Pais e filhos
A relação entre pais e filhos é uma das mais preciosas na Bíblia. Deus estabeleceu a família como escola de fé, amor e formação de caráter.
Honrar pai e mãe
Honrar os pais é o primeiro mandamento com promessa. Os filhos são chamados a obedecer, respeitar e cuidar de seus pais.
तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, ताकि याहवेह तेरा परमेश्वरले तँलाई दिनुहुने देशमा तेरो आयु लामो होस्।
हे छोराछोरीहरू हो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञापालन गर; किनकि यो उचित छ। "आफ्ना बुबा र आमाको आदर गर।" यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो, "ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।"
हे छोराछोरीहरू हो, हरेक कुरामा आफ्ना आमाबुबाहरूका आज्ञाहरू पालन गर; किनकि यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
भनाइ 17
तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन,
र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर।
आफ्ना बुबालाई लुट्ने र आफ्नी आमालाई
बाहिर निकाल्ने छोराछोरीले शर्म र कलङ्क ल्याउँदछन्।
यदि कसैले आफ्ना बुबा वा आमालाई सराप्छ भने,
त्यसको बत्ती घोर अन्धकारमा निभाइनेछ।
तर यदि कुनै विधवाका छोराछोरी वा नातिनातिनाहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्ना परिवारप्रति धार्मिक कर्तव्य पालन गर्न सिकून्; अनि आफ्ना आमाबुबा र बाजे-बज्यैप्रति उपकारको ऋण चुकाऊन्। किनकि यो परमेश्वरको दृष्टिमा मनपर्दो छ।
Instruir os filhos
Os pais devem instruir os filhos no caminho certo. A educação começa cedo, com disciplina amorosa e ensino constante da Palavra.
बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ;
र त्यो वृद्ध भएपछि पनि त्यसबाट तर्केर जानेछैन।
आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख। यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर।
पापी मानिसका निमन्त्रणा विरुद्ध चेतावनी
हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन
र आफ्नी आमाको शिक्षालाई नत्याग।
ती तिम्रा शिरका निम्ति शोभायमान मुकुट
र तिम्रा गलामा सम्मानको हार हुन्।
हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, बरु तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्रता तिनीहरू निरुत्साहित होलान्।
सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ,
तर अनुशासनहीन छोराछोरीले आफ्नी आमाको बेइज्जत गर्छन्।
आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ,
तर तिनीहरूलाई प्रेम गर्नेले त तिनीहरूलाई अनुशासनमा राख्दछ।
कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्वरले तिमीहरूलाई सन्तानहरूझैँ व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासनमा नराखेको कुनचाहिँ छोरा होला र?
Filhos como bênção
Os filhos são herança do Senhor. A coroa dos velhos são os filhos dos filhos, e a glória dos filhos são seus pais.
छोराछोरीहरू याहवेहले दिनुभएका उत्तराधिकार हुन्;
गर्भका फलहरू उहाँले दिनुभएका उपहार हुन्।
युवावस्थामा जन्मेका छोराछोरीहरू,
वीर योद्धाका हातमा भएका काँडहरूझैँ हुन्छन्।
त्यो मानिस धन्यको हो,
जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ।
मूलढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा
तिनीहरू लाजमा पर्नेछैनन्।
नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्,
र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्।
धर्मी मानिसको बुबासित आनन्दित हुने कारण हुन्छ;
बुद्धिमान् सन्तान जन्माउनु आनन्दको कुरा हो!
सोलोमनका हितोपदेश:
बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्,
तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्।
"तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला? अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला? यसरी तिमीहरू यति दुष्ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ!"
यदि कसैले आफन्तहरूको, खासगरी आफ्नै परिवारको खाँचो पूरा गर्दैन भने त्यसले विश्वासलाई इन्कार गरेको छ, र त्यो विश्वास नगर्नेभन्दा पनि खराब हुन्छ।
तर यदि याहवेहको सेवा गर्न तिमीहरूलाई इच्छा लाग्दैन भने तिमीहरूले कसको सेवा गर्ने हो, नदीपारि तिमीहरूका पितापुर्खाहरूले पुजेका देवी-देवताहरू या तिमीहरू अहिले बसिरहेका एमोरीहरूका ठाउँका देवी-देवताहरू, सो रोज। तर म र मेरो घरानाले चाहिँ याहवेहकै सेवा गर्नेछौँ।"
यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्।
छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू। हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ।