A paixão de Cristo
A paixão de Cristo é o ato de amor supremo da história. Jesus sofreu voluntariamente a cruz, carregando os pecados da humanidade para nos dar vida eterna.
O caminho da cruz
Jesus sabia o que o aguardava. Mesmo em agonia, submeteu-se à vontade do Pai e caminhou resolutamente para o Calvário.
आफ्नो मृत्युबारे येशूको पहिलो भविष्यवाणी
त्यस समयदेखि उसो येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेममा जानुपर्छ, र प्रधानहरू, मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरूका हातबाट धेरै कष्टहरू सहनुपर्छ, मारिनुपर्छ, र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी भन्न थाल्नुभयो।
तब उहाँले तिनीहरूलाई भन्नुभयो, "मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!"
अनि स्वरूपमा मानिसजस्तै भएर,
उहाँले आफैँलाई नम्र तुल्याउनुभयो,
र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै
आज्ञाकारी हुनुभयो।
छोराछोरीहरूका मासु र रगत भएको हुनाले उहाँले पनि तिनीहरूको जस्तै मानव रूप लिनुभयो, ताकि आफ्नो मृत्युद्वारा त्यो शैतानलाई, जससँग मृत्युको अधिकार छ, नष्ट पार्न सक्नुभएको होस्; अनि जीवनभरि मृत्युको डर बोकेर दासत्वको बन्धनमा रहनेहरूलाई मुक्त गरियोस्।
O sacrifício voluntário
Ninguém tirou a vida de Jesus — Ele a deu voluntariamente. Ele veio para servir e dar a sua vida em resgate por muitos.
मेरा पिताले मलाई प्रेम गर्नुहुने कारण यही हो, म आफ्नो प्राण, यसलाई फेरि फिर्ता लिनका लागि अर्पण गर्दछु। मेरो प्राण मबाट कसैले लिन सक्दैन, तर म स्वेच्छाले यो अर्पण गर्दछु। मसँग अर्पण गर्ने यो अधिकार पनि छ; यसलाई फेरि लिने अधिकार पनि छ। किनकि यो आज्ञा मैले मेरा पिताबाट प्राप्त गरेको हुँ।"
किनकि मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।"
मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा प्रमाणहरू खोजिरहेका थिए; तर तिनीहरूले एउटै पनि पाएनन्।
तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
यसैको निम्ति तिमीहरू बोलाइएका छौ; किनकि ख्रीष्टले तिमीहरूको निम्ति कष्ट सहनुभयो, र तिमीहरूको निम्ति एउटा नमुना छोड्नुभयो, र तिमीहरूले उहाँको पाइला पछ्याउनुपर्छ।
"उहाँले कुनै पाप गर्नुभएन,
र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।"
तिनीहरूले उहाँमाथि अपमान गर्दा, उहाँले बदला लिनुभएन। उहाँले दुःख भोग्नुहुँदा, धम्काउनुभएन। यसको सट्टामा उचित न्याय गर्नुहुने परमेश्वरकहाँ आफूलाई सुम्पनुभयो। यसरी हामी पापको निम्ति मरौँ र धार्मिकताको निम्ति जिऔँ भनेर "उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो;" अनि "उहाँको चोटद्वारा तिमीहरू निको भयौ।"
मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो,
दुःखित मानिस, जो कष्टसित परिचित थियो।
ऊ त्योजस्तो थियो, जसलाई देखेर
मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्;
ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ।
निश्चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो;
अनि हाम्रा कष्टहरूलाई बोक्यो,
तर हामीले उसलाई परमेश्वरबाट हिर्काइएको,
उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ।
तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो।
ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो;
हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्यो;
अनि उसका चोटहरूले हामी निको भयौँ।