34 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
35 यसो भनेर कराओ, "हे हाम्रा उद्धारकर्ता परमेश्वर, हामीलाई बचाउनुहोस्;
हामीलाई एक ठाउँमा भेला गर्नुहोस्,
र हामीलाई अन्य राष्ट्रहरूबाट छुटकारा दिनुहोस्;
ताकि हामी तपाईंको पवित्र नामलाई धन्यवाद दिन सकौँ,
र तपाईंको प्रशंसामा गर्व गर्न सकौँ!"
36 याहवेह, इस्राएलका परमेश्वरलाई
सदासर्वदा प्रशंसा होइरहोस्!
तब सबै मानिसहरूले भने, "आमेन" र "याहवेहको प्रशंसा होस्।"