Justiça
A justiça é atributo de Deus e vocação do cristão. A Bíblia chama os crentes a buscar a justiça, praticar o que é reto e confiar no Deus que julga justamente.
Buscar a justiça
Buscai primeiro o Reino de Deus e a sua justiça. Quem semeia justiça colherá galardão seguro e duradouro.
तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्।
दुष्ट मानिसले छलको ज्याला कमाउँछ,
तर जसले धार्मिकता छर्छ, त्यसले निश्चय नै प्रतिफलको कटनी गर्छ।
धार्मिकता र प्रेमको पछि लाग्नेले
जीवन, उन्नति र सम्मान पाउँछ।
ठिक र न्यायोचित काम गर्नुचाहिँ
याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ।
मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला,
तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ।
अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन,
तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
Justiça em Cristo
Deus tornou Cristo a nossa justiça. Pela fé somos declarados justos diante de Deus — não por obras, mas pela graça.
हामी ख्रीष्टमा परमेश्वरको धार्मिकता बन्न पाऔँ भनी परमेश्वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।
किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ। यो अनुग्रहले हामीलाई भक्तिहीनता र सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ;
तिमोथीलाई पावलको आदेश
तर हे परमेश्वरका जन, तिमी यी सबै कुराहरूबाट अलग बस, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, सहनशीलता र नम्रताको पछि लाग।
अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा ठिक छ, जे कुरा शुद्ध छ, जे कुरा प्रेमको योग्य छ, जे कुरा सह्रानीय छ, यदि केही कुरा सर्वश्रेष्ठ र प्रशंसायोग्य छ भने यिनै कुराहरूको विचार गर।
धोकामा नपर: परमेश्वरलाई झुक्याउन सकिँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्दछ।
हामी भलाइ गर्न नथाकौँ; किनकि यदि हिम्मत हारेनौँ भने हामीले ठिक समयमा फसल कटनी गर्नेछौँ।
Praticar a justiça
O fruto da justiça semeia-se em paz para os que promovem a paz. Os olhos do Senhor estão sobre os justos.
शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।
यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनलाई एक-अर्काका निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!
किनकि याहवेहले न्यायीलाई प्रेम गर्नुहुन्छ,
र आफ्ना विश्वासयोग्यहरूलाई त्याग्नुहुन्न।
तिनीहरू सधैँका लागि सुरक्षित पारिनेछन्;
तर दुष्टका सन्तानहरू नष्ट भएर जानेछन्।
याहवेहको नजर धर्मीहरूमाथि रहन्छ,
र उहाँका कान तिनीहरूका पुकार सुन्नलाई खुल्ला हुन्छन्।
अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्;
तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ।
धन्य हुन् तिनीहरू,
जो दुष्टहरूको सल्लाहमा हिँड्दैनन्,
जो पापीहरूको मार्गमा खडा हुँदैनन्,
जो गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।
मेरो सारा हृदयले तपाईंलाई खोज्दछु;
तपाईंका आज्ञाहरूबाट मलाई तर्केर जान नदिनुहोस्!
Consequências
O Senhor recompensará cada um segundo suas obras. A justiça exalta a nação e traz segurança aos que a praticam.
परमेश्वरले "प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।"
यस विषयमा ध्यान देओ, कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैँ भलाइ गर्ने प्रयास गर।
तर उचित कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। "तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!"
यदि तिमीहरूलाई भलो गर्नेहरूलाई मात्र भलाइ गर्दछौ भने तिमीहरूलाई के लाभ भयो र? पापीहरूले पनि त त्यस्तै गर्दछन्।
असावधानीपूर्वक केही कुरो अर्पण गरिसकेपछि मात्रै
आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ।
Este artigo te tocou? Faça uma oração!
+581 estão orando agora.
Junte-se à corrente de oração.