Purificação
A purificação é um tema central na Bíblia. Deus nos chama a sermos limpos — não apenas externamente, mas no coração, na mente e em toda a conduta de vida.
Purificados pelo sangue de Cristo
O sangue de Jesus nos purifica de todo pecado. Sua morte na cruz é o sacrifício perfeito que nos torna limpos diante de Deus.
तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।
झन् आफूलाई परमेश्वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला ताकि हामीले जीवित परमेश्वरको सेवा गर्न सकौँ।
पुत्रचाहिँ परमेश्वरको महिमाको चमक र उहाँ परमेश्वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, र उहाँले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूका लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभयो, र उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो।
जसले हामीलाई हरेक दुष्टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्न आफ्नो प्राण दिनुभयो।
Purificação interior
Deus cria em nós um coração puro. A purificação começa no interior — nos pensamentos, intenções e motivações do coração.
हे परमेश्वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्,
र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!
हे परमेश्वर, तपाईंको अचुक प्रेमअनुसार
ममाथि दया गर्नुहोस्;
तपाईंको महान् करुणाअनुसार
मेरा अपराधहरू मेटिदिनुहोस्!
मेरा सबै अधर्महरूलाई पखालिदिनुहोस्,
र मेरो पापबाट मलाई शुद्ध पारिदिनुहोस्!
परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!
यसकारण प्रिय मित्रहरू हो, हामीहरूसित यी प्रतिज्ञाहरू भएका हुनाले परमेश्वरप्रति श्रद्धा राखेर पवित्रतालाई सिद्ध तुल्याउँदै शरीर र आत्मालाई अशुद्ध पार्ने प्रत्येक थोकदेखि आफूलाई शुद्ध राखौँ।
प्रिय मित्रहरू हो, अहिले हामी परमेश्वरका सन्तान हौँ, र हामी के हुनेछौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौँ, ख्रीष्ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौँ; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौँ। यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई उहाँजस्तै शुद्ध राख्छन्, जस्तो कि उहाँ शुद्ध हुनुहुन्छ।
Lavados pela Palavra
A Palavra de Deus e o batismo nos purificam. Jesus disse: 'Vós já estais limpos pela palavra que vos tenho falado.'
मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ।
हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो; कि उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकून्,
अब तपाईं केका निम्ति पर्खिरहनुभएको छ? उठ्नुहोस्, बप्तिस्मा लिनुहोस् र प्रभुको नाम लिँदै आफ्ना पापहरूको क्षमा प्राप्त गर्नुहोस्।’
अनि यो पानीले बप्तिस्मालाई सङ्केत गर्दछ, जसले तिमीहरूलाई पनि अहिले बचाएको छ; यसले शरीरबाट मैलो निकाल्ने होइन, तर यो परमेश्वरप्रतिको स्पष्ट विवेकको प्रतिज्ञा हो। यसले तिमीहरूलाई येशू ख्रीष्टको पुनरुत्थानद्वारा बचाउँदछ;
आफूलाई धोएर शुद्ध पार।
तिमीहरूका दुष्ट कर्महरू मेरो दृष्टिबाट टाढा लैजाओ;
खराबी गर्न छोड।
उहाँले अझ भन्नुभयो: "मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ बनाउँछ। किनकि मानिसको हृदयबाट दुष्ट विचारहरू आउँछन्; अनैतिकता, चोरी, हत्या, व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड र मूर्खता। यी सबै दुष्ट कुराहरू भित्रबाट नै निस्कन्छन्, र मानिसलाई अशुद्ध बनाउँछन्।"