Obediência aos pais
A obediência aos pais é mandamento divino com promessa de vida longa. A Bíblia valoriza a honra filial e ensina os filhos a respeitar e obedecer aos pais com amor.
Honrar pai e mãe
O quinto mandamento ordena honrar pai e mãe. É o primeiro mandamento com promessa: para que vá bem e vivas muito na terra.
तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, ताकि याहवेह तेरा परमेश्वरले तँलाई दिनुहुने देशमा तेरो आयु लामो होस्।
तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, जसरी याहवेह तेरा परमेश्वरले तँलाई आज्ञा दिनुभएको छ, ताकि याहवेह तेरा परमेश्वरले दिनुहुने देशमा तेरो आयु लामो होस् र तेरो भलो होस्।
किनकि परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबाआमालाई आदर गर’, अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’
हे छोराछोरीहरू हो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञापालन गर; किनकि यो उचित छ। "आफ्ना बुबा र आमाको आदर गर।" यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो, "ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।"
हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, बरु तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
Obedecer e respeitar
Filhos, obedecei a vossos pais no Senhor. A obediência filial é expressão de amor e temor a Deus.
हे छोराछोरीहरू हो, हरेक कुरामा आफ्ना आमाबुबाहरूका आज्ञाहरू पालन गर; किनकि यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
पापी मानिसका निमन्त्रणा विरुद्ध चेतावनी
हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन
र आफ्नी आमाको शिक्षालाई नत्याग।
ती तिम्रा शिरका निम्ति शोभायमान मुकुट
र तिम्रा गलामा सम्मानको हार हुन्।
व्यभिचारको विरुद्धमा चेतावनी
हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर;
र आफ्नी आमाको शिक्षालाई नत्याग।
त्यसलाई तिम्रो हृदयमा सधैँको लागि टाँसी राख,
त्यसलाई तिम्रो गलामा बाँधिराख।
जब तिमी हिँड्छौ, त्यसले तिमीलाई अगुवाइ गर्नेछ;
जब तिमी निदाउँछौ, त्यसले तिम्रो सुरक्षा गर्नेछ;
जब तिमी जाग्नेछौ, त्यसले तिमीलाई सल्लाह दिनेछ।
किनकि यो आज्ञा एउटा बत्ती हो,
र शिक्षाचाहिँ ज्योति हो;
अनि अनुशासनको सुधार
जीवनका मार्ग हुन्,
कुनै पनि मूल्यमा बुद्धि प्राप्त गर्नु
हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन,
यसमा ध्यान दिएर समझशक्ति प्राप्त गर।
म तिमीहरूलाई उचित कुरा सिकाउँछु,
यसकारण मेरो शिक्षालाई नत्याग!
किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ,
मेरी आमाको कोमल र प्यारो छोरो थिएँ।
मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो,
"तिम्रो पूरा हृदयले मेरो वचनहरू पक्रिराख,
मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ।
बुद्धि प्राप्त गर, समझशक्ति प्राप्त गर;
मेरा वचनहरू नबिर्स, र तिनीहरूदेखि तर्किएर नजाऊ।
बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ;
यसलाई प्रेम गर, र यसले तिमीलाई पहरा दिनेछ।
बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ;
तर गिल्ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ।
बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ;
र त्यो वृद्ध भएपछि पनि त्यसबाट तर्केर जानेछैन।
Disciplina e consequências
A vara e a repreensão dão sabedoria. A Bíblia adverte sobre as consequências sérias da rebeldia e desonra aos pais.
सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ,
तर अनुशासनहीन छोराछोरीले आफ्नी आमाको बेइज्जत गर्छन्।
आफ्ना बुबालाई लुट्ने र आफ्नी आमालाई
बाहिर निकाल्ने छोराछोरीले शर्म र कलङ्क ल्याउँदछन्।
"त्यो आँखा, जसले बुबालाई खिसी गर्छ,
र आमाको आज्ञालाई तुच्छ ठान्छ,
त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्,
र गिद्धहरूले खानेछन्।
"जसले आफ्ना बुबा वा आमामाथि आक्रमण गर्छ, त्यो मारिनैपर्छ।
विद्रोही छोरा
यदि कुनै मानिसको हठी र विद्रोही छोरा छ; जसले आफ्ना आमा वा बुबाको आज्ञापालन गर्दैन; र त्यसलाई अनुशासन गर्दा मान्दैन भने, त्यसका आमाबुबाले त्यसलाई समातेर त्यस सहरका प्रधानहरूकहाँ मूलढोकामा ल्याऊन्। तिनीहरूले प्रधानहरूलाई भनून्, "हाम्रो यो छोरा हठी र विद्रोही छ। यसले हाम्रो आज्ञापालन गर्दैन। यो घिचुवा र मताहा छ।" तब सहरका सबै मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून्। तिमीहरूले आफ्नो बीचबाट दुष्टता हटाउनुपर्छ। यस कुरालाई सारा इस्राएलीहरूले सुन्नेछन् र डर मान्नेछन्।
यदि कसैले आफ्ना बुबा वा आमालाई सराप्छ भने,
त्यसको बत्ती घोर अन्धकारमा निभाइनेछ।
कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्वरले तिमीहरूलाई सन्तानहरूझैँ व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासनमा नराखेको कुनचाहिँ छोरा होला र?
तर यदि कुनै विधवाका छोराछोरी वा नातिनातिनाहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्ना परिवारप्रति धार्मिक कर्तव्य पालन गर्न सिकून्; अनि आफ्ना आमाबुबा र बाजे-बज्यैप्रति उपकारको ऋण चुकाऊन्। किनकि यो परमेश्वरको दृष्टिमा मनपर्दो छ।