Trabalho
O trabalho é uma ordenança divina desde a criação. Deus colocou o homem no jardim para cultivar e guardar, revelando que o labor é parte do propósito humano e um meio de glorificá-lo.
Trabalho como vocação divina
Deus nos criou para trabalhar com propósito. O trabalho é expressão da imagem divina em nós e deve ser feito como para o Senhor.
तिमीहरू जे गर्दछौ, त्यो मानिसहरूको निम्ति काम गरेझैँ होइन, तर परमेश्वरको निम्ति गरेझैँ सम्पूर्ण हृदयले गर।
तिमीहरू जे गर्दछौ, त्यो मानिसहरूको निम्ति काम गरेझैँ होइन, तर परमेश्वरको निम्ति गरेझैँ सम्पूर्ण हृदयले गर। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट पुरस्कारस्वरूप उत्तराधिकार पाउनेछौ। वास्तवमा तिमीहरूले प्रभु ख्रीष्टकै सेवा गरिरहेका छौ।
अनि तिमीहरूले कुरा वा काममा जे-जे गर्दछौ ती सबै, प्रभु येशूद्वारा परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशू ख्रीष्टको नाममा गर।
तिमीहरूले मानिसको सेवा गरेझैँ होइन, तर प्रभुको सेवा गरेझैँ, सम्पूर्ण हृदयले सेवा गर। किनकि तिमीहरू जान्दछौ, हरेक मानिसले जे असल कार्य गर्दछ, त्यही अनुसारको पुरस्कार प्रभुले त्यसलाई दिनुहुन्छ, चाहे तिनीहरू सेवक हुन् या फुक्का हुन्।
यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्वरका महिमाको निम्ति गर।
यसकारण मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, स्थिर रहो। तिमीहरूलाई कुनै पनि कुराले विचलित नपारोस्। प्रभुको काममा सधैँ जोशिलो भएर लागिरहो; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
सबै कुरा प्रेमसाथ गरिएका होऊन्।
Diligência e recompensa
A mão diligente enriquece, mas a preguiça traz pobreza. A Bíblia valoriza o esforço honesto, dedicado e perseverante em toda obra.
अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्,
तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।
परिश्रमी हातले शासन गर्नेछ;
तर अल्छेपनाले दासत्वमा पुर्याउँछ।
परिश्रमी हातले शासन गर्नेछ;
तर अल्छेपनाले दासत्वमा पुर्याउँछ।
सबै कठोर परिश्रमले लाभ ल्याउँछ;
तर कुरा मात्र गर्ने मानिसचाहिँ गरिबीमा पुग्छ।
ए अल्छे, कमिलाकहाँ गएर त्यसको चालढङ्ग हेर्,
र बुद्धिमानी बन्!
त्यसको कोही सेनापति हुँदैन,
न त रेखदेख गर्ने शासक नै हुन्छ,
तरै पनि त्यसले ग्रीष्म ऋतुमा अन्नको भण्डार तयार गर्छ,
र कटनीको समयमा आफ्नो खानेकुरा जम्मा गर्छ।
ए अल्छे, कहिलेसम्म तँ त्यहाँ ढल्किरहन्छस्?
तँ आफ्नो निद्राबाट कहिले जाग्छस्?
एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले,
हात बाँधेर एकैछिन मारिएको थकाइले,
तिमीमाथि गरिबी डाँकुजस्तै
र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।
आफ्नो काममा अल्छी गरिरहने व्यक्ति
सर्वनाश गर्नेको भाइ हो।
निद्रालाई प्रेम नगर, नत्रता यसले तिमीलाई गरिब बनाउनेछ;
जागा बस, र तिमीसित खानलाई प्रशस्त अन्न हुनेछ।
बेइमानीसित कमाएको पैसा सकिन्छ;
तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ।
याहवेहको आशिष्ले धनसम्पत्ति ल्याउँछ;
अनि उहाँले यसमा दुःख थप्नुहुन्न।
Planejamento e excelência
A excelência no trabalho honra a Deus. Devemos nos dedicar com competência, entregar nossos planos ao Senhor e buscar o melhor em cada tarefa.
तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ,
र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।
तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ,
र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।
के तिमीले आफ्नो काममा निपूर्ण मानिस देखेका छौ?
तिनीहरूले राजाहरूका सामु सेवा गर्नेछन्,
तिनीहरूले तल्लो तहका अधिकारीहरूको सेवा गर्नेछैनन्।
आफूलाई परमेश्वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ।
आफूलाई परमेश्वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ।
सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ। जसद्वारा परमेश्वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्।
तिम्रा हातले जे काम गर्न सक्छ, त्यो आफ्नो पूरा शक्तिले गर; किनकि चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न कुनै काम, न त केही योजना; न ज्ञान, न त बुद्धि नै हुनेछ।
गनगन र वाद-विवाद नगरी सबै काम गर; ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, "टेढो र भ्रष्ट पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान बन्न सक।" तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैँ चम्कनेछौ।
O contentamento no trabalho
Deus nos dá a capacidade de desfrutar do nosso trabalho. Poder comer, beber e encontrar satisfação em nosso labor é um dom divino.
म जान्दछु, मानिसको निम्ति तिनीहरू बाँचुन्जेल खुशी रहनु र असल काम गर्नुबाहेक तिनमा अरू कुनै उत्तम कुरा छैन। आफ्ना सारा परिश्रममा खुशी रहनु, खानु र पिउनु नै मानिसलाई परमेश्वरको दान हो।
तब मैले यो थाहा पाएँ, मानिसको निम्ति खानु, पिउनु र परमेश्वरले सूर्यमुनि त्यसलाई दिनुभएको छोटो जीवनमा आफूले गरेको कठोर मेहनतमा सन्तुष्ट रहनु नै असल र उचित हुन्छ। यही त्यसको भाग हो।
त्यसबाहेक जब परमेश्वरले कुनै मानिसलाई धनसम्पत्ति दिनुहुन्छ, र ती उपभोग गर्ने मौका दिनुहुन्छ; तब त्यसले आफ्नो भागलाई स्वीकार गरी आफ्ना परिश्रममा प्रसन्न हुनुपर्दछ—यो परमेश्वरको वरदान हो।
एक जनाभन्दा दुई जना असल हुन्,
किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्:
त्यहाँ नितान्त एउटा एकलो मानिस थियो;
उसको न छोरो, न त दाजुभाइ थिए।
उसको परिश्रमको अन्त्य थिएन;
तापनि उसका आँखाहरू आफ्नो धनसम्पत्तिमा सन्तुष्ट थिएनन्।
उसले आफैँलाई सोध्यो, "म कसका निम्ति परिश्रम गरिरहेको छु?
र किन आफैँलाई जीवनका आनन्दबाट वञ्चित गर्दैछु?"
यो पनि अर्थहीन छ,
एक दुःखदायी कुरा हो।
अनि मैले देखेँ, मानिसका सम्पूर्ण परिश्रम र उपलब्धीहरूको मूलचाहिँ त्यसको आफ्ना छिमेकीमाथि भएको डाह हो। यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो।
A responsabilidade cristã
O cristão deve trabalhar com suas próprias mãos, viver dignamente e ser exemplo de dedicação. Quem não trabalha, não coma.
किनकि जब हामी तिमीहरूसँग थियौँ, हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौँ, "यदि कुनै मानिसले काम गर्दैन भने त्यसले खाँदै नखाओस्।"
तिमीहरूमध्ये कोही-कोही अल्छे छन्, र बाधा पुर्याउने गर्छन् भनी हामी सुन्छौँ। तिनीहरू आफैँ त काम गर्दैनन्, तर अर्काको काममा व्यर्थै हात हाल्छन्। यस्ता मानिसहरूलाई हामी प्रभु येशू ख्रीष्टमा आज्ञा दिन्छौँ र बिन्ती गर्छौँ: तिनीहरू व्यवस्थित भएर बसून् र आफ्ना भोजन आफैँ जुटाऊन्।
तिमीहरूले शान्तिपूर्ण जीवन जिउने लक्ष्य बनाओ। हामीले तिमीहरूलाई आदेश दिएझैँ, आफ्नै कामधन्धामा मन लगाउने र आफ्नै हातले काम गर्ने गर, ताकि तिमीहरूको दैनिक जीवनको कारण तिमीहरूले बाहिरका मानिसहरूबाट आदर पाउन सक, र तिमीहरू कसैमाथि आफ्ना आवश्यकताका लागि निर्भर हुन नपरोस्।
चोरी गर्नेले अब उसो चोरी नगरोस्, तर काम गरोस्; आफ्नै हातले केही फाइदाजनक काम गर्दै खाँचोमा परेकाहरूसँग बाँडचुँड गर्नलाई तिनीहरूसँग केही कुरा होस्।
परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुन्छ, ताकि तिमीहरूसित सधैँ हरेक थोक प्रशस्त होस्; अनि प्रत्येक असल कामका निम्ति तिमीहरू भरपूर होओ।
यसकारण परमेश्वरका जनहरूका निम्ति शब्बाथको विश्राम बाँकी नै छ; किनकि जसले परमेश्वरको विश्राममा प्रवेश गर्नेछन्, परमेश्वरले आफ्ना कामबाट विश्राम गरेझैँ तिनले पनि आफ्ना कामबाट विश्राम लिनेछन्।
प्रभु हाम्रा परमेश्वरको निगाह हामीमाथि रहोस्;
हाम्रा हातका काम हाम्रा निम्ति सुदृढ पारिऊन्—
हो, हाम्रा हातका कामहरू सुदृढ पारिऊन्!
आकाशका चराहरूलाई हेर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, न त भकारीमा बटुल्दछन्; तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र?
त्यसैले तिमीहरू असल गर्न उत्सुक हुन्छौ भने कसले तिमीहरूलाई हानि गर्छ र?
म तिमीहरूलाई साँच्चै भन्दछु, जसले ममाथि विश्वास गर्दछ, उसले पनि मैले गरिरहेका यी कामहरू गर्नेछ। अनि उसले यीभन्दा अझ ठूला-ठूला कार्यहरू पनि गर्नेछ; किनकि म पिताकहाँ जाँदैछु।
तथापि मेरो आफ्नै जीवनको महत्त्व मलाई छैन। मेरो एउटै लक्ष्य दौड पूरा गर्नु हो, परमेश्वरको अनुग्रहको सुसमाचारको साक्षी दिने सेवकाइ हो, जुन प्रभु येशूद्वारा मलाई सुम्पिइएको छ।
होसियार बस, जुन कुराको निम्ति हामीहरूले काम गरेका छौँ, त्यो गुमाउने होइन, तर तिमीहरूले पूरा इनाम पाउन सक।