27 तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारको दृष्टिमा मूर्ख ठहरिएकाहरूलाई चुन्नुभयो अनि शक्तिशालीहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका दृष्टिमा दुर्बल ठहरिएकाहरूलाई चुन्नुभयो। 28 परमेश्वरले संसारका नीच र तुच्छ गनिएका कुराहरू—कुनै पहिचान नै नभएका कुराहरूलाई चुन्नुभयो; ताकि संसारको दृष्टिमा महत्त्वपूर्ण ठानिएका कुराहरू व्यर्थ ठहरिउन्, 29 ताकि उहाँको सामु कसैले घमण्ड गर्न नपाओस्।
Publicidade