Nascimento
O nascimento é obra das mãos de Deus. Cada criança é formada por Ele no ventre materno com propósito e amor. A Bíblia celebra a vida desde a concepção até a eternidade.
O nascimento de Jesus
O maior nascimento da história mudou o curso da humanidade. Jesus nasceu de uma virgem pelo poder do Espírito Santo, conforme as profecias.
येशू ख्रीष्टको जन्म यसरी भयो: उहाँकी आमा मरियमको मगनी योसेफसित भएको थियो। तर तिनीहरूको विवाह हुनुभन्दा अगि नै यो थाहा भयो, कि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्। तिनका पति योसेफ एक धर्मी मानिस भएका हुनाले र आफू समाजमा अपमान हुन नचाहेकाले, तिनलाई सुटुक्क त्यागिदिने विचार गरे।
तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर यसो भने, "दावीदको पुत्र योसेफ, मरियमलाई तिम्री पत्नीको रूपमा घर लैजान नडराऊ। किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।"
यी कुराहरू त्यसरी नै पूरा भए, जसरी प्रभुले आफ्ना अगमवक्ताद्वारा भन्नुभएको थियो: "कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँलाई इम्मानुएल भन्नेछन्," जसको अर्थ हो, "परमेश्वर हामीसित।"
योसेफ बिउँझेपछि प्रभुका दूतले तिनलाई आज्ञा दिएझैँ गरे। अनि मरियमलाई पत्नीको रूपमा घरमा लगे। तर तिनले पुत्र नजन्माउन्जेल तिनीसित सहवास गरेनन्। अनि तिनले उहाँको नाम येशू राखे।
यसकारण प्रभु आफूले तँलाई एउटा चिन्ह दिनुहुनेछ: कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्; अनि उनलाई इम्मानुएल भन्नेछिन्।
एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो। तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो।
तर स्वर्गदूतले तिनलाई भने, "नडराऊ मरियम, तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू। उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दावीदको सिंहासन दिनुहुनेछ। अनि उहाँले याकोबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।"
मरियमले स्वर्गदूतलाई प्रश्न गरिन्, "यो कसरी हुन सक्ला? किनकि म त एक कन्या हुँ।"
स्वर्गदूतले जवाफ दिए, "पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
Formados desde o ventre
Deus nos teceu no ventre de nossa mãe. Antes de nascermos, Ele já nos conhecia e nos separou para um propósito sagrado.
किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो;
तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्नुभयो।
म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्भुत तरिकाले बनिएको छु;
तपाईंका कार्यहरू अद्भुत छन्,
म त्यो राम्ररी जान्दछु।
मेरो आकार तपाईंबाट लुकेको थिएन,
जब म पृथ्वीको गहिराइमा रचिँदै थिएँ;
जब म अदृष्यमा बनिँदैथिएँ;
तब तपाईंका आँखाले मेरो नबनिएको त्यो शरीरलाई देखे;
मेरा निम्ति तोकिएका दिनहरू तपाईंको पुस्तकमा लेखिएका थिए;
तीमध्ये एउटै कुरा पनि अस्तित्वमा आउनअगि सबै लेखिएका थिए।
"मैले तँलाई गर्भमा सृष्टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको थिएँ;
तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ;
अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।"
तपाईंले नै मलाई आमाको गर्भबाट निकाल्नुभयो;
म मेरी आमाको कोखमा बालक हुँदा नै
तपाईंले मलाई तपाईंमा भरोसा गर्ने तुल्याउनुभयो।
मेरो जन्मदेखि नै म तपाईंमा सुम्पिएको हुँ;
आमाको गर्भदेखि नै तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
मैले जन्मदेखि नै तपाईंमाथि भरोसा गरेको छु;
मलाई तपाईंले मेरी आमाको गर्भबाट निकाल्नुभएको हो।
म तपाईंको निरन्तर प्रशंसा गरिरहनेछु।
"के कुनै आमाले आफ्नो दुधे-बालकलाई बिर्सन सक्छे,
र आफूले जन्माएको बालकमाथि दया नदेखाउली र?
त्यसले भुल्न पनि सक्छे,
तर म तँलाई कहिल्यै पनि भुल्नेछैनँ!
के मैले प्रसव वेदनासम्म ल्याएर
पनि जन्मन दिन्नँ र?"
याहवेह भन्नुहुन्छ।
"के म जन्माउन लाउनेले,
गर्भलाई थुन्छु र?"
तिमीहरूका परमेश्वर भन्नुहुन्छ।
Crianças — bênção e promessa
Jesus acolheu as crianças e disse: delas é o Reino dos céus. Os filhos são herança do Senhor e motivo de alegria para os pais.
येशूले भन्नुभयो, "साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि स्वर्गको राज्य यस्तैहरूका लागि हो।"
यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ; अनि जसले यसरी एउटा बालकलाई मेरो नाममा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ।
अनि उहाँले बालबालिकाहरूलाई काखमा लिएर आफ्ना हात तिनीहरूमाथि राखेर तिनीहरूलाई आशिष् दिनुभयो।
छोराछोरीहरू याहवेहले दिनुभएका उत्तराधिकार हुन्;
गर्भका फलहरू उहाँले दिनुभएका उपहार हुन्।
मैले यही बालकका निम्ति प्रार्थना गरेकी थिएँ। अनि याहवेहले मैले उहाँसित मागेको कुरा मलाई दिनुभयो।
किनकि हे याहवेह, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित पार्नुभएको छ;
तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।
Nascer de novo
Jesus ensinou que é preciso nascer de novo para ver o Reino de Deus. O novo nascimento é espiritual — pelo Espírito e pela Palavra.
येशूले जवाफ दिनुभयो, "म तिमीलाई साँच्चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन।"
बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ; किनकि तिनको समय आएको हुन्छ, तर बालक जन्मिएपछि संसारमा एउटा बालकको जन्म भएको छ भन्ने कुराको हर्षको कारण तिनले त्यस वेदनालाई बिर्सन्छिन्।
परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन; किनकि परमेश्वरको बिउ त्यसमा रहन्छ, त्यसले पाप गरिरहन सक्दैन; किनकि ऊ परमेश्वरबाट जन्मिएको हो।
उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ!
उहाँका सबै अद्भुत कार्यहरूको वर्णन गर!