Perdão e misericórdia
O perdão é o coração do evangelho. Deus nos perdoou em Cristo e nos chama a perdoar uns aos outros, assim como fomos perdoados — sem limites e sem condições.
O perdão de Deus
Deus é rico em misericórdia. Ele apaga nossas transgressões e não se lembra mais dos nossos pecados. Quem confessa, alcança perdão.
यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।
यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।
"म उही हुँ,
जसले आफ्नै खातिर तेरा अधर्महरू मेटिदिन्छु,
र तेरा पापहरू कहिल्यै स्मरण गर्नेछैनँ।
"म उही हुँ,
जसले आफ्नै खातिर तेरा अधर्महरू मेटिदिन्छु,
र तेरा पापहरू कहिल्यै स्मरण गर्नेछैनँ।
पश्चिमबाट पूर्व जति टाढा छ,
उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा हटाइदिनुभएको छ।
हे प्रभु, तपाईं भलो र क्षमाशील हुनुहुन्छ;
तपाईंलाई पुकार्ने सबैलाई तपाईंको अचुक प्रेम प्रशस्त रहन्छ।
हे प्रभु, तपाईं भलो र क्षमाशील हुनुहुन्छ;
तपाईंलाई पुकार्ने सबैलाई तपाईंको अचुक प्रेम प्रशस्त रहन्छ।
हे प्रभु, तपाईं भलो र क्षमाशील हुनुहुन्छ;
तपाईंलाई पुकार्ने सबैलाई तपाईंको अचुक प्रेम प्रशस्त रहन्छ।
किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु,
र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।"
Perdoar como fomos perdoados
Jesus ensinou que devemos perdoar setenta vezes sete. Se não perdoarmos aos outros, o Pai celestial também não nos perdoará.
निर्दयी सेवकको दृष्टान्त
तब पत्रुसले येशूकहाँ आएर सोधे, "प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गर्दा मैले उसलाई कति पटक क्षमा गरूँ? के सातपल्ट?"
येशूले जवाफ दिनुभयो, "म तिमीलाई भन्दछु, सातपल्ट होइन, तर सात गुणा सत्तरी पल्ट।
निर्दयी सेवकको दृष्टान्त
तब पत्रुसले येशूकहाँ आएर सोधे, "प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गर्दा मैले उसलाई कति पटक क्षमा गरूँ? के सातपल्ट?"
येशूले जवाफ दिनुभयो, "म तिमीलाई भन्दछु, सातपल्ट होइन, तर सात गुणा सत्तरी पल्ट।
निर्दयी सेवकको दृष्टान्त
तब पत्रुसले येशूकहाँ आएर सोधे, "प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गर्दा मैले उसलाई कति पटक क्षमा गरूँ? के सातपल्ट?"
येशूले जवाफ दिनुभयो, "म तिमीलाई भन्दछु, सातपल्ट होइन, तर सात गुणा सत्तरी पल्ट।
"तिमीहरूले पनि आफ्ना सहविश्वासीलाई हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूप्रति यस्तै व्यवहार गर्नुहुनेछ।"
किनकि तिमीहरूको विरुद्धमा पाप गर्नेहरूलाई तिमीहरूले क्षमा दियौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ। तर तिमीहरूले मानिसहरूका पाप क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन।
किनकि तिमीहरूको विरुद्धमा पाप गर्नेहरूलाई तिमीहरूले क्षमा दियौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ। तर तिमीहरूले मानिसहरूका पाप क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन।
किनकि तिमीहरूको विरुद्धमा पाप गर्नेहरूलाई तिमीहरूले क्षमा दियौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ।
हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्,
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ।
दया गर्नेहरू धन्य हुन्,
किनभने तिनीहरूले दया पाउनेछन्।
A prática do perdão
Perdoar é um ato de obediência e liberdade. A Escritura nos exorta a suportar uns aos outros e perdoar de coração, se alguém tiver algo contra outro.
एक-अर्कालाई सहने गर; यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्वरले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर।
एक-अर्कालाई सहने गर; यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्वरले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर।
एक-अर्कालाई सहने गर; यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्वरले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर।
एक-अर्काप्रति दयालु र कोमल मनका होओ; जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै एक-अर्कालाई क्षमा गर।
एक-अर्काप्रति दयालु र कोमल मनका होओ; जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै एक-अर्कालाई क्षमा गर।
एक-अर्काप्रति दयालु र कोमल मनका होओ; जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै एक-अर्कालाई क्षमा गर।
परमेश्वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौँ।
परमेश्वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौँ।
किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो, जसमा हाम्रो उद्धार छ, पापहरूको क्षमा छ।
Misericórdia e graça
Deus é compassivo e tardio em irar-se. A misericórdia triunfa sobre o juízo, e quem se humilha diante de Deus encontra graça abundante.
तिमीहरूको कपडा होइन,
तर आफ्नो हृदय फटाओ।
अनि याहवेह तिमीहरूका परमेश्वरतिर फर्क;
किनकि उहाँ अनुग्रही र कृपालु हुनुहुन्छ,
रिसाउनमा ढिला र प्रेममा भरिपूर्ण हुनुहुन्छ;
अनि विपत्ति ल्याउने कुरामा पुनर्विचार गर्नुहुन्छ।
तपाईंजस्तो परमेश्वर को छ र?
जसले उहाँका उत्तराधिकारका बाँकी रहेकाहरूको पाप क्षमा गर्नुहुन्छ,
र अपराधहरू बिर्सिदिनुहुन्छ।
तपाईं सधैँभरि रिसाइरहनुहुन्न,
तर अटुट प्रेम देखाउनमा प्रसन्न हुनुहुन्छ।
तर तपाईंको महान् कृपामा तपाईंले तिनीहरूलाई नाश गर्नुभएन, अथवा त्याग्नुभएन; किनकि तपाईं अनुग्रही र कृपालु परमेश्वर हुनुहुन्छ।
विश्वासयोग्यसँग तपाईं आफूलाई विश्वासयोग्य रूपमा देखाउनुहुन्छ,
निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ;
यदि मेरो नामद्वारा बोलाइएका मेरा मानिसहरूले आफूलाई विनम्र तुल्याएर प्रार्थना गर्दै मतिर फर्के भने, र आफ्ना दुष्ट चालहरूबाट फर्के भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु; अनि तिनीहरूका पाप क्षमा गरेर तिनीहरूको देशलाई निको पार्नेछु।
हिजकियाले निस्तार चाड मनाएका
हिजकियाले सारा इस्राएल र यहूदामा खबर पठाए; अनि एफ्राइम र मनश्शेलाई पनि पत्रहरू लेखे। तिनीहरूलाई याहवेह इस्राएलका परमेश्वरका निम्ति यरूशलेममा याहवेहको मन्दिरमा निस्तार चाड मनाउन आऊन् भनी निम्तो पठाए। राजा, तिनका अधिकृतहरू र यरूशलेममा भएका सम्पूर्ण समुदायले दोस्रो महिनामा निस्तार चाड मनाउने निर्णय गरे। पर्याप्त मात्रामा पुजारीहरूले आफूलाई शुद्ध नपारेका र मानिसहरू यरूशलेममा भेला नभएका हुनाले तिनीहरूले त्यस चाडलाई नियमित समयमा मनाउन सकेका थिएनन्। यो योजना राजालाई र सम्पूर्ण समुदायलाई उचित लाग्यो। तिनीहरूले इस्राएलभरि, बेर्शेबादेखि दानसम्मैका मानिसहरूलाई याहवेह, इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउने उर्दी घोषणा गर्न पठाउने निश्चय गरे। लेखिएअनुसार यसलाई ठूलो संख्यामा मनाइएको थिएन।
राजाको हुकुमअनुसार राजा र तिनका अधिकृतहरूबाट पत्रहरू लिएर सन्देश वाहकहरू इस्राएल र यहूदाभरि पठाइए। ती पत्रहरूमा यस्तो लेखिएको थियो:
"इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र याकोबका परमेश्वर याहवेहकहाँ फर्केर आओ। तिमीहरू छोडिएकाहरू र अश्शूरका राजाहरूका हातबाट उम्केकाहरूकहाँ उहाँ पनि फर्किआऊन्। तिमीहरूका पुर्खा र सङ्गी इस्राएलीहरूझैँ नहोओ, जो याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरप्रति विश्वासघाती थिए; तिमीहरूले देखेकै छौ, उहाँले तिनीहरूलाई आतङ्कको पात्र बनाउनुभयो। तिमीहरूका पुर्खाहरूझैँ याहवेहप्रति हठी नभई उहाँमा समर्पित होओ। उहाँले सधैँका लागि पवित्र पार्नुभएको पवित्रस्थानमा आओ। याहवेह, आफ्ना परमेश्वरको सेवा गर; ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्। यदि तिमीहरू याहवेहतिर फर्कियौ भने तिमीहरूका दाजुभाइहरू र तिमीहरूका बालबच्चाहरूले तिनीहरूलाई पक्रनेहरूबाट दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउनेछन्; किनकि याहवेह तिमीहरूका परमेश्वर अनुग्रही र दयालु हुनुहुन्छ। तिमीहरू उहाँकहाँ फर्कियौ भने उहाँले तिमीहरूदेखि आफ्नो अनुहार फर्काउनुहुनेछैन।"
ती सन्देश वाहकहरू एफ्राइम र मनश्शेमा जबूलूनसम्मै एक सहरदेखि अर्को सहरमा गए; तर मानिसहरूले तिनीहरूको अनादर गरे र ठट्टा गरे। तरै पनि आशेर, मनश्शे र जबूलूनका कतिपय मानिसहरूले आफूलाई विनम्र तुल्याए, र यरूशलेममा गए। यहूदामा पनि याहवेहको वचनअनुसार राजा र तिनका अधिकृतहरूले दिएका हुकुम पालन गर्नलाई एकै मनका हुनको निम्ति परमेश्वरका हात मानिसहरूमाथि थियो।
दोस्रो महिनामा अखमिरी रोटीको चाड मनाउनलाई मानिसहरूको एउटा ठूलो भीड यरूशलेममा भेला भयो। तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाइदिए र धूप-वेदीहरू निकालिदिए; र किद्रोनको खोल्सामा फ्याँकिदिए।
तिनीहरूले दोस्रो महिनाको चौथो दिन निस्तारको थुमा मारे। पुजारीहरू र लेवीहरू लज्जित भए; अनि तिनीहरूले आफूलाई पवित्र बनाएर याहवेहको मन्दिरमा होमबलि ल्याए। तब तिनीहरूले परमेश्वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार आफ्ना नियमित स्थान लिए। अनि लेवीहरूले तिनीहरूलाई सुम्पेको रगत पुजारीहरूले वेदीमा छर्के। त्यस भीडमा भएका धेरैले आफूलाई शुद्ध नतुल्याएका कारण, लेवीहरूले विधिअनुसार शुद्ध नभएका र आफ्ना थुमाहरूलाई याहवेहकहाँ अर्पण गर्न नसकेकाहरूका निम्ति निस्तारका थुमाहरू मार्नुपर्यो। एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएका धेरैजसो मानिसहरूले आफूलाई शुद्ध नतुल्याएका भए तापनि तिनीहरूले लेखिएका कुराको विपरीत निस्तारको भोजन खाए। तर हिजकियाले तिनीहरूका निम्ति यसो भनेर प्रार्थना गरे, "असल याहवेहले ती हरेकलाई क्षमा गरून्, जो पवित्रस्थानका नियमहरूअनुसार शुद्ध नभए तापनि तिनीहरूले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोज्नमा आफ्ना हृदय लगाउँछन्।" याहवेहले हिजकियाका कुरा सुनेर मानिसहरूलाई निको पार्नुभयो।
यरूशलेममा उपस्थित रहेका इस्राएलीहरूले ठूलो रमाहटसित सात दिनसम्म अखमिरी रोटीको चाड मनाए। लेवीहरू र पुजारीहरूले प्रत्येक दिन याहवेहको प्रशंसाका बाजाहरूसित याहवेहको निम्ति गाए।
हिजकियाले याहवेहको सेवाको असल समझशक्ति देखाउने लेवीहरूसित उत्साहपूर्वक कुराकानी गरे। सात दिनसम्म तिनीहरूले आफ्ना छुट्याइएका भोज खाइरहे। याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरकहाँ मेलबलि चढाए, र उहाँको प्रशंसा गरे।
त्यसपछि सारा समुदाय अरू सात दिनसम्म चाड मनाउन सहमत भए। यसकारण तिनीहरूले अरू सात दिन आनन्दसाथ उत्सव मनाए। यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार वटा गोरु र सात हजार भेडाबाख्रा दिए। अधिकृतहरूले एक हजार गोरु र दश हजार भेडाबाख्रा बन्दोबस्त गरिदिए। पुजारीहरूको एउटा ठूलो संख्याले आफूलाई पवित्र तुल्याए। पुजारीहरू, लेवीहरू र इस्राएलबाट भेला भएका सबैसित यहूदाको सारा समुदायले आनन्द मनाए। त्यसमा इस्राएलबाट आएका र यहूदामा बस्ने परदेशीहरू पनि सामेल थिए। इस्राएलका राजा दावीदका छोरा सोलोमनको समयपछि यो बेलासम्म यरूशलेममा यस्तो उत्सव नभएको कारण यरूशलेममा ठूलो रमाहट भयो। पुजारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिनलाई खडा भए, र परमेश्वरले तिनीहरूको कुरा सुन्नुभयो; किनकि प्रार्थना उहाँको पवित्र वासस्थान स्वर्गसम्म पुग्यो।
Arrependimento e perdão
O arrependimento genuíno abre as portas do perdão. Deus convida todos ao arrependimento e promete perdoar completamente quem volta a Ele.
पत्रुसले जवाफ दिए, "तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्चात्ताप गर्नुहोस्, र येशू ख्रीष्टको नाममा तपाईंहरू हरेकले बप्तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ।
त्यसैकारण पश्चात्ताप गर्नुहोस् र परमेश्वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्।
"त्यसैकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू, तपाईंहरू यो कुरा बुझ्नुहोस् भन्ने म चाहन्छु, येशूद्वारा पापहरूको क्षमा तपाईंहरूलाई घोषणा गरिएको छ। उहाँमा विश्वास गर्ने हरेक उहाँद्वारा नै सबै कुरामा धर्मी ठहराइएको छ, जुन धार्मिकता मोशाको व्यवस्थाद्वारा सम्भव थिएन।
बितेका समयमा यस्ता अज्ञानतामा परमेश्वरले ध्यान दिनुभएन, तर अब हरेक ठाउँका सबै मानिसहरूलाई उहाँले पश्चात्ताप गर्नू भन्ने आज्ञा दिनुहुन्छ।
तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ,
र मेरो अधर्म लुकाइ राखिनँ।
मैले भनेँ, "म याहवेहको सामु
मेरो अपराधहरू स्वीकार गर्नेछु।"
र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला
आफ्ना पापहरू लुकाउनेले उन्नति गर्दैन;
तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
दुष्टले आफ्नो चाल,
र अधर्मीले आफ्नो विचार त्यागोस्।
तिनीहरू याहवेहतिर फर्कून्,
र उहाँले तिनीहरूमाथि कृपा देखाउनुहुनेछ;
अनि हाम्रा परमेश्वरतर्फ फर्कून्;
किनकि उहाँले सित्तैँमा क्षमा दिनुहुनेछ।
दुष्टले आफ्नो चाल,
र अधर्मीले आफ्नो विचार त्यागोस्।
तिनीहरू याहवेहतिर फर्कून्,
र उहाँले तिनीहरूमाथि कृपा देखाउनुहुनेछ;
अनि हाम्रा परमेश्वरतर्फ फर्कून्;
किनकि उहाँले सित्तैँमा क्षमा दिनुहुनेछ।
Perdão nos relacionamentos
Se teu irmão pecar contra ti, repreende-o; se se arrepender, perdoa-lhe. Não guarde ressentimento — liberte-se pelo perdão.
त्यसकारण आफ्नो विषयमा होसियार बस!
"यदि तिम्रो भाइले पाप गर्यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्चात्ताप गर्यो भने त्यसलाई क्षमा गर। त्यसले तिम्रो विरुद्धमा दिनमा सातपल्ट पाप गर्यो र सातैपल्ट फर्केर आएर तिमीलाई ‘म पश्चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।"
अरूलाई दोष नलगाउने शिक्षा
"न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीहरूलाई पनि क्षमा गरिनेछ।
अरूलाई दोष नलगाउने शिक्षा
"न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीहरूलाई पनि क्षमा गरिनेछ।
अरूलाई दोष नलगाउने शिक्षा
"न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीहरूलाई पनि क्षमा गरिनेछ।
येशूले भन्नुभयो, "हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्; किनकि यिनीहरूले के गर्दैछन्, सो जान्दैनन्।" अनि तिनीहरूले उहाँको वस्त्र चिट्ठा हालेर आपसमा बाँडे।
अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदेऊन्।
अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदेऊन्।
अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदेऊन्। तर तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन।"
" ‘आफ्ना मानिसहरूका विरुद्धमा बदला नलिनू, अथवा डाह नगर्नू; तर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू; म नै याहवेह हुँ।
प्रेम र विश्वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्,
ती तिमीले आफ्नो गलामा बाँधिराख,
ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख।
तब तिमीले परमेश्वर र मानिसहरूको दृष्टिमा
निगाह र असल नाम कमाउनेछौ।
अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ;
तर कुरा दोहोर्याउने जोसुकैले पनि घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
ध्यान देओ, कुनै मानिस परमेश्वरको अनुग्रहबाट वञ्चित नहोस्, नत्रता तितोपनको जरा टुसाएर त्यसले फाटो ल्याउला, र धेरैजनालाई बिटुलो पार्ला।
पापको क्षमा
म कडा शब्दसँग त भन्दिनँ, तर यदि कसैले दुःखित तुल्याएको छ भने त्यसले मलाई होइन, तर एक प्रकारले तिमीहरू सबैलाई दुःखित तुल्याएको छ। यस्तो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय यथेष्ट छ। अब यस्तो व्यक्ति झन् बढी शोकमा नडुबोस् भनेर तिमीहरूले उसलाई क्षमा दिएर सान्त्वना दिनुपर्छ। यसकारण तिमीहरूले त्यस व्यक्तिप्रति तिमीहरूको प्रेम फेरि पक्का गर भनी म आग्रह गर्दछु।
अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चितको बलि हुनुहुन्छ, र केवल हाम्रा पापका निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि हुनुहुन्छ।
त्यसले भनी, "हजुर, कसैले पनि ठहराएन, प्रभु।"
येशूले भन्नुभयो, "म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।" केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।
के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका प्रधानहरूलाई उसको निम्ति प्रार्थना गरिदिन र प्रभुको नाममा उसलाई तेलले अभिषेक गरिदिन बोलाओस्। अनि विश्वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ।
"यदि कुनै मानिसले आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद गर्यो
र स्त्रीले त्यसलाई छोडेर अर्को मानिससित विवाह गरी भने,
के त्यो पतिले त्यस स्त्रीलाई फेरि फर्काएर ल्याउँछ र?
यसो गर्दा के देश पूर्ण रूपले अशुद्ध हुँदैन र?
तर तँ धेरै प्रेमीहरूसित एक वेश्याझैँ बसेकी छेस्,
अर्थात् के अब तँ मकहाँ फर्केर आउन सक्छेस्?"
याहवेह घोषणा गर्नुहुन्छ।
"बाँझो पहाडहरूतिर आँखा उठाएर हेर्।
के तैँले कुकर्म नगरेको कुनै ठाउँ छ?
मरुभूमिमा डुलुवा बसेझैँ,
तँ बाटोको छेउतिर प्रेमिकाहरूको प्रतीक्षामा बसिस्।
तैँले देशलाई तेरो व्यभिचार र दुष्टताले भ्रष्ट पारेकी छेस्।
यसकारण झरी रोकिएको छ;
अनि वसन्त ऋतुको वर्षा आएकै छैन।
तापनि तँ लाज नभएकी वेश्याजस्तै देखिन्छेस्;
तँ लाजले भुतुक्क हुँदिनस्।
के तैँले मलाई भर्खरै यसरी पुकारिनस्,
‘मेरा पिता, मेरा युवावस्थादेखिको साथी,
के तपाईं सधैँ रिसाइरहनुहुनेछ?
के तपाईंको क्रोध सदासर्वदा रहिरहनेछ?’
तैँले यसरी कुरा गर्छेस्,
तर तैँले सक्ने सबै दुष्ट्याइँ गर्छेस्।"
विश्वासघाती इस्राएल
राजा योशियाहको शासनकालमा याहवेहले मलाई भन्नुभयो, "इस्राएलले कस्तो विश्वासघाती काम गरेको छ, के तैँले देखेको छस्? इस्राएल प्रत्येक अग्लो डाँडा र हरेक झ्याम्म परेको रूखमुनि गएर त्यसले त्यहाँ व्यभिचार गरेकी छे। इस्राएलले यी सबै कुरा गरेपछि मतिर फर्किन्छे होला भन्ने मैले सोचेको थिएँ, तर त्यो फर्किन। अनि त्यसकी अविश्वासी बहिनी यहूदाले यो कुरा देखी। मैले अविश्वासी इस्राएललाई त्यसको सम्बन्ध-विच्छेदको त्यागपत्र दिएँ र त्यसको व्यभिचारको कारण त्यसलाई टाढा पठाइदिएँ। तापनि त्यसकी अविश्वासी बहिनी यहूदा डराइन; त्यो पनि गई र व्यभिचार गरी। किनकि इस्राएलको अनैतिक चरित्र त्यसको निम्ति केहीजस्तो लागेन, त्यसले ढुङ्गा र काठसित व्यभिचार गरेर देशलाई बिटुलो पारेकी छे। यी सबै कुरा भएर पनि त्यसकी विश्वासघाती बहिनी यहूदा मतिर सम्पूर्ण हृदयले होइन, तर त्यसले फर्केको बहाना मात्र गरेकी छे," याहवेह घोषणा गर्नुहुन्छ।
याहवेहले मलाई भन्नुभयो, "अविश्वासी इस्राएल अविश्वासी यहूदाभन्दा बढी धर्मी छ। जा, उत्तरतिर यो सन्देश घोषणा गर्:
"याहवेह भन्नुहुन्छ: ‘अविश्वासी इस्राएल फर्की,
म तँलाई फेरि रिसाएको आँखाले हेर्नेछैनँ;
किनकि म विश्वासयोग्य छु,’ याहवेह घोषणा गर्नुहुन्छ,
‘म सधैँभरि रिसाउनेछैनँ।
तैँले आफ्नो दोष मात्र स्वीकार गर्,
तँ याहवेह तेरा परमेश्वरको विरुद्धमा विरोधी भएकी छेस्;
अनि तैँले आफ्नो प्रेम हरेक झ्याम्म परेको रूखमुनि
विदेशी देवी-देवताहरूलाई बाँडिदिएकी छेस्;
अनि मेरा आज्ञापालन गरेकी छैनस्,’
याहवेह घोषणा गर्नुहुन्छ।"
याहवेह घोषणा गर्नुहुन्छ, "हे अविश्वासी मानिसहरू हो, फर्क! किनकि म तिमीहरूको पति हुँ। म तिमीहरूलाई एउटा सहरबाट एक जनालाई र एउटा वंशबाट दुई जना गरेर छान्नेछु—अनि म तिमीहरूलाई सियोनमा ल्याउनेछु। त्यसपछि म तिमीहरूलाई मेरो हृदयअनुसारको गोठालाहरू दिनेछु, जसले तिमीहरूलाई ज्ञान र समझकासाथ डोर्याउनेछन्। ती दिनहरूमा, जब देशमा तिमीहरूको संख्या धेरै बढ्नेछ," तब याहवेह घोषणा गर्नुहुन्छ, "मानिसहरूले ‘याहवेहको करारको सन्दुक’ भनेर फेरि कहिल्यै भन्नेछैनन्, न त फेरि कहिल्यै याद गर्नेछन्; त्यो तिनीहरूका मनमा सम्झनास्वरूप कहिल्यै आउनेछैन, न त त्योजस्तै फेरि अर्को कहिल्यै बनाइनेछ। त्यस बेला मानिसहरूले यरूशलेमलाई याहवेहको सिंहासन भन्नेछन्; अनि सबै जातिका मानिसहरू याहवेहको नामलाई आदर गर्न यरूशलेममा भेला हुनेछन्। तिनीहरू फेरि आफ्ना दुष्ट हृदयको हठीपनाको पछि लाग्नेछैनन्। ती दिनहरूमा यहूदाका घराना, इस्राएलको घरानासित मिल्नेछ; अनि तिनीहरू एकसाथ उत्तरी देशबाट मैले उत्तराधिकारको रूपमा तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा आउनेछन्।
"म याहवेह आफैँले भनेको हुँ,
" ‘म कति खुशीसाथ तिमीहरूलाई मेरो छोराछोरीहरूजस्तै व्यवहार गर्नेथिएँ;
अनि तिमीहरूलाई अति असल देश,
मेरो राष्ट्रमा सबैभन्दा सुन्दर उत्तराधिकार दिनेथिएँ।’
तिमीहरूले मलाई ‘पिता’ भनी बोलाउनेछौ,
र मलाई पछ्याउन छोड्नेछैनौ भनी सोचेको थिएँ।
तर आफ्नो पतिप्रति अविश्वासी रहेकी पत्नीझैँ,
हे इस्राएलका घराना हो, तिमीहरू मप्रति अविश्वासी भएका छौ,"
याहवेह घोषणा गर्नुहुन्छ।
नाङ्गा डाँडाहरूमा एउटा रोदन सुनिन्छ;
इस्राएलका मानिसहरूका रुवाइ र दयाका निम्ति पुकाराको सोर,
किनकि तिनीहरू कुबाटोतिर लागेका छन्;
अनि याहवेह तिनीहरूका परमेश्वरलाई बिर्सेका छन्।
"हे अविश्वासी मानिसहरू हो, फर्क!
म तिमीहरूका विश्वासघाती हृदयलाई निको पार्नेछु।"
"हजुर, हामी तपाईंकहाँ फर्केर आउनेछौँ;
किनकि तपाईं नै याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ।"
"निश्चय नै डाँडाहरूमा मूर्तिपूजाको होहल्ला छ,
र पर्वत एउटा छल हो;
निश्चय नै याहवेह हाम्रा परमेश्वरमा
इस्राएलको निम्ति उद्धार छ।
हाम्रो जवान अवस्थाबाट नै लाजमर्दो देवी-देवताहरूले
हाम्रा पितापुर्खाहरूका परिश्रमका फलहरू—
अर्थात्, भेडाबाख्राका बगालहरू र गाईबस्तुका बथानहरू;
अनि तिनीहरूका छोराछोरीहरू सबै कुरा निलिदिएको छ।
हामी आफ्नो लाजमा घोप्टो परौँ;
अनि हाम्रा अपमानले हामीलाई ढाकोस्।
हामीले याहवेह हाम्रा परमेश्वरको विरुद्धमा
हामी र हाम्रा पितापुर्खाहरू दुवैले पाप गरेका छौँ;
हाम्रो जवानी अवस्थादेखि आजको दिनसम्म
हामीले याहवेह हाम्रा परमेश्वरको आज्ञापालन गरेका छैनौँ।"
सबैभन्दा बढी एक-अर्कालाई गहिरो प्रेम गर; किनकि प्रेमले असंख्य पापहरूलाई ढाक्दछ।