Palavras de consolo
A Bíblia é repleta de palavras de consolo para os aflitos. Deus está perto dos que sofrem e promete enxugar toda lágrima, renovar a esperança e restaurar o coração partido.
Deus está conosco
O Senhor é refúgio e fortaleza. Mesmo no vale da sombra da morte, não precisamos temer — Ele está ao nosso lado para nos consolar.
मृत्युको अन्धकारमय
घाटीबाट भएर जानुपरे तापनि
म कुनै खतरादेखि डराउनेछैनँ;
किनकि तपाईं मेरो साथमा हुनुहुन्छ;
तपाईंको लहुरो र तपाईंको छडीले
मलाई सान्त्वना दिन्छन्।
याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;
मैले कसको भय मान्नु?
याहवेह नै मेरो जीवनको किल्ला हुनुहुन्छ;
म कोसँग भयभीत हुनु?
याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ,
सङ्कष्टको समयमा उहाँ किल्ला हुनुहुन्छ।
याहवेहसँग म एउटै कुरा माग्दछु,
म त्यसैको मात्र खोजी गर्दछु:
कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ,
उहाँको सुन्दरता हेर्न पाऊँ,
र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।
किनकि सङ्कष्टका दिनमा
उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ;
उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ;
र एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ।
किनकि हे सार्वभौम याहवेह, तपाईं मेरो आशा हुनुहन्छ;
युवाअवस्थादेखि नै तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
Consolação e esperança
Deus consola os humildes e exalta os abatidos. Ele nunca nos desamparará.
याहवेह आफैँ तिम्रो अगि जानुहुनेछ र तिमीसँग हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ। यसकारण तिमी नडराऊ; हतोत्साहित नहोऊ।"
तिनीहरूसँग नडराओ; याहवेह तिमीहरूका परमेश्वर आफैँ तिमीहरूका निम्ति लड्नुहुनेछ।"
के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्वर तँसित हुनुहुनेछ।"
उहाँले नम्रहरूलाई उच्च पार्नुहुन्छ,
र विलाप गर्नेहरूलाई सुरक्षामा उठाउनुहुन्छ।
हाम्रा प्रभु येशू ख्रीष्ट आफैँले, र हाम्रा परमेश्वर पिता, जसले हामीलाई प्रेम गर्नुभयो; अनि हामीलाई अनन्तको उत्साह र असल आशा उहाँको अनुग्रहद्वारा दिनुभयो;
Descanso e renovação
Bem-aventurados os que choram, pois serão consolados. A Bíblia nos convida a descansar nos braços do Pai e encontrar paz para a alma.
शोक गर्नेहरू धन्य हुन्,
किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।
यसकारण परमेश्वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।
तपाईंका भलाइको चिन्ह मलाई दिनुहोस्;
र मलाई घृणा गर्नेहरू, त्यो देखेर शर्ममा परून्;
किनकि हे याहवेह, तपाईंले मलाई सहायता गर्नुभएको छ र सान्त्वना दिनुभएको छ।
आफ्नो सेवकलाई गर्नुभएको प्रतिज्ञाअनुसार
तपाईंको अचुक प्रेम मेरो सान्त्वना बनोस्!
जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन,
जब तिमी ढल्किनेछौ, तिमीलाई मिठो निद्रा लाग्नेछ।
प्रत्येक कुराका निम्ति एउटा निर्धारित समय हुन्छ
हरेक कुराका लागि समय छ;
र आकाशमुनि प्रत्येक गतिविधिको निम्ति एउटा समय छ:
जन्मने एउटा समय र मर्ने एउटा समय;
रोप्ने एउटा समय र उखेल्ने एउटा समय।
मार्ने एउटा समय र निको पार्ने एउटा समय;
भत्काउने एउटा समय र निर्माण गर्ने एउटा समय।
रुने एउटा समय र हाँस्ने एउटा समय;
शोक गर्ने एउटा समय र नाच्ने एउटा समय।
ढुङ्गाहरू छरपस्ट पार्ने एउटा समय र ती बटुल्ने एउटा समय;
अँगालो हाल्ने एउटा समय र अलग रहने एउटा समय।
खोज्ने एउटा समय र छोडिदिने एउटा समय;
राख्ने एउटा समय र फाल्ने एउटा समय।
च्यात्ने एउटा समय र टाल्ने एउटा समय;
चुप बस्ने एउटा समय र बोल्ने एउटा समय।
प्रेम गर्ने एउटा समय र घृणा गर्ने एउटा समय;
युद्ध गर्ने एउटा समय र मिलाप गर्ने एउटा समय।