Morte
A morte é a realidade que todos enfrentam, mas para o cristão ela não é o fim. A Bíblia ensina que Cristo venceu a morte e nos dá a esperança da ressurreição e da vida eterna.
Cristo venceu a morte
Onde está, ó morte, o teu aguilhão? Cristo destruiu o poder da morte e nos deu a vitória pela ressurreição.
"ए मृत्यु, तेरो विजय कहाँ छ?
ए मृत्यु, तेरो खील कहाँ छ?"
मृत्युको खील पाप हो, र पापको शक्तिचाहिँ व्यवस्था हो। तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।
अन्तिममा नाश गरिने शत्रुचाहिँ मृत्यु हो।
किनकि मृत्यु एक जना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसद्वारा आयो।
जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्टमा सबै जीवित पारिनेछन्।
यो भनाइ विश्वासयोग्य छ:
यदि हामी उहाँसित मर्यौँ भने,
हामी उहाँसित जिउने पनि छौँ;
पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। तिनीहरूमाथि दोस्रो मृत्युको शक्तिले केही अधिकार गर्न सक्दैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पुजारीहरू हुनेछन्, र उहाँसित एक हजार वर्षसम्म राज्य गर्नेछन्।
A esperança da vida eterna
Jesus disse: 'Eu sou a ressurreição e a vida.' Quem crê nele não está morto, mas apenas adormecido — e um dia despertará para a glória.
येशूले तिनलाई भन्नुभयो, "पुनरुत्थान र जीवन म नै हुँ। ममाथि विश्वास गर्ने मर्यो भने पनि ऊ जीवित हुनेछ। जो ममाथि विश्वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन। मार्था के तिमी यो विश्वास गर्छ्यौ?"
येशूले तिनलाई भन्नुभयो, "पुनरुत्थान र जीवन म नै हुँ। ममाथि विश्वास गर्ने मर्यो भने पनि ऊ जीवित हुनेछ। जो ममाथि विश्वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन। मार्था के तिमी यो विश्वास गर्छ्यौ?"
मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु; र तिनीहरूले मलाई पछ्याउँछन्। म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नाश हुनेछैनन्।
किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
पुनरुत्थानको आशा
हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका विश्वासीहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर। किनकि हामी विश्वास गर्दछौँ, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ।
किनकि प्रभु स्वयम् आज्ञारूपी आवाज, प्रधान स्वर्गदूत र परमेश्वरको तुरहीको सोरसँगै स्वर्गबाट ओर्लिआउनुहुनेछ, र ख्रीष्टमा मरेकाहरू पहिले जीवित हुनेछन्। त्यसपछि हामी जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौँ। यसरी हामी प्रभुसँग सदासर्वदा रहनेछौँ।
Não temas a morte
Não temas os que matam o corpo. Para o cristão, viver é Cristo e morrer é lucro. O vale da sombra da morte não assusta quem caminha com o Pastor.
शरीरलाई मार्ने तर प्राणलाई नष्ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुने परमेश्वरसित डराओ।
किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो पाउनेछ।
किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो र मर्नुचाहिँ लाभ हो।
म दुवैबाट दबाबमा परेको छु: बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा गर्दछु; किनकि यो धेरै नै असल छ। तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ।
तर हाम्रो नागरिकता स्वर्गमा छ, र हामीले स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौँ। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि ती उहाँको महिमित शरीरजस्तै हुनेछन्।
मृत्युको अन्धकारमय
घाटीबाट भएर जानुपरे तापनि
म कुनै खतरादेखि डराउनेछैनँ;
किनकि तपाईं मेरो साथमा हुनुहुन्छ;
तपाईंको लहुरो र तपाईंको छडीले
मलाई सान्त्वना दिन्छन्।
मृत्युको अन्धकारमय
घाटीबाट भएर जानुपरे तापनि
म कुनै खतरादेखि डराउनेछैनँ;
किनकि तपाईं मेरो साथमा हुनुहुन्छ;
तपाईंको लहुरो र तपाईंको छडीले
मलाई सान्त्वना दिन्छन्।
यदि हामी जिउँछौँ त प्रभुको निम्ति जिउँछौँ; यदि मर्छौँ त प्रभुको निम्ति मर्छौँ। यसकारण हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ।
A eternidade nos aguarda
Deus enxugará toda lágrima. A morte será o último inimigo destruído. Para os salvos, a morte é a porta de entrada na presença eterna de Deus.
तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, "हेर! अब परमेश्वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्नुहुनेछ। तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।"
उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।"
जसरी मानिसले एकपल्ट मर्नु निश्चित छ, र त्यसपछि न्यायको सामना गर्नुपर्छ;
किनकि म निश्चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले, न कुनै उचाइले, न गहिराइले, न त सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
धर्मी मानिसका निम्ति मर्न तयार हुने कोही पाइएला, असल मानिसका निम्ति सायद कसैले मर्ने आँट पनि गर्ला, तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्यो भने एउटै मानिस येशू ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ!
किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
A morte na perspectiva bíblica
Há tempo de nascer e tempo de morrer. A morte é realidade humana, mas Deus é Senhor tanto dos vivos quanto dos mortos.
बुद्धि
असल नाम सुगन्धित अत्तरभन्दा उत्तम हो,
अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो।
धर्मको मार्गमा हिँड्नेहरू
शान्तिमा प्रवेश गर्छन्;
तिनीहरू मृत्युमा सुत्दा विश्राम पाउनेछन्।
अन्धकारमा जिउनेहरूले
एउटा ठूलो ज्योति देखेका छन्;
घोर अन्धकारमा बस्नेहरूमाथि
ज्योति उदाएको छ।
तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ तैँले खाँदै नखानू! किनकि जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्चय नै मर्नेछस्।"
यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ र मृत्यु देख्दैन,
अथवा चिहानको शक्तिबाट को उम्कन सक्छ र? सेला
तपाईंको आत्माबाट म कहाँ जान सक्छु?
तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु?
यदि म स्वर्गमा गएँ भने तापनि त्यहाँ तपाईं हुनुहुन्छ;
यदि पातालमा मैले आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ।
मलाई तपाईंका हृदयमा छापझैँ राख्नुहोस्,
तपाईंका पाखुरामा छापझैँ लगाउनुहोस्;
किनकि प्रेम मृत्युसमान प्रबल हुँदछ;
यसको तिर्सना चिहानझैँ कठोर हुन्छ।
यो दन्कने आगोसमान दन्कन्छ,
यो शक्तिशाली ज्वाला जस्तै हुन्छ।
"अब म सारा पृथ्वीको नियमअनुसार जान लागेको छु। याहवेह, तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको उत्तम प्रतिज्ञाहरूमध्ये एउटै पनि अपूरो रहेको छैन भनी आफ्ना सारा हृदय र प्राणले जान्दछौ। हरेक प्रतिज्ञा पूरा भएका छन्। एउटै पनि असफल भएको छैन।
किनकि कसैको पनि मृत्युमा म प्रसन्न हुँदिनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। यसकारण पश्चात्ताप गर, र जीवित रहो!
येशूले चर्को सोरमा कराएर भन्नुभयो, "हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।" यसो भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो।
नरकमा ऊ कठोर यातनामा थियो र उसले त्यहाँबाट नजर उठाएर हेर्यो, र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो। तब उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्, र लाजरसलाई त्यसको औँलामा पानी चोपेर मेरो जिब्रोलाई शीतल पारिदिन यहाँ पठाइदिनुहोस्; किनकि म यस आगोको कठोर वेदनामा छु।’
त्यसपछि त्यो खराब इच्छाले गर्भधारण गरेर पापलाई जन्माउँछ; अनि पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ।