Jesus me ama
Jesus me ama — essa certeza transforma vidas. O amor de Cristo não depende do nosso merecimento, mas da sua natureza. Ele nos amou primeiro, e nada pode nos separar desse amor.
Ele me amou primeiro
Nós amamos porque Ele nos amou primeiro. O amor de Deus se manifestou em nos enviar seu Filho como propiciação pelos nossos pecados.
हामी उहाँलाई प्रेम गर्छौँ; किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।
प्रेम यही नै हो, हामीले परमेश्वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्चितको बलि बनाएर पठाउनुभयो।
हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्वरका सन्तान कहलिएका छौँ; अनि हामी त्यही हौँ पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन।
प्रेम के हो भन्ने कुरा हामी यसैबाट थाहा पाउँछौँ; येशू ख्रीष्टले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। यसैले हामीले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ।
किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
Amor inseparável
Nem a morte, nem a vida, nem qualquer outra criatura poderá nos separar do amor de Deus em Cristo Jesus nosso Senhor.
किनकि म निश्चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले, न कुनै उचाइले, न गहिराइले, न त सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःख-कष्टले, वा कठिनाइले, वा सतावटले, वा अनिकालले, वा नग्नताले, वा जोखिमले कि तरवारले? यस्तो लेखिएको छ:
"तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ;
हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।"
होइन यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूले भन्दा पनि अझ बढी विजय पाएका छौँ।
अनि येशू ख्रीष्टबाट, जो विश्वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ।
उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र उहाँले नै आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो; अनि उहाँका परमेश्वर र पितालाई सेवा गर्नलाई हामीलाई एउटा राज्य र पुजारी बनाउनुभयो; उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा भइरहोस्! आमेन।
यसकारण तिमीहरू प्रिय बालबालिकाहरूजस्ता परमेश्वरको अनुकरण गर्नेहरू होओ; अनि प्रेमको मार्गमा हिँड, जसरी ख्रीष्टले हामीहरूलाई प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो।
Celebrar o amor de Jesus
O amor de Jesus é motivo de cântico e louvor. De manhã cantarei teu amor e à noite proclamarei tua misericórdia.
तपाईं मेरो बल हुनुहुन्छ, म तपाईंको प्रशंसा गाउनेछु;
हे परमेश्वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ,
मेरो प्रेमिला परमेश्वरमा म भरोसा गर्न सक्छु।
याहवेह कृपालु र अनुग्रही हुनुहुन्छ,
रिसाउनमा ढिलो र प्रेमले भरिपूर्ण।
उहाँले सधैँ दोष लगाइरहनुहुन्न,
न त आफ्नो क्रोध सदासर्वदा लिइरहनुहुन्छ;
उहाँले हामीसित हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्न,
न त हाम्रा अधर्मअनुसार हामीलाई बदला लिनुहुन्छ।
किनकि पृथ्वीबाट स्वर्ग जति उच्च छ,
उहाँका डर मान्नेहरूमाथि उहाँको अचुक प्रेम त्यत्ति नै महान् छ।
पश्चिमबाट पूर्व जति टाढा छ,
उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा हटाइदिनुभएको छ।
आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
किनकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह जान्दछौ, उहाँ धनी भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो, ताकि उहाँको दरिद्रताबाट तिमीहरू धनी बन।