Vícios
A Bíblia nos alerta contra os vícios e comportamentos destrutivos. Deus nos chama à liberdade em Cristo, não à escravidão de desejos e hábitos que consomem corpo e alma.
A escravidão do pecado
Todo vício é uma forma de escravidão. Jesus veio para libertar os cativos e restaurar a verdadeira liberdade dos filhos de Deus.
येशूले जवाफ दिनुभयो, "म तिमीहरूलाई साँच्चै भन्दछु, पाप गर्ने हरेक मानिस पापको दास हो।
त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।
त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।
अब्राहामका सन्तान
येशूले उहाँमाथि विश्वास गरेका यहूदीहरूलाई भन्नुभयो, "तिमीहरू मेरा शिक्षामा रहिरह्यौ भने तिमीहरू साँच्चै नै मेरा चेलाहरू हौ। तब तिमीहरूले सत्यतालाई जान्नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।"
ख्रीष्टमा स्वतन्त्रता
स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र तुल्याउनुभएको छ। यसकारण स्थिर भएर खडा होओ, र दासत्वको जुवाद्वारा आफूलाई फेरि बोझमा नपार।
के तिमीहरूलाई थाहा छैन, जब तिमीहरू कसैको आज्ञाकारी सेवकहरूका रूपमा आफूलाई समर्पण गरेपछि, तिमीहरू जसको आज्ञा मान्दछौ, उसको सेवकहरू हुन्छौ? कि त तिमीहरू पापको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई मृत्युमा पुर्याउँछ, कि त आज्ञाकारिताको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई धार्मिकता प्रदान गर्छ।
Resistência e domínio próprio
O fruto do Espírito inclui o domínio próprio. O cristão é chamado a ter controle sobre seus desejos, resistir à tentação e vigiar contra as obras da carne.
र डाह; मतवालापन, मोजमज्जा यस्तै अरू कुराहरू। म पहिला जस्तै, अहिले पनि चेतावनी दिन्छु, जो व्यक्ति यस प्रकारले जिउँदछ, ऊ परमेश्वरको राज्यको उत्तराधिकारी हुनेछैन।
नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।
यौन अनैतिकता
"मेरो लागि सबै कुरा उचित छन्" तिमी भन्दछौ—तर सबै कुरा लाभदायक छैनन्। "मेरो लागि सबै कुरा उचित छन्," तर म कुनै कुराको पनि सेवक हुनेछैनँ।
यौन अनैतिकता
"मेरो लागि सबै कुरा उचित छन्" तिमी भन्दछौ—तर सबै कुरा लाभदायक छैनन्। "मेरो लागि सबै कुरा उचित छन्," तर म कुनै कुराको पनि सेवक हुनेछैनँ।
तर म आफ्नो शरीरलाई अधीनमा राख्छु, र यसलाई म आफ्नो सेवक बनाउँछु; नत्रता अरूलाई प्रचार गरेर म आफैँचाहिँ पुरस्कार पाउन अयोग्य ठहरिन्छु।
मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन; तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ। यसरी तिमीहरूले त्यसलाई सहन सक्नेछौ।
मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन; तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ। यसरी तिमीहरूले त्यसलाई सहन सक्नेछौ।
जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।"
यसकारण आफूलाई परमेश्वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ।
किनकि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ भनी तिमीहरू जान्दछौ।
Libertação e renovação
Em Cristo somos libertos de toda forma de dependência. Pela renovação da mente, aprendemos a discernir e rejeitar o que nos prende.
जिउँदो बलिदान
यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरको कृपाद्वारा म बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई मनपर्दो जिउँदो बलिदानको रूपमा अर्पण गर; यही तिम्रो साँचो र व्यवस्थित आराधना हो। यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ।
यसरी नै तिमीहरूले पनि आफूलाई पापका निम्ति मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरका निम्ति जीवित भएका ठान्नुपर्छ। यसकारण शरीरका खराब अभिलाषाहरूका अनुसार चल्नु नपरोस् भनेर तिमीहरूका मरणशील शरीरमा पापलाई शासन गर्न नदेओ। आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर। तर मृत्युबाट जीवन पाएकाहरूझैँ, आफूलाई परमेश्वरका निम्ति अर्पण गर, र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर।
यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौँ भने निश्चित रूपमा उहाँसँगै उहाँको पुनरुत्थानको समानतामा पनि उहाँसँगै एक हुनेछौँ। किनकि हामी जान्दछौँ, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्नु नपरोस्।
किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ। यो अनुग्रहले हामीलाई भक्तिहीनता र सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ;
अब उसो त्यसले आफ्नो बाँकी शारीरिक जीवन दुष्ट मानवीय इच्छाको लागि जिउँदैन, बरु परमेश्वरको इच्छाको निम्ति जिउँदछ। किनकि बितेका समयमा तिमीहरूले छाडा, वासनाका जीवन, मतवालापन, कामुकता, मोजमज्जा तथा घिनलाग्दा मूर्तिपूजाहरूजस्ता गैरयहूदीले गर्न छानेका कुराहरूमा प्रशस्त समय बितायौ। तिमीहरू तिनीहरूसँग तिनीहरूका जङ्गली र विनाशकारी जीवनमा लागेनौ भनेर तिनीहरूले अचम्म मानेका छन्, र तिमीहरूमाथि अपमान थुपारेका छन्। तर तिनीहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई लेखा दिनुपर्नेछ। किनभने शरीरमा चाहिँ अन्य मानिसहरूजस्तै तिनीहरूको न्याय गरियोस्, तर आत्मामा भने परमेश्वरका अनुसार तिनीहरू आत्मामा जिऊन् भनेर नै अहिले मरिसकेका समेतलाई सुसमाचार प्रचार गरिएको हो।
सबै कुराको अन्त्य नजिकै छ। यसकारण सतर्क र संयमी भएर तिमीहरू प्रार्थना गर्न सक्ने होओ।
यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौँ भने हामीले आफूलाई धोका दिन्छौँ र हामीमा सत्यता हुँदैन। यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।
आफ्ना पापहरू लुकाउनेले उन्नति गर्दैन;
तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
O corpo como templo
Nosso corpo é templo do Espírito Santo. Devemos honrar a Deus com o corpo, fugindo da embriaguez, da imoralidade e de toda impureza.
के तिमीहरू जान्दैनौ, तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ? तिमीहरू आफ्नै होइनौ;
दुष्ट काम गर्नेहरू परमेश्वरको राज्यको उत्तराधिकारी हुनेछैनन् भनेर के तिमीहरूलाई थाहा छैन? धोकामा नपर: न यौन अनैतिक व्यक्तिहरू, न मूर्तिपूजकहरू, न व्यभिचारीहरू, न समलिङ्गीहरू, न चोरहरू, न लोभीहरू, न मतवालाहरू, न निन्दा गर्नेहरू, न त लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछन्। तिमीहरूमध्ये कति जना यस्तै थियौ। तर तिमीहरू हाम्रा परमेश्वरको आत्माद्वारा र प्रभु येशू ख्रीष्टको नाममा धोइएका छौ; तिमीहरू पवित्र पारिएका छौ र निर्दोष ठहराइएका छौ।
दाखमद्यले नमात्तिओ, यसले जीवन बरबाद गर्छ; बरु पवित्र आत्माले भरपूर होओ।
दाखमद्य उपहास हो, र कडा मद्यपान हल्ला हो;
यी कुराहरूका लतमा लागेकाहरू बुद्धिमान् हुँदैनन्।
तिम्रो पेटका लागि र घरी-घरी भइरहने बिमारीहरूले गर्दा अलि-अलि दाखमद्य पिउने गर।
किनकि संसारमा भएका सबै थोक, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो।
संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैँ यताउति घुमिहिँड्छ।
नुन र ज्योतिको विषयमा शिक्षा
"तिमीहरू पृथ्वीका नुन हौ। तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यो त बाहिर फालिन र मानिसहरूद्वारा कुल्चनबाहेक अरू कुनै काम लाग्दैन।
हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर दुष्टदेखि छुटाउनुहोस्। किनभने राज्य,
पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्।’
धर्मशास्त्रमा यसरी लेखिएको छ:
" ‘म जीवित भएझैँ,’ प्रभु भन्नुहुन्छ,
‘मेरो सामु हरेक घुँडा टेकिनेछ;
हरेक जिब्रोले परमेश्वरलाई स्वीकार गर्नेछ।’ "
यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्वरलाई दिनुपर्नेछ।