Pular para o conteúdo
Publicidade

1 इतिहास 29:11,12,14,15

11 हे याहवेह, महानता, शक्ति,

महिमा, वैभव र प्रताप तपाईंकै हुन्;

किनकि स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू सदासर्वदाका निम्ति तपाईंकै हुन्।

हे याहवेह, राज्य, तपाईंकै हो;

तपाईं सबैमाथि सर्वोच्‍च हुनुहुन्छ।

12 धनसम्पत्ति र मान-सम्मान तपाईंबाट नै आउँछन्;

तपाईं सबै कुराहरूको शासक हुनुहुन्छ।

सबैलाई उच्‍च पार्न र सामर्थ्य तुल्याउन,

पराक्रम र सामर्थ्य तपाईंकै हातमा छन्।

14 "तर म को हुँ र? मेरा मानिसहरू के हुन् र? कि यस प्रकारले उदार चित्तले दिन सक्ने? हरेक कुराहरू तपाईंबाटै आउँछन्। हामीले त तपाईंका हातबाट आएका कुरा नै दिएका छौँ। 15 हामी तपाईंको दृष्‍टिमा हाम्रा सबै पुर्खाहरूझैँ परदेशी र प्रवासीहरू हौँ। यस पृथ्वीमा हाम्रा दिनहरू छायाजस्तै छन् र कुनै आशा छैन।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.