Língua
A língua tem poder de vida e de morte. A Bíblia compara a língua ao leme de um navio e à faísca que incendeia uma floresta. Dominar a língua é prova de maturidade espiritual.
O poder da língua
A morte e a vida estão no poder da língua. Quem a domina é varão perfeito, capaz de controlar todo o corpo.
जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ;
त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानेछन्।
हामी धेरै प्रकारले ठक्कर खान्छौँ। यदि कसैले आफूले बोलेका कुराहरूमा कहिल्यै भूल गर्दैन भने ऊ आफ्नो सम्पूर्ण शरीरलाई वशमा राख्न सक्ने सिद्ध मानिस हुन्छ।
जब घोडाहरूले हाम्रो आज्ञा मानून् भनेर तिनीहरूका मुखमा लगाम लगाउँछौँ, तब हामीले त्यसका सम्पूर्ण शरीरलाई काबूमा राख्न सक्छौँ। अथवा उदाहरणको लागि जहाजलाई लिऔँ—तिनीहरू यति ठूला र तेज बतासद्वारा चल्नेभए तापनि नाविकले एउटा सानो पतवारको सहारा लिएर जहाजलाई आफ्नो इच्छाअनुसार जता मन लाग्छ, त्यतैतिर लैजान्छ। त्यस्तै किसिमले हाम्रो जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तर यसले धेरै घमण्ड गर्छ। आगोको सानो झिल्काले ठूलो जङ्गल नै डढेलो लगाउँछ भनी विचार गर। जिब्रो पनि एउटा आगोजस्तै नै हो; शरीरका अङ्गहरूमध्ये दुष्टताको संसार नै हो। यसले सम्पूर्ण व्यक्तिलाई दूषित पार्छ; त्यसको जीवनको सम्पूर्ण प्रवाहमा आगो लगाइदिन्छ, र यो आफू पनि नरकको आगोमा जल्छ।
सबै किसिमका जन्तुहरू, चराहरू, घस्रने प्राणीहरू र समुद्रका जन्तुहरूलाई तह लगाइन्छ, र मानिसद्वारा तह लगाइएका हुन्छन्; तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। यो घातक विषले भरिएको एउटा चञ्चल दुष्ट हो।
जिब्रोले हामी हाम्रा प्रभु र पितालाई प्रशंसा दिन्छौँ, र यही जिब्रोले हामी परमेश्वरको स्वरूपमा बनिएका मानिसहरूलाई सराप्छौँ। अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यस्तो हुनुहुँदैन। के एउटै मुहानबाट ताजा पानी र नुनिलो पानी निस्कन्छ र? हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, के अञ्जीरको रूखले जैतुन अथवा अङ्गुरको बोटले नेभारा फलाउन सक्छ र? न त नुनिलो पानीको मुहानले ताजा पानी निकाल्न सक्छ।
Palavras sábias
A língua branda quebra até ossos. A palavra certa no tempo certo é como maçãs de ouro em salvas de prata.
धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ;
र मिठो वचनले हड्डी तोडिदिन सक्छ।
विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ,
तर बुद्धिमान्को जिब्रोले निको पार्छ।
सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ;
तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ।
जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ;
तर बुद्धिमान्ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।
चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ,
र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।
Disciplinar a fala
Quem guarda a boca e a língua guarda a sua alma de angústias. A religião sem controle da língua é vã.
यदि कसैले आफैँलाई धर्मी सम्झन्छ र पनि आफ्नो जिब्रोमा लगाम लाउँदैन भने उसले आफूलाई धोका दिन्छ र त्यसको धर्मचाहिँ व्यर्थको हुन्छ।
मैले भनेँ, "म आफ्नो चालचलनमा होसियार रहनेछु,
र मेरो जिब्रोलाई पापबाट रोक्नेछु;
दुष्टहरूको उपस्थितिमा,
म आफ्नो मुखमा मोहोलो लगाएर बस्नेछु।"
तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्दछ,
दीर्घायु र असल दिनहरू देख्ने इच्छा गर्दछ भने
आफ्नो जिब्रोलाई खराब कुरादेखि
र आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख!
धर्मीका मुखबाट बुद्धिका कुरा गर्छन्,
र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ।
त्यसको हृदयमा त्यसका परमेश्वरको व्यवस्था हुन्छ;
त्यसका खुट्टाहरू चिप्लँदैनन्।
मेरो जिब्रोले तपाईंको धार्मिकताको घोषणा गर्नेछ,
र तपाईंको प्रशंसा दिनभरि गरिरहनेछ।
मेरो जिब्रोमा कुनै शब्द आउनअगि नै,
हे याहवेह, तपाईंले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ।
हे याहवेह, मलाई
झूटो बोल्ने ओठ
र छली जिब्रोबाट बचाउनुहोस्।
सबै चापलुसी गर्ने ओठहरूलाई
र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—
तिनीहरू जसले भन्छन्,
"हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ;
हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?"
हे प्रभु, दुष्टहरूलाई खलबल्याइदिनुहोस्;
तिनीहरूका योजनालाई निरुत्साहित पारिदिनुहोस्;
किनकि मैले सहरमा हिंसा र झैझगडा देख्दछु।
Toda língua confessará
Ao nome de Jesus todo joelho se dobrará e toda língua confessará que Jesus Cristo é Senhor, para glória de Deus Pai.
त्यसैकारण परमेश्वरले उहाँलाई सर्वोच्च स्थानसम्म उच्च पार्नुभयो,
र उहाँलाई एउटा नाम दिनुभयो, जो हरेक नामभन्दा उच्च छ,
यसकारणले कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका,
हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ;
अनि परमेश्वर पिताको महिमाको निम्ति,
हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ।
यदि मैले मानिसहरू र स्वर्गदूतहरूका भाषाहरूमा बोलेँ, तर मसँग प्रेम छैन भने म हल्ला गर्ने घण्टा अथवा झ्याइँ-झ्याइँ गर्ने झ्याम्टा मात्र हुँ।
तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ। किनकि तिम्रा आफ्नै बोलीहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा आफ्नै बोलीहरूले तिमी दोषी ठहरिनेछौ।"
तब मानिसहरूले बनाउँदै गरेका सहर र त्यस धरहरा हेर्न भनी याहवेह तल ओर्लनुभयो। त्यसपछि याहवेहले भन्नुभयो, "यी मानिसहरूको बोल्ने एउटै भाषा भएको कारण तिनीहरूले यो काम गर्न थालेका छन्; अब तिनीहरूले जे गर्नका निम्ति योजना बनाएका छन्, तिनीहरूका निम्ति केही पनि असम्भव हुनेछैन। आओ, हामी तल जाऔँ, र तिनीहरूको भाषा खलबल पारिदिऔँ, ताकि तिनीहरूले एक-अर्काको बोली नबुझून्।"
यसरी याहवेहले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीभरि छरपस्ट पारिदिनुभयो; अनि तिनीहरूले त्यो सहर बनाउने काम अधुरै छोडे। त्यसकारण त्यस सहरलाई बाबेल भनिन्छ—किनकि यहीँ नै याहवेहले पृथ्वीका सारा मानिसहरूको भाषा खलबल पारिदिनुभएको थियो। तब त्यहाँबाटै याहवेहले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।
Este artigo te tocou? Faça uma oração!
+581 estão orando agora.
Junte-se à corrente de oração.