Páscoa
A Páscoa é a celebração suprema da redenção. Do cordeiro pascal no Egito ao Cordeiro de Deus que tira o pecado do mundo, ela aponta para o sacrifício e a vitória de Cristo.
A caminhada para a cruz
Jesus entrou em Jerusalém como Rei humilde, e a multidão o aclamou. Ele sabia do sofrimento que viria, mas caminhou em obediência até o fim.
उहाँको अगि र पछि लागेका भीडहरू, र ती पछ्याउनेहरूले यसो भन्दै कराए,
"दावीदका पुत्रलाई होसन्ना!"
"धन्य उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ!"
"परमधाममा होसन्ना।"
हे याहवेह, हामीलाई बचाउनुहोस्;
हे याहवेह, हामीलाई सफलता दिनुहोस्!
याहवेहको नाममा आउने धन्यको हो,
हामी याहवेहको भवनबाट तिमीहरूलाई आशीर्वाद दिन्छौँ।
हे सियोनकी छोरी, खूब आनन्द गर्!
यरूशलेमकी छोरी, चर्को सोरमा करा!
हेर्, तेरो राजा तँकहाँ आउँदैहुनुहुन्छ;
उहाँ धार्मिक र विजयी हुनुहुन्छ;
नम्र र गधामाथि सवार हुनुभएर आउनुहुन्छ;
गधाको एउटा बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ।
"हामी यरूशलेमतर्फ जाँदैछौँ; अनि मानिसको पुत्रलाई मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्; अनि उसलाई गैरयहूदीहरूका हातमा गिल्ला गर्न, कोर्रा लगाउन र क्रूसमा चढाउनको लागि दिनेछन्; अनि ऊ तेस्रो दिनमा फेरि जीवित भई उठ्नेछ!"
A paixão de Cristo
Jesus foi zombado, açoitado e crucificado. Ele orou no Getsêmani e entregou sua vida voluntariamente, dizendo: 'Está consumado!'
तिनीहरूले उहाँको वस्त्र फुकालेर सिन्दूरे रङ्गका वस्त्रहरू लगाइदिए। अनि तिनीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाए, र उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अगि घुँडा टेकेर उहाँलाई अपमान गर्दै भने, "यहूदीहरूका राजाको जय!"
उहाँको शिरको मास्तिर तिनीहरूले उहाँको विरुद्धमा लेखिएको यो दोषपत्र टाँगे:
यो यहूदीहरूको राजा येशू हो।
उहाँले भन्नुभयो, "हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।"
येशूले चर्को सोरमा कराएर भन्नुभयो, "हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।" यसो भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो।
सिर्का लिनुभएपछि येशूले यसो भन्नुभयो, "अब पूरा भयो।" त्यसपछि उहाँले शिर निहुराएर आफ्नो प्राण त्याग्नुभयो।
A ressurreição gloriosa
Ele não está aqui — ressuscitou! O túmulo vazio é a prova de que a morte foi derrotada e Cristo vive para sempre.
ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, "नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु। उहाँ यहाँ हुनुहुन्न: उहाँले भन्नुभएझैँ उहाँ जीवित हुनुभएको छ। आओ, र उहाँलाई राखिएको ठाउँ हेर।
तिनले भने, "छक्क नपर। तिमीहरू क्रूसमा टाँगिएका येशू नासरीलाई खोज्दैछौ। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्न। उहाँलाई राखेको ठाउँ हेर।
उहाँ यहाँ हुनुहुन्न। उहाँ जीवित हुनुभएको छ! उहाँ तिमीहरूसँग गालील प्रदेशमा हुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ: ‘मानिसको पुत्र पापीहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा फेरि जीवित भई उठ्नु आवश्यक छ।’ "
आखिरमा चिहानमा पहिले आइपुग्ने अर्का ती चेला पनि भित्र पसे, र त्यो देखेर तिनले विश्वास गरे। (तिनीहरूले उहाँ मृतकहरूबाट जीवित भएर उठ्नुपर्छ भन्ने धर्मशास्त्रको वचन अहिलेसम्म पनि बुझेकै थिएनन्।)