
उहाँले जवाफ दिनुभयो, "किनकि तिमीहरूमा विश्वासको कमी छ। तिमीहरूलाई साँच्चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्न सक्छौ, र त्यो हटेर जानेछ। तिमीहरूका लागि कुनै कुरा पनि असम्भव हुनेछैन। तर यस किसिमको चङ्गाइचाहिँ प्रार्थना र उपवासविना हुन सक्दैन।"
उपवासको विषयमा शिक्षा
"जब तिमीहरू उपवास बस्दछौ, कपटीहरूजस्ता उदास भएर नबस। किनकि मानिसहरूलाई देखाउनलाई तिनीहरूले आफ्ना अनुहार बिगार्दछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना सम्पूर्ण प्रतिफल पाइसकेका छन्। तर जब तिमीहरू उपवास बस्दछौ, तब शिरमा तेल लगाओ र आफ्नो मुख धोओ। अनि तिमीहरू उपवास बसेका छौ भन्ने कुरा कुनै मानिसले होइन, तर तिमीहरूका अदृश्य पिताले मात्र देखून्। अनि गुप्तमा गरिएका काम देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ।
उपवासको विषयमा शिक्षा
"जब तिमीहरू उपवास बस्दछौ, कपटीहरूजस्ता उदास भएर नबस। किनकि मानिसहरूलाई देखाउनलाई तिनीहरूले आफ्ना अनुहार बिगार्दछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना सम्पूर्ण प्रतिफल पाइसकेका छन्।
तर जब तिमीहरू उपवास बस्दछौ, तब शिरमा तेल लगाओ र आफ्नो मुख धोओ। अनि तिमीहरू उपवास बसेका छौ भन्ने कुरा कुनै मानिसले होइन, तर तिमीहरूका अदृश्य पिताले मात्र देखून्। अनि गुप्तमा गरिएका काम देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ।
अनि उहाँ त्यस ठाउँमा चालीस दिनसम्म शैतानबाट परीक्षित हुनुभयो। ती दिनहरूमा उहाँले केही खानुभएन, र अन्त्यमा उहाँ भोकाउनुभयो।
O jejum nas Escrituras
Ao longo da Bíblia, grandes homens e mulheres de fé jejuaram em momentos decisivos — buscando a Deus com urgência e devoção.
मोशा त्यहाँ रोटी नखाई र पानी नपिई याहवेहसित चालीस दिन र चालीस रातसम्म रहे। तिनले ती साक्षी पाटीहरूमा त्यस करारका वचन अर्थात् दश आज्ञाहरू लेखे।
यसकारण म उपवाससाथ भाङ्ग्रा लगाएर खरानी धसी प्रार्थना र अन्तर्बिन्ती गर्दै याहवेह परमेश्वरतिर फर्केँ।
मैले कुनै पनि मिठो भोजन खाइनँ; मासु अथवा दाखमद्य मेरो मुखमा परेन; अनि मैले तीन हप्ता नबितेसम्म कुनै पनि तेल प्रयोग गरिनँ।
मैले कुनै पनि मिठो भोजन खाइनँ; मासु अथवा दाखमद्य मेरो मुखमा परेन; अनि मैले तीन हप्ता नबितेसम्म कुनै पनि तेल प्रयोग गरिनँ।
"गएर शूशनमा भएका सारा यहूदीहरूलाई एकसाथ भेला गर्नुहोस्; अनि तपाईंहरू तीन दिनसम्म रातदिन केही नखाई र नपिई मेरा निम्ति उपवास बस्नुहोस्। तपाईंहरूले गरेझैँ म र मेरा सहेलीहरूले पनि उपवास बस्नेछौँ। त्यसपछि नियमको विरुद्धै भए तापनि म राजाकहाँ जानेछु। यदि म नाश भएँ भने पनि होस्।"
जब मैले यो खबर सुनेँ, तब म बसेर रोएँ। मैले केही दिनसम्म विलाप गरेँ, उपवास बसेँ र स्वर्गका परमेश्वरसँग प्रार्थना गरेँ।
त्यहाँ अहावा नहरको किनारमा मैले उपवासको घोषणा गरेँ, ताकि हामीले आफूलाई परमेश्वरको सामु नम्र तुल्याउन सकौँ; अनि हाम्रा छोराछोरीहरू र हाम्रा सबै सम्पत्ति सहित हामी परमेश्वरसँग सुरक्षित यात्राको प्रार्थना गर्न सकौँ।
यसकारण हामी उपवास बस्यौँ र यस विषयको निम्ति हाम्रा परमेश्वरलाई बिन्ती चढायौँ; अनि उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो।
यसकारण हामी उपवास बस्यौँ र यस विषयको निम्ति हाम्रा परमेश्वरलाई बिन्ती चढायौँ; अनि उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो।
दावीदले त्यस शिशुको निम्ति परमेश्वरसँग बिन्ती गरे। तिनी उपवास बसे, र कोठाभित्र गएर शोक वस्त्र लगाएर भुइँमा लम्पसार परेर रात बिताए।
निनवेका मानिसहरूले परमेश्वरको सन्देशलाई विश्वास गरे। तिनीहरूले उपवासको घोषणा गरे; अनि सानादेखि ठूलासम्म सबैले भाङ्ग्रा लगाए।
जब यो खबर निनवेका राजाकहाँ पुग्यो, तब तिनी आफ्नो सिंहासनबाट उठे; आफ्नो राजकीय पोशाक फुकाले र भाङ्ग्रा ओढेर खरानीमा बसे। त्यसपछि राजाले निनवेमा यस्तो घोषणा जारी गरे:
राजा र तिनका अधिकारीहरूका उर्दीअनुसार:
"मानिस वा पशुप्राणी, गाईबस्तु वा भेडाबाख्रा, कसैले पनि केही खानेकुरा नचाखोस्; तिनीहरूलाई खान वा पिउन नदिइयोस्। तर मानिस र पशुप्राणीहरू सबैले भाङ्ग्रा ओढून्, र तुरुन्तै सबैले परमेश्वरलाई पुकारून्। तिनीहरूले आफ्ना दुष्ट चालहरू छोडून् र आफ्ना हिंसा त्यागून्। कसले जान्दछ? हामी नाश नहोऔँ भनी परमेश्वरले अझै पनि आफ्नो मन बदल्नुहुन्छ, वा दयाले भरिएर आफ्नो भयङ्कर क्रोधबाट फर्कनुहोला कि।"
जब परमेश्वरले तिनीहरूले गरेका काम र तिनीहरू आफ्ना दुष्ट चालहरूबाट फर्केको देख्नुभयो, तब उहाँ दयाले भरिनुभयो र उहाँले दिनुभएको सर्वनाशको धम्की तिनीहरूमाथि ल्याउनुभएन।
O jejum que Deus escolheu
Isaías revela o jejum que agrada a Deus: soltar as cadeias da injustiça, libertar os oprimidos e repartir o pão com o faminto.
तिनीहरू भन्छन्, ‘हामीहरूले उपवास बस्यौँ,
तपाईंले किन त्यो देख्नुहुन्न?
हामीले आफूलाई नम्र तुल्यायौँ,
तपाईंले किन ध्यान दिनुहुन्न?’
"तर तिमीहरू उपवास बस्दा आफूखुशी गर्छौ,
र तिमीहरूका सबै कामदारहरूलाई शोषण गर्छौ।
तिमीहरूका उपवास वाद-विवाद,
झगडा र हात हालाहालमा टुङ्गिन्छ।
यस प्रकारको उपवास बस्दा
तिमीहरूको प्रार्थना ग्रहणयोग्य हुँदैन।
के मानिसले एक दिन मात्र आफूलाई विनम्र तुल्याउने
किसिमको उपवास मैले चाहेको हो र?
के यो आफ्नो शिर निगालोझैँ निहुराएर
भाङ्ग्रा र खरानीमा बस्ने मात्र हो?
के यसैलाई तिमीहरू उपवास भन्छौ,
के यस्तो उपवास याहवेहले ग्रहण गर्नुहुन्छ?
"मैले चाहेको उपवास:
अन्यायका बन्धन, र जुवाको डोरी फुकाल्नु,
शोषणमा परेकाहरूलाई स्वतन्त्र गरिदिनु
र प्रत्येक जुवा भाँचिदिनु होइन र?
"मैले चाहेको उपवास:
अन्यायका बन्धन, र जुवाको डोरी फुकाल्नु,
शोषणमा परेकाहरूलाई स्वतन्त्र गरिदिनु
र प्रत्येक जुवा भाँचिदिनु होइन र?
पश्चात्तापको निम्ति बोलावट
"अहिले पनि," याहवेह घोषणा गर्नुहुन्छ,
"तिमीहरूको सारा हृदयले,
उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।"
पश्चात्तापको निम्ति बोलावट
"अहिले पनि," याहवेह घोषणा गर्नुहुन्छ,
"तिमीहरूको सारा हृदयले,
उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।"
पवित्र उपवासको घोषणा गर;
पवित्र सभाको घोषणा गर।
अगुवाहरूलाई बोलाओ
र यस देशमा बस्नेहरू सबैलाई
तिमीहरूका परमेश्वर याहवेहको भवनमा ल्याओ,
र याहवेहलाई पुकार।
A igreja primitiva
Os apóstolos jejuavam antes de decisões importantes. O jejum acompanhava a consagração de líderes e o envio de missionários.
तिनीहरू प्रभुको आराधना गरिरहेका बेला र उपवास बसिरहेका बेला पवित्र आत्माले "बारनाबास र शाऊललाई मैले तोकेको काम गर्नको निम्ति अलग गर" भन्नुभयो।
तिनीहरू प्रभुको आराधना गरिरहेका बेला र उपवास बसिरहेका बेला पवित्र आत्माले "बारनाबास र शाऊललाई मैले तोकेको काम गर्नको निम्ति अलग गर" भन्नुभयो।
तिनीहरू प्रभुको आराधना गरिरहेका बेला र उपवास बसिरहेका बेला पवित्र आत्माले "बारनाबास र शाऊललाई मैले तोकेको काम गर्नको निम्ति अलग गर" भन्नुभयो। त्यसकारण तिनीहरूले उपवाससहित प्रार्थना गरे, र ती दुईमाथि आफ्नो हात राखेर तिनीहरूलाई पठाइदिए।
त्यसकारण तिनीहरूले उपवाससहित प्रार्थना गरे, र ती दुईमाथि आफ्नो हात राखेर तिनीहरूलाई पठाइदिए।
त्यसकारण तिनीहरूले उपवाससहित प्रार्थना गरे, र ती दुईमाथि आफ्नो हात राखेर तिनीहरूलाई पठाइदिए।
पावल र बारनाबासले हरेक मण्डलीमा प्रधानहरू नियुक्त गरेर प्रार्थना र उपवासद्वारा तिनीहरूलाई प्रभुप्रति समर्पित गराए, जसले उहाँमाथि भरोसा राखेका थिए।
Praticando o jejum
Quando jejuares, unge a cabeça e lava o rosto. O jejum é entre você e Deus — não para impressionar os homens, mas para buscar ao Senhor.
तिनी लगभग चौरासी वर्षकी विधवा थिइन्; तिनले कहिल्यै मन्दिर छोड्दैनथिइन्, तर दिनरात उपवास र प्रार्थनासाथ आराधनामा समय बिताउँथिन्।
उपवास सम्बन्धी सोधपुछ
तिनीहरूले उहाँलाई भने, "यूहन्नाका चेलाहरू प्रायः उपवास बस्दछन् र प्रार्थना गर्दछन्; अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्दछन्, तर तपाईंका चेलाहरू भने सधैँ खानपान नै गरिरहन्छन्।"
येशूले जवाफ दिनुभयो, "के दुलहा साथमा रहुन्जेल जन्तीहरूलाई तिमीहरूले उपवास बस्न लगाउन सक्छौ? तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्नेछन्।"
येशू भित्र पस्नुभएपछि उहाँका चेलाहरूले उहाँलाई गुप्तमा सोधे, "हामीले किन त्यसलाई निकाल्न सकेनौँ?"
उहाँले जवाफ दिनुभयो, "यस्तो किसिमको चाहिँ प्रार्थनाद्वारा मात्र निस्कन सक्छ।"
उहाँले जवाफ दिनुभयो, "यस्तो किसिमको चाहिँ प्रार्थनाद्वारा मात्र निस्कन सक्छ।"
मैले कठोर परिश्रम गरेको छु; म रातभरि नसुती बसेको छु; मैले भोक र तिर्खा जानेको छु, र धेरैपल्ट भोकै बसेको छु; मैले चिसो भोगेको छु र लुगाफाटाको अभावमा पनि बसेको छु।
तापनि जब तिनीहरू बिरामी भए, मैले भाङ्ग्राको वस्त्र लगाएँ;
र उपवास बसेर आफूलाई दुःखित बनाएँ,
जब मेरा प्रार्थना उत्तरविना नै फर्केर आयो,